Trending
Prev Story
Next Story

बेल्ट एण्ड रोड सिरिज खेल्ने नेपाली यू-१९ महिला क्रिकेट टिमको बिदाई

Onlinekhabar •
November 02, 2026 • 07:31 AM
1
1 reads 0 reactions 4 comments

काठमाडौं । चीनमा हुने बेल्ट एण्ड रोड सिरिज खेल्न जाने नेपाली राष्ट्रिय यू-१९ महिला टिमको बिदाई गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार एक कार्यक्रम गर्दै सोनी पाख्रिनको कप्तानीमा रहेको नेपाली टोलीलाई बिदाइ …

बेल्ट एण्ड रोड सिरिज खेल्ने नेपाली यू-१९ महिला क्रिकेट टिमको बिदाई

काठमाडौं । चीनमा हुने बेल्ट एण्ड रोड सिरिज खेल्न जाने नेपाली राष्ट्रिय यू-१९ महिला टिमको बिदाई गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार एक कार्यक्रम गर्दै सोनी पाख्रिनको कप्तानीमा रहेको नेपाली टोलीलाई बिदाइ गरेको हो ।

सोनी पाख्रिनको कप्तानीमा रहेको १५ सदस्यीय टोलीमा रचनाकुमारी चौधरी, रिया शर्मा, प्रिन्सा राना मगर, टिका शाह, अञ्जिला पाठक, साक्षी यादव, सावित्री धामी, मनिषा चौधरी, आशिकाकुमारी महरा, अनु कडायत, मनिषा कुमारी उपाध्याय, सना प्रविण, अलिशा कुमारी यादव र तिर्सना विश्वकर्मा छन् ।

आईसीसी महिला यु–१९ विश्वकपको तयारीमा रहेको नेपाली यू-१९ टोलीले चीनमा सिरिज खेल्न लागेको हो ।

यही नोभेम्वर ३ देखि ८ सम्म सञ्चालन हुने बेल्ट एण्ड रोड सिरिजमा आयोजक चीन, नेपाल, हङकङ र थाइल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । चीनमा सिरिज खेलपछि नेपाली यु–१९ महिला टोलीले भारतमा गएर अर्को सिरिज खेल्नेछ ।

आईसीसी यू-१९ महिला विश्वकप २०२७ जनवरी २१ देखि फेब्रुअरी ६ (माघ ७ देखि २३ गते) सम्म नेपाल र बंगलादेशले संयुक्त रुपमा आयोजना गर्दैछ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1d ago
तनहुँ प्रहरीको सर्च एण्ड स्विप अपरेसन : ३३ जना नियन्त्रणमा

तनहुँ प्रहरीको सर्च एण्ड स्विप अपरेसन : ३३ जना नियन्त्रणमा

दमौली (तनहुँ) । जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहतका प्रहरी इकाईबाट खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरेको सर्च एण्ड स्विप अपरेसनका क्रममा ३३ जनालाई नियन्त्रणमा लिएको छ । ...

#एण्ड
Compare →
Arthasansar
15h ago
एनपीएल क्रिकेट : आज काठमान्डु र सुदूरपश्चिम तथा चितवन र जनकपुर खेल्ने

एनपीएल क्रिकेट : आज काठमान्डु र सुदूरपश्चिम तथा चितवन र जनकपुर खेल्ने

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज पनि दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे...

#खेल्ने #क्रिकेट
Compare →
Ekantipur
1d ago
ताप्लेजुङले बनायो दशौँ राष्ट्रिय खेलकुदका लागि क्रिकेट टिम

ताप्लेजुङले बनायो दशौँ राष्ट्रिय खेलकुदका लागि क्रिकेट टिम

प्रदेशस्तरीय प्रतियोगिताका लागि १८ सदस्यीय टोली बिहीबार विराटनगर गएको जिल्ला खेलकुद विकास समितिका अधिकृत यज्ञनिधि पौडेलले जानकारी दिए ।

#क्रिकेट #टिम
Compare →

Related Stories

Sports
Build #2611