Trending
Prev Story
Next Story

प्रतिबन्धित माउर माछा पाल्ने मत्स्य फार्म सञ्चालकलाई तत्काल माछा नष्ट गर्न निर्देशन

Ekantipur •
November 02, 2026 • 05:31 AM
1
1 reads 0 reactions

विभिन्न स्थानमा प्रतिबन्धित माछापालन गरी बिक्रीवितरण भइरहेको र आहारका रूपमा सडेगलेका मासु तथा दुर्गन्धित अण्डा प्रयोग गर्ने गरेको पाइएपछि चितवन प्रशासनले यस्तो निर्देशन दिएको हो ।

1 / 2
Swipe Photos

विभिन्न स्थानमा प्रतिबन्धित माछापालन गरी बिक्रीवितरण भइरहेको र आहारका रूपमा सडेगलेका मासु तथा दुर्गन्धित अण्डा प्रयोग गर्ने गरेको पाइएपछि चितवन प्रशासनले यस्तो निर्देशन दिएको हो ।

काठमाडौँ — जिल्ला प्रशासन कार्यालय चितवनले प्रतिबन्धित माउर माछापालन गरेका मत्स्य फार्म सञ्चालकलाई तत्काल माछा नष्ट गर्न निर्देशन दिएको छ । जिल्लाका विभिन्न स्थानमा प्रतिबन्धित माछापालन तथा बिक्रीवितरण भइरहेको र माछाको आहारका रूपमा सडेगलेका मासु तथा दुर्गन्धित अण्डा प्रयोग गर्ने गरेको पाइएपछि प्रशासनले यस्तो निर्देशन दिएको हो ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालसहितको अनुगमन टोलीले भरतपुर महानगरपालिका विभिन्न मत्स्य फार्मको हालै अनुगमन गरेको थियो । अनुगमनका क्रममा तीनवटा फार्ममा प्रतिबन्धित माउर माछापालन गरेको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद शर्माले जानकारी दिए ।

उनका अनुसार कतिपय माछा पोखरीमा दुर्गन्धित मासु र सडेगलेका अण्डा माछाको आहारका रूपमा प्रयोग गर्ने गरेको पनि भेटिएको छ । प्रशासनले सम्बन्धित फार्म सञ्चालकलाई प्रतिबन्धित माछा तत्काल नष्ट गर्न, त्यस्ता आहारको प्रयोग बन्द गर्न तथा पोखरी र आसपासको क्षेत्र सफा राख्न निर्देशन दिएको छ ।

प्रमुख जिल्ला अधिकारी अर्यालले गत भदौमै अनुगमन गरी प्रतिबन्धित माछापालन नगर्न सचेत गराइएको भए पनि त्यसको कार्यान्वयन नभएकाले अहिले तत्काल माछा नष्ट गर्न निर्देशन दिनुपरेको बताए । उनले प्रतिबन्धित माछापालन तथा बिक्रीवितरण गरेको पाइएमा कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी दिए ।

पशु सेवा कार्यालय भरतपुरका प्रमुख प्रभात न्यौपानेले पटकपटक सचेत गराउँदा पनि माउर माछापालन नरोकिएपछि तत्काल नष्ट गर्न निर्देशन दिइएको बताए । उनका अनुसार पोखरीमा माछाको आहारका रूपमा फोहोर तथा सडेगलेका पक्षीजन्य पदार्थ प्रयोग गरेको पाइएको छ । त्यस्ता सामग्री आपूर्ति गर्ने ह्याचरीलाई पनि सचेत गराइएको उनले जानकारी दिए ।

पशु सेवा कार्यालयका अनुसार चितवनमा करिब एक हजार हेक्टर क्षेत्रफलमा माछापालन हुँदै आएको छ । जिल्लाको माडी नगरपालिका राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत माछा जोन क्षेत्र पनि हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Onlinekhabar
19h ago
जग्गा र जनशक्ति अभावमा मत्स्य विकास केन्द्रको काम प्रभावित

जग्गा र जनशक्ति अभावमा मत्स्य विकास केन्द्रको काम प्रभावित

२७ कात्तिक, स्याङ्जा । गण्डकी प्रदेशकै एक मात्र मत्स्य विकास केन्द्र पर्याप्त जग्गा र प्राविधिक जनशक्तिको अभावमा स्थापनाकालीन उद्देश्यअनुसार अघि बढ्न सकेको छैन । स्याङ्जाको कालीगण्डकी गाउँपालिका-७ मिर्मीमा रहेको केन्द्रले स्थानीय किसानलाई सहुलियतमा माछाका भुरा उपलब्ध …

#माछा #मत्स्य
Compare →
Nagarik News
1w ago
माछालाई दाना खुवाउने क्रममा डु’बेर ६ वर्षीया बालिकाको मृ’त्यु

माछालाई दाना खुवाउने क्रममा डु’बेर ६ वर्षीया बालिकाको मृ’त्यु

दाङको लमही नगरपालिका-३ स्थित जखेरा तालमा माछालाई दाना खुवाउने क्रममा तालमा खसेर एक ६ वर्षीया बालिकाको मृत्यु भएको छ।

#माछा
Compare →

Related Stories

Entertainment & Cinema
Build #2611