Trending
Prev Story
Next Story

कामना सेवा फुटसल कप सिजन ६ सम्पन्न

Arthasansar •
November 02, 2026 • 06:34 AM
1
1 reads 0 reactions

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा बैंक तथा वित्तीय संस्थाहरू बीच आपसी सद्भाव, सहकार्य र सम्बन्ध अभिवृद्धि...

कामना सेवा फुटसल कप सिजन ६ सम्पन्न

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा बैंक तथा वित्तीय संस्थाहरू बीच आपसी सद्भाव, सहकार्य र सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरेको ‘कामना सेवा फुट्सल कप’ को छैठौं सिजन आइतबार धन्यन्तरी फुट्सलमा सम्पन्न गरेको छ । प्रतियोगितामा पुरुषतर्फ २० र महिलातर्फ १० गरी कुल ३० टोलीको सहभागिता रहेको थियो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले एन्फा रेफ्री संगीता सुनुवारलाई बल हस्तान्तरण गरी प्रतियोगिताको औपचारिक उद्घाटन गरेका थिए। उद्घाटन समारोहमा बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत, प्रमुख व्यवसाय अधिकृत, प्रमुख सञ्चालन अधिकृत लगायत विभिन्न विभागका विभागीय प्रमुख तथा कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो ।

प्रतियोगिताको सुरुवातमा नेपाल आर्थिक पत्रकार संघ, नेपाल खेलकुद पत्रकार मञ्च तथा नेपाल विज्ञापन संघ  बीच मैत्रीपूर्ण खेलहरू आयोजना गरिएको थियो । उक्त मैत्रीपूर्ण प्रतिस्पर्धामा ल्ब्ँक्ष्व् ले उपाधि जित्न सफल भएको थियो । मैत्रीपूर्ण खेलसँगै सुरु भएको मुख्य प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्थाका टोलीहरूले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए ।

पुरुषतर्फको फाइनल खेलमा कुमारी बैंकले माछापुच्छ्रे बैंकलाई टाइ ब्रेकिङमा ३–२ गोलले पराजित गर्दै उपाधि जितेको छ । त्यसैगरी, महिलातर्फको फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन लुम्बिनी विकास बैंकले ग्लोबल आइएमई बैंकलाई टाइ ब्रेकिङमा ३–२ गोलले पराजित गर्दै यस सिजनको उपाधि आफ्नो नाममा गर्न सफल भएको छ ।

प्रतियोगिताको समापन समारोहमा बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत विनय दाहालले विजेता तथा उपविजेता टोलीहरूलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो । समापन समारोहमा समेत बैंकका उच्च व्यवस्थापन तहका पदाधिकारी, विभागीय प्रमुख तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा हरेक वर्ष आयोजना गर्दै आएको यस प्रतियोगिताले बैंक तथा वित्तीय संस्थाहरूबीच खेलकुदको माध्यमबाट आपसी सम्बन्ध, एकता र सहकार्यलाई थप सुदृढ बनाउँदै आएको छ । यस प्रतियोगिताले विभिन्न संस्थाका कर्मचारीहरूलाई कार्यक्षेत्रभन्दा बाहिर खेलकुदमार्फत एकै ठाउँमा जोड्ने र स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गर्ने अवसर प्रदान गर्दै आएको छ । उक्त प्रतियोगितामा बैंकका विभिन्न विभागीय प्रमुख तथा कर्मचारीहरुको उपस्थिती रहेको थियो । बैंकले आफ्नो २० औं वार्षिकोत्सवको अवसरमा कात्तिक १८ गते बुधबार देशव्यापी रुपमा रक्तदान कार्यक्रमको समेत आयोजना गदैंछ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1d ago
वडाअध्यक्ष तन्डुकारद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

वडाअध्यक्ष तन्डुकारद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

काठमाडौं- तिहार, म्हःपूजा, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा काठमाडौं महानगरपालिका–११ का वडा अध्यक्ष हिरालाल तन्डुकारको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । मंगलबार बबरमहलस्...

#सम्पन्न #कामना
Compare →
Nagarik News
1d ago
भिमादमा एक वर्षमा सडक, खानेपानी र सिँचाइका योजना सम्पन्न

भिमादमा एक वर्षमा सडक, खानेपानी र सिँचाइका योजना सम्पन्न

भिमाद नगरपालिकाले गत आर्थिक वर्षमा सडक, खानेपानी, सिँचाइ, स्वास्थ्य तथा धार्मिक र सांस्कृतिक सम्पदासम्बन्धी विभिन्न पूर्वाधार आयोजना सम्पन्न गरेको छ।

#सम्पन्न
Compare →
Ekantipur
4d ago
पोखराका सामराले बनाए यस सिजनको एनपीएलमा पहिलो शतक

पोखराका सामराले बनाए यस सिजनको एनपीएलमा पहिलो शतक

उनले सोमबार कर्णाली याक्सविरुद्ध ४५ बलमा शतक पुरा गरेका हुन् । यस सिजनको एनपीएलमा बनेको यो पहिलो शतक हो ।

#सिजन
Compare →
Onlinekhabar
4d ago
पोखराका युवराजले एनपीएलको तेस्रो सिजनमा बनाए पहिलो शतक

पोखराका युवराजले एनपीएलको तेस्रो सिजनमा बनाए पहिलो शतक

२३ कात्तिक, काठमाडौं । पोखरा एभेन्जर्सका युवराज सिंह सम्राले नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो सिजनमा कर्णाली याक्सविरुद्ध शतक प्रहार गरेका छन् । कीर्तिपुरस्थित टीयू मैदानमा भइरहेको खेलमा उनले ४५ बलमा १० चौका र ६ छक्का मद्दतमा …

#सिजन
Compare →

Related Stories

Sports
Build #2611