Trending
Prev Story
Next Story

वित्तीय संघीयता कार्यान्वयनबारे छलफल गर्न ६ प्रदेशका अर्थमन्त्री कर्णालीमा

Ekantipur •
November 02, 2026 • 06:02 AM
1
1 reads 0 reactions

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सोमबार सुरु प्रदेश आर्थिक मामिला परिषद्को बैठकमा सुदूरपश्चिमबाहेकका ६ प्रदेशका मन्त्री तथा सचिव सहभागी भएका छन् ।

वित्तीय संघीयता कार्यान्वयनबारे छलफल गर्न ६ प्रदेशका अर्थमन्त्री कर्णालीमा

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सोमबार सुरु प्रदेश आर्थिक मामिला परिषद्को बैठकमा सुदूरपश्चिमबाहेकका ६ प्रदेशका मन्त्री तथा सचिव सहभागी भएका छन् ।

सुर्खेत — वित्तीय संघीयताको प्रभावकारी कार्यान्वयन र तीन तहका सरकारबीच वित्तीय स्रोतको बाँडफाँटमा समन्वय खोज्न ६ प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री सुर्खेतमा भेला भएका छन् ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सोमबार सुरु प्रदेश आर्थिक मामिला परिषद्को बैठकमा सुदूरपश्चिमबाहेकका ६ प्रदेशका मन्त्री तथा सचिव सहभागी भएका छन् । बैठकमा संविधानको मर्म र भावनाअनुसार वित्तीय संघीयतालाई संघ, प्रदेश र स्थानीय तहका सरकारबीच कसरी प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकिन्छ भन्ने विषयमा छलफल हुने जनाइएको छ ।

तीनै तहका सरकारबीच स्रोत परिचालन, बजेट व्यवस्थापन र वित्तीय जिम्मेवारीमा देखिएका समस्या पहिचान गरी समाधानका उपाय खोजिने कर्णाली प्रदेशका अर्थमन्त्री टेकराज पछाईले बताए । बैठकमा वित्तीय संघीयता कार्यान्वयनको वर्तमान अवस्था, प्रदेशको राजस्व परिचालन क्षमता, खर्चको आवश्यकता, वित्तीय स्रोतको न्यायोचित वितरण, बजेट खर्च गर्ने क्षमता र नागरिकप्रतिको जवाफदेहिताका विषयमा छलफल हुनेछ उनको भनाइ छ।

प्रदेश सरकारहरूले अभ्यासमा ल्याएका असल अभ्यास र त्यसबाट प्राप्त सिकाइ आदानप्रदान गर्ने कार्यक्रमसमेत रहेको छ । संघीय शासन प्रणालीमा प्रदेश सरकारको वित्तीय अधिकार, स्रोतको उपलब्धता र खर्च गर्ने क्षमताबीच तादात्म्य मिलाउनु बैठकको प्रमुख उद्देश्य रहेको जनाइएको छ । प्रदेशहरूले भोगिरहेका वित्तीय तथा बजेट व्यवस्थापनसम्बन्धी समस्या र तिनको समाधानका साझा उपाय पहिल्याउने अपेक्षा छ । बैठकबाट प्राप्त निष्कर्षलाई आगामी आर्थिक वर्षमा सातवटै प्रदेशका सरकारका नीति, कार्यक्रम तथा बजेट निर्माणमा समावेश गर्ने जनाइएको छ ।

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
2d ago
जलवायुजन्य विपद्पछि नेपाललाई विशेष वित्तीय प्याकेज आवश्यकः अर्थमन्त्री वाग्ले

जलवायुजन्य विपद्पछि नेपाललाई विशेष वित्तीय प्याकेज आवश्यकः अर्थमन्त्री वाग्ले

अन्ताल्या (टर्किए)- अर्थमन्त्री डा स्वर्णिम वाग्लेले विपद्पछिको पुनर्निर्माण तथा आर्थिक पुनरुत्थानका लागि जोखिममा रहेका मुलुकलाई अनुदान, सहुलियतपूर्ण ऋण र ऋण राहतसहितको विशेष अन्तरराष्ट्रिय वित्ती...

#वित्तीय #अर्थमन्त्री
Compare →
Arthasansar
8h ago
बैंक तथा वित्तीय संस्थाको निक्षेप ८५ खर्ब माथि, सीडी रेसियो कति ?

बैंक तथा वित्तीय संस्थाको निक्षेप ८५ खर्ब माथि, सीडी रेसियो कति ?

नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा रहेको निक्षेप रकम निरन्तर रुपमा बढी रहेको छ । केन्द्रीय...

#वित्तीय
Compare →
Onlinekhabar
1d ago
लुम्बिनी बन्यो प्लेअफ पुग्ने पहिलो टिम, कर्णालीको लगातार चौथो हार

लुम्बिनी बन्यो प्लेअफ पुग्ने पहिलो टिम, कर्णालीको लगातार चौथो हार

काठमाडौं । साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा प्लेअफ पुग्ने पहिलो टिम बनेको छ । बिहीबार भएको लो स्कोरिङ खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनीले एक खेल बाँकी छँदै …

#कर्णाली
Compare →
Nagarik News
1d ago
कर्णालीलाई ४ विकेटले हराउँदै लुम्बिनी लायन्स प्लेअफमा

कर्णालीलाई ४ विकेटले हराउँदै लुम्बिनी लायन्स प्लेअफमा

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा प्रवेश गरेको छ।

#कर्णाली
Compare →

Related Stories

Politics & Governance
Build #2611