Trending
Prev Story
Next Story

नि:शुल्क एआई तालिममा २४ घण्टामै ४२ हजारभन्दा बढीको आवेदन

Onlinekhabar •
November 02, 2026 • 06:30 AM
1
1 reads 0 reactions

१६ कात्तिक, काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालय अन्तर्गतको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले सञ्चालन गर्न लागेको नि:शुल्क अनलाइन एआई तालिमका लागि आवेदन खुला गरेको २४ घण्टाभित्रै ४२ हजारभन्दा बढी युवाले आवेदन दिएका छन् । आवेदन …

नि:शुल्क एआई तालिममा २४ घण्टामै ४२ हजारभन्दा बढीको आवेदन

१६ कात्तिक, काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालय अन्तर्गतको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले सञ्चालन गर्न लागेको नि:शुल्क अनलाइन एआई तालिमका लागि आवेदन खुला गरेको २४ घण्टाभित्रै ४२ हजारभन्दा बढी युवाले आवेदन दिएका छन् ।

आवेदन दिनेको संख्या अत्यधिक भएपछि प्राविधिक कारणले आवेदन फाराममा पहुँच अवरुद्ध भएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानले आवेदन विवरण सुरक्षित रहेको र तालिम प्रयोजनका लागि मात्र प्रयोग गरिने जानकारी दिएको छ । यसअघि सफलतापूर्वक आवेदन दिइसकेका आवेदकले पुन: आवेदन दिनुपर्ने छैन ।

इच्छुक आवेदकका लागि सोमबार (कात्तिक १६) गते आधिकारिक वेबसाइटमार्फत अर्को आवेदन फाराम उपलब्ध गराइने प्रतिष्ठानले जनाएको छ । आवेदन दिन चाहनेले उक्त दिन समयमै फाराम भर्न प्रतिष्ठानले आग्रह गरेको छ । छनोट भएका सहभागीलाई एसएमएसमार्फत जानकारी गराइनेछ ।

प्रतिष्ठानले यसअघि युवालाई कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी व्यावहारिक सीप प्रदान गर्ने उद्देश्यले ‘एआईको प्रभावकारी प्रयोग तथा प्रम्प्ट लेखन’ विषयक नि:शुल्क अनलाइन तालिमका लागि आवेदन खुला गरेको थियो ।

तालिम आगामी कात्तिक १८ र १९ गते बिहान १० देखि १२ बजेसम्म र बेलुका ६ देखि ८ बजेसम्म गरी चारवटा छुट्टाछुट्टै सत्रमा सञ्चालन हुनेछ । प्रत्येक सहभागीलाई चारमध्ये कुनै एक सत्रमा सहभागी गराइनेछ । प्रत्येक सत्रमा ५०० जनाका दरले कुल २ हजार जनालाई तालिम दिने प्रतिष्ठानको योजना छ ।

तालिममा च्याटजीपीटी, क्लाउड लगायतका एआई उपकरणको प्रभावकारी प्रयोग, स्पष्ट र उपयोगी प्रम्प्ट लेखन तथा एआईको सहयोगमा इमेल, टिपोट, बैठकका निर्णय र आकर्षक प्रस्तुतीकरण तयार गर्ने सीप सिकाइनेछ ।

त्यस्तै, एआईको प्रयोगबाट तस्बिर तथा छोटा भिडियो निर्माण, एआईको जिम्मेवार प्रयोग र प्राप्त जानकारीको सत्यता परीक्षण गर्ने तरिकासमेत तालिममा समेटिनेछ ।

तालिमले युवालाई अध्ययन, रोजगारी तथा व्यावसायिक गतिविधिमा एआई प्रविधिको प्रभावकारी प्रयोग गर्न आवश्यक सीप प्रदान गर्ने लक्ष्य राखेको छ । अनलाइन माध्यमबाट प्रत्यक्ष तालिम सञ्चालन गर्नु मन्त्रालयका लागि नयाँ अभ्यास हो । यस कार्यक्रमबाट प्राप्त अनुभव र सिकाइ आगामी दिनमा ठूलो सङ्ख्यामा युवालाई लक्षित गरी सञ्चालन गरिने अनलाइन तथा अन्य सीपमूलक तालिमको पहुँच र प्रभावकारिता अभिवृद्धि गर्न उपयोगी हुने अपेक्षा गरिएको छ ।

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले एआईसम्बन्धी ज्ञान र सीप केही व्यक्तिमा मात्र सीमित हुन नहुने बताएका छन् ।

‘प्रविधिको विकाससँगै यसबाट सिर्जना हुने अवसर देशभरका सबै युवाको पहुँचमा पुग्नुपर्छ । त्यसैले यो नि:शुल्क अनलाइन तालिम एआईसम्बन्धी आधारभूत ज्ञान र व्यावहारिक सीप प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको हो,’ उनले भने ।

उनका अनुसार आगामी दिनमा अनलाइन तथा भौतिक दुवै माध्यमबाट थप उन्नतस्तरका तालिम सञ्चालन गरी देशभरका ठूलो सङ्ख्यामा युवालाई एआई प्रविधिमा दक्ष र सक्षम बनाउने लक्ष्य छ ।

आवेदन दिनेको संख्या अपेक्षाभन्दा धेरै भएपछि प्रतिष्ठानले आगामी दिनमा पनि यस्ता तालिम आधिकारिक प्रणालीमार्फत निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
1d ago
एआईको सहयोगमा एक दशकभित्र क्यान्सरको उपचार सम्भव हुने दाबी

एआईको सहयोगमा एक दशकभित्र क्यान्सरको उपचार सम्भव हुने दाबी

काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई)को विकासले आगामी एक दशकभित्र क्यान्सर, अल्जाइमर्स, मुटुरोग र मानसिक स्वास्थ्यसम्बन्धी समस्याको उपचार सम्भव बनाउने एन्थ्रोपिकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डारियो अमोडेईले दाबी गरेका छन्।

#एआई
Compare →
Hamro Patro News
2d ago
भाइटीकाको दिन सशस्त्र प्रहरीको नि: शुल्क बसमा २ हजार ४८६ यात्रुले गरे यात्रा

भाइटीकाको दिन सशस्त्र प्रहरीको नि: शुल्क बसमा २ हजार ४८६ यात्रुले गरे यात्रा

काठमाडौँ- भाइटीकाको दिन सार्वजनिक यातायातका साधन न्यून रूपमा सञ्चालन हुँदा सर्वसाधारणको आवागमन सहज बनाउन सशस्त्र प्रहरी बल, नेपालले सञ्चालन गरेको नि:शुल्क बस सेवाबाट २ हजार ४८६ जना लाभान्वित भएका छ...

#शुल्क
Compare →
Ekantipur
3d ago
बाँकेमा पहिलो पटक पौडीको लाइफगार्ड तालिम

बाँकेमा पहिलो पटक पौडीको लाइफगार्ड तालिम

नेपालगन्ज स्वीमिङ क्लबले नेपाल पौडी संघको प्राविधिक सहयोगमा १५ जनालाई पाँचदिने तालिम दिएको हो । तालिममा उद्धार र प्राथमिक उपचारसम्बन्धी सीप सिकाइएको थियो ।

#तालिम
Compare →
Arthasansar
1d ago
हिम पर्वत हाइड्रोपावरको आईपीओ मंसिर १० गतेसम्म आवेदन दिन पाइने

हिम पर्वत हाइड्रोपावरको आईपीओ मंसिर १० गतेसम्म आवेदन दिन पाइने

हिम पर्वत हाइड्रोपावर लिमिटेडले कात्तिक ११ गतेदेखिदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा मंसिर १०...

#आवेदन
Compare →

Related Stories

Technology
Build #2611