Trending
Prev Story
Next Story

जति सक्दो छिटो संघीय संसद्को अधिवेशन बोलाउन कांग्रेसको माग

Onlinekhabar •
November 02, 2026 • 06:30 AM
1
1 reads 0 reactions

१६ कात्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले जति सक्दो छिटो संघीय संसद् अधिवेशन बोलाउन माग गर्ने भएको छ । यो विषयमा विपक्षी दलहरूसँग पनि कुरा गरेर अगाडि बढ्ने तय भएको नेपाली कांग्रेसका सांसद कृष्णबहादुर …

जति सक्दो छिटो संघीय संसद्को अधिवेशन बोलाउन कांग्रेसको माग

१६ कात्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले जति सक्दो छिटो संघीय संसद् अधिवेशन बोलाउन माग गर्ने भएको छ ।

यो विषयमा विपक्षी दलहरूसँग पनि कुरा गरेर अगाडि बढ्ने तय भएको नेपाली कांग्रेसका सांसद कृष्णबहादुर रोकायाले जानकारी दिए ।

‘पछिल्लो राजनीतिक घटनाक्रमले संसद अधिवेशन जतिसक्दो आवश्यक रहेको महसुस भएको छ । पत्रकार धरपकड देखि न्यायलयभित्रको अवस्था र प्रहरीको विषय आएको छ,’ उनले भने ।

सर्वोच्च न्यायाधीश–बिचौलिया भेटघाट र नेपाल प्रहरीको नेतृत्व (आईजीपी दानबहादुर कार्की) सँग जोडिएका विवादित समाचार सार्वजनिक भएपछि पत्रकारहरूमाथि प्रहरीको धरपकड गरेको छ ।

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग कनेक्सन देखिएका भनिएका इनम सापकोटाको मोबाइल विवरण र प्रहरी नेतृत्व परिवर्तनको विषयलाई लिएर समाचार लेखेका आधारमा प्रहरीले सञ्चारगृहका न्युजरुममै पुगेर धरपकड गरेको हो । धरपकड गरेकै दिन शुक्रबार पक्राउ परेका पत्रकारहरू छुटे ।

नेपाल प्रहरीको टोलीले सादा पोसाकमा सञ्चारगृह भित्रै प्रवेश गरी नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदी, डीएनए खबरका धिरज बस्नेत र मोटिभेट न्युजका शोभराज बराललाई पक्राउ गरेको थियो । साथै नयाँ पत्रिकाका नवराज मैनालीसहित अन्य पत्रकारहरूको खोजी र मोबाइल जाँचसमेत गरिएको थियो ।

पूर्वप्रधानन्यायाधीश र बिचौलियाबीचको सम्बन्ध तथा वर्तमान प्रहरी महानिरीक्षक आईजीपी कार्कीलाई सरकारले हटाउन लागेको भनी प्रकाशित समाचार र त्यसको स्रोत खोज्ने क्रममा प्रहरीले यो कदम चालेको भनिएको छ ।

सञ्चारगृहभित्रै प्रहरी पसेर धरपकड गरेपछि चौतर्फी विरोध र प्रधानमन्त्री कार्यालयको चासोपछि पक्राउ परेका पत्रकारहरूलाई सोही दिन साँझ रिहा भएका हुन् ।

तर प्रहरीले प्रधानमन्त्री कार्यालयको चासोपछि पत्रकारसँग सोधपुछ गरिएको बताएको छ ।

यो पृष्ठभूमिमा नेपाली कांग्रेसले संसद् अधिवेशन जति सक्दो छिटो बोलाएर संसद्मै छलफल हुनुपर्ने माग गर्न लागेको हो ।

समाचार लेखेकै आधारमा पक्राउ पुर्जी बिना सञ्चारगृहमा छापा मारेको विषयमा सोही दिन कांग्रेसले विरोध जनाएको थियो ।

नेपाल पत्रकार महासंघको अगुवाइमा पत्रकारहरूले गत शनिबार माइतीघर मण्डलामा विरोध प्रदर्शन समेत गरेका थिए ।

प्रेस काउन्सिल नेपालले पनि कानुनी प्रक्रिया बिना गरिएको पत्रकारहरूमाथिको धरपकडप्रति गम्भीर आपत्ति जनाएको छ ।

यो अवस्थामा संसद् अधिवेशन आवश्यक रहेको महसुस भएको र यो विषयमा विपक्षी दलहरूसँग समेत सल्लाह गरेर सरकारमाथि दबाब सिर्जना गर्न लागिएको कांग्रेस सांसद रोकायाले जानकारी दिए ।

उनका अनुसार आजै दिउँसो १ बजे विपक्षी दलहरूको बैठक बस्दैछ ।

अघिल्लो अधिवेशन १६ असोज २०८३ मा अन्त्य भएको थियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
5h ago
देउवा कांग्रेसको गण्डकी अधिवेशनमा १६ सय बढी प्रतिनिधि सहभागी हुने, देउवासहितका नेताले सम्बोधन गर्ने

देउवा कांग्रेसको गण्डकी अधिवेशनमा १६ सय बढी प्रतिनिधि सहभागी हुने, देउवासहितका नेताले सम्बोधन गर्ने

सो समूहले शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरी नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेश अधिवेशन आगामी मंसिर ५ र ६ गते पोखरामा हुने जानकारी दिएको हो।

#कांग्रेस #अधिवेशन
Compare →
Hamro Patro News
7h ago
मंसिर ५ र ६ गते पोखरामा नेपाली कांग्रेस गण्डकीको दोस्रो अधिवेशन, यसरी हुँदैछ तयारी

मंसिर ५ र ६ गते पोखरामा नेपाली कांग्रेस गण्डकीको दोस्रो अधिवेशन, यसरी हुँदैछ तयारी

२७ कार्तिक, पोखरा । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी मंसिर ५ र ६ गते पोखरामा हुने भएको छ। अधिवेशनको उद्घाटन नेपाली कांग्रेसका सभापति एवं पूर्वप्र...

#कांग्रेस #अधिवेशन
Compare →
Ekantipur
3d ago
तेस्रो अधिवेशन नयाँ संसद् भवनबाटै सुरु होला ?

तेस्रो अधिवेशन नयाँ संसद् भवनबाटै सुरु होला ?

सात वर्षदेखि निर्माणाधीन सिंहदरबारस्थित संघीय संसद् भवनको सिभिल निर्माण लगभग सकिए पनि आन्तरिक काम बाँकी छ । मंसिर ११ गतेदेखि सुरु हुने भनिएको संसद् अधिवेशन नयाँ भवनबाट सञ्चालन गर्ने तयारी छ ।

#अधिवेशन
Compare →

Related Stories

Politics & Governance
Build #2611