Trending
Prev Story
Next Story

काठमान्डुले आज अस्ट्रेलियाका महान ब्याटर डेबिड वार्नरलाई खेलाउँदै

Ekantipur •
November 02, 2026 • 07:01 AM
1
1 reads 0 reactions

अस्ट्रेलियाका महान् ब्याटर वार्नरले काठमान्डुको ब्याटिङ सम्हाल्दा शीर्ष स्थानमा रहेको कर्णाली याक्सलाई चुनौती दिनेछन्।

काठमान्डुले आज अस्ट्रेलियाका महान ब्याटर डेबिड वार्नरलाई खेलाउँदै

अस्ट्रेलियाका महान् ब्याटर वार्नरले काठमान्डुको ब्याटिङ सम्हाल्दा शीर्ष स्थानमा रहेको कर्णाली याक्सलाई चुनौती दिनेछन्।

काठमाडौँ — काठमान्डुले आज अस्ट्रेलियाका महान ब्याटर डेबिड वार्नरलाई खेलाउँदै छ । उनी आइतबार राति १० बजे काठमाडौं आइपुगेका हुन् । उनले अस्ट्रेलियाका अर्का ब्याटर साम हिजलेटको स्थान लिने छन् ।

करण केसीको कप्तानीमा रहेको काठमान्डुबाट वार्नरसहित स्मित पटेल, रशिद खान, भीम सार्की, सन्तोष यादव, आदिल आलम, शाह आलम, देव साह, रिप्पोन मण्डल र जहान्दाद खान खेलिरहेका छन् ।

सोमपाल कामीको कप्तानीमा कर्णाली याक्सबाट मार्क वाट, आरिफुल इस्लाम, हुसैन तलात, जिसन आलम, दीपके डुम्रे, पवन सर्राफ, गुलशन झा, नन्दन यादव, युनिस सिंह ठकुरी र युवराज खत्री खेलिरहेका छन् ।

कर्णाली पहिलो दुई खेल जितेर अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । कर्णालीले पहिलो खेलमा जनकपुर बोल्ट्सलाई १९ रनले र दोस्रो खेलमा विराटनगर किंग्सलाई ४ विकेटले पराजित गरेको थियो । काठमान्डु भने पहिलो खेलमा जनकपुरसँग ८ विकेटले पराजित भएको थियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Arthasansar
3d ago
आठ वर्षपछि फेरि चर्चामा स्यान्डपेपर प्रकरण, वार्नरले उठाए क्रिकेट अस्ट्रेलियाको अनुसन्धानमाथि प्रश्न

आठ वर्षपछि फेरि चर्चामा स्यान्डपेपर प्रकरण, वार्नरले उठाए क्रिकेट अस्ट्रेलियाको अनुसन्धानमाथि प्रश्न

अस्ट्रेलियाका पूर्व क्रिकेटर डेभिड वार्नरले सन् २०१८ को चर्चित ‘स्यान्डपेपर प्रकरण’मा टोलीका सबै सदस्यलाई बल टेम्परिङबारे जानकारी रहेको दाबी गरेका...

#अस्ट्रेलिया #वार्नर
Compare →
Hamro Patro News
4d ago
डेभिड वार्नरको उपस्थितिमा काठमान्डुले भेटाएको लय

डेभिड वार्नरको उपस्थितिमा काठमान्डुले भेटाएको लय

२३ कात्तिक, काठमाडौं । अस्ट्रेलियाका अनुभवी ब्याटर डेभिड वार्नरको आगमनपछि काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार चार खेल जितेको छ। सिजनको पहिलो खेलमा पराजित भएको काठमान्डुले वार्...

#काठमान्डु #वार्नर
Compare →
Onlinekhabar
3d ago
एनपीएलका चार खेल खेलेर फर्किए डेभिड वार्नर

एनपीएलका चार खेल खेलेर फर्किए डेभिड वार्नर

२४ कात्तिक, काठमाडौं । अस्ट्रेलियाका पूर्वक्रिकेटर डेभिड वार्नर नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजका लागि चार खेल खेलेर स्वदेश फर्किएका छन्। गोर्खाजका म्यानेजर दीपक केसीले सामाजिक सञ्जालमार्फत वार्नरलाई धन्यवाद दिँदै उनको स्वदेश फिर्तीबारे जानकारी दिएका …

#काठमान्डु #वार्नर
Compare →
Nagarik News
13h ago
एनपीएल : काठमान्डुले टस जित्यो, सुदूरपश्चिमलाई ब्याटिङको निम्तो

एनपीएल : काठमान्डुले टस जित्यो, सुदूरपश्चिमलाई ब्याटिङको निम्तो

एनपीएलमा आजको पहिलो खेलमा काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ।

#काठमान्डु #स्थान
Compare →

Related Stories

Sports
Build #2611