Trending
Prev Story
Next Story

भेनेजुएलामा विद्रोही शिविरमा आक्रमण, १९ जनाको मृत्यु

Ekantipur •
November 02, 2026 • 05:31 AM
1
1 reads 0 reactions

नाम सार्वजनिक नगर्ने सर्तमा एक सैन्य स्रोतले अमेरिकी आदेशमा आक्रमण गरिएको दाबी गरे । उनका अनुसार आक्रमणमा अमेरिकी गुप्तचर निकाय सिआइए र एफबीआईको सहयोग रहेको छ

भेनेजुएलामा विद्रोही शिविरमा आक्रमण, १९ जनाको मृत्यु

नाम सार्वजनिक नगर्ने सर्तमा एक सैन्य स्रोतले अमेरिकी आदेशमा आक्रमण गरिएको दाबी गरे । उनका अनुसार आक्रमणमा अमेरिकी गुप्तचर निकाय सिआइए र एफबीआईको सहयोग रहेको छ

काराकास — भेनेजुएलाको सेनाले पश्चिमी अपुरे राज्यमा रहेको कोलम्बियाली विद्रोही समूह नेसनल लिबरेसन आर्मी (इएलएन) को शिविरमा गरेको आक्रमणमा कम्तीमा १९ जनाको मृत्यु भएको छ । शुक्रबार बिहान ड्रोन र आक्रमणकारी हेलिकप्टरबाट गरिएको हमलामा मारिने अधिकांश भेनेजुएलाका नागरिक रहेको सैन्य स्रोतले जनाएको छ ।

सीमावर्ती क्षेत्रमा मानव अधिकार उल्लङ्घनको निगरानी गर्ने गैरसरकारी संस्था फन्डारेड्सका संयोजक जुआन फ्रान्सिस्को गार्सियाले आक्रमणमा सुरुमा नौ जनाको मृत्यु भएको र भोलिपल्ट थप १० शव सान फर्नान्डो लगिएको बताए ।

नाम सार्वजनिक नगर्ने सर्तमा एक सैन्य स्रोतले आक्रमणमा अमेरिकी गुप्तचर निकाय सिआइए र एफबीआईको सहयोग रहेको तथा यो अमेरिकी आदेशमा गरिएको दाबी गरे । यसबारे अमेरिकी विदेश मन्त्रालय र भेनेजुएला सरकारले तत्काल प्रतिक्रिया दिएका छैनन् ।

भेनेजुएला र कोलम्बियाबीचको दुई हजार २०० किलोमिटर लामो सीमावर्ती क्षेत्रमा लागुऔषध तस्करी, अवैध खनन र अन्य तस्करीमा संलग्न सशस्त्र समूह सक्रिय छन् ।

सन् २०१६ मा फार्क विद्रोही समूहले कोलम्बिया सरकारसँग शान्ति सम्झौता गरेपछि इएलएन ल्याटिन अमेरिकाको सबैभन्दा शक्तिशाली विद्रोही समूह बनेको छ ।

मानव अधिकार अधिवक्ता तथा सैन्य मामिलाकी विशेषज्ञ रोसियो सान मिगुएलले पछिल्लो आक्रमणले भेनेजुएलाको सैन्य नीतिमा परिवर्तन आएको संकेत गरे ।

सैन्य स्रोतले सीमावर्ती क्षेत्रमा थप विद्रोही शिविर रहेको आशङ्का गर्दै खोजी अभियान जारी राख्ने जनाएको छ ।

अमेरिकाले गत जनवरीमा निकोलस मदुरोलाई सत्ताच्युत गरेपछि भेनेजुएलाको नीतिमा आएको परिवर्तनसँग पनि यो कारबाही जोडिएको हुन सक्ने बताइएको छ । मदुरोकी पूर्वसहयोगी डेल्सी रोड्रिगेजको नेतृत्वमा रहेको सरकारले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थन पाएको छ ।

कोलम्बियाका नवनिर्वाचित कट्टर दक्षिणपन्थी राष्ट्रपति अबेलार्डो डे ला एस्प्रियेलाले इएलएन र लागुऔषध तस्करीमा संलग्न समूहविरुद्ध कडा कारबाही अघि बढाइरहेका बेला यो घटना भएको हो ।

कोलम्बिया लागुऔषध तस्करी र सङ्गठित अपराध नियन्त्रण गर्न अमेरिकी नेतृत्वमा सञ्चालित क्षेत्रीय प्रयासमा अन्य एक दर्जनभन्दा बढी ल्याटिन अमेरिकी तथा क्यारिबियन राष्ट्रसँग सहभागी छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
13h ago
गाजाको अस्पतालमा इजरायली आक्रमण, चिकित्सकसहित ६ जनाको मृत्यु

गाजाको अस्पतालमा इजरायली आक्रमण, चिकित्सकसहित ६ जनाको मृत्यु

एजेन्सी । दक्षिणी गाजाको खान युनिसस्थित नासेर मेडिकल कम्प्लेक्सको शल्यचिकित्सा विभागमा इजरायलले गरेको आक्रमणमा चिकित्सकसहित ६ जनाको मृत्यु भएको छ। आक्रमणमा बिरामी र उनीहरूका कुरुवासहित कम्तीमा २७ ज...

#आक्रमण #जनाको #मृत्यु
Compare →
Arthasansar
12h ago
इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अवस्था आफूले अपेक्षा गरेअनुसार अघि नबढे पुनः सैन्य कारबाही गर्न नहिचकिचाउने चेतावनी दिएका छन् ।...

#आक्रमण #अमेरिकी
Compare →
Nagarik News
5h ago
बहराइनमा राडार ध्वस्त पारेको इरानको दाबी, अमेरिकाले के भन्यो ?

बहराइनमा राडार ध्वस्त पारेको इरानको दाबी, अमेरिकाले के भन्यो ?

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) ले बहराइनमा रहेको अमेरिकी प्रारम्भिक चेतावनी राडार प्रणाली ध्वस्त पारेको दाबी गरेको छ।

#अमेरिकी #रहे
Compare →
Onlinekhabar
7h ago
गाजाको नासेर अस्पतालमा आक्रमणको राष्ट्रसङ्घद्वारा निन्दा

गाजाको नासेर अस्पतालमा आक्रमणको राष्ट्रसङ्घद्वारा निन्दा

२७ कात्तिक, संयुक्त राष्ट्रसङ्घ (रासस/सिन्ह्वा) । गाजास्थित नासेर अस्पतालमा इजरायलले गरेको हवाई आक्रमणमा छ जनाको मृत्यु र २७ जना घाइते भएपछि संयुक्त राष्ट्रसङ्घका वरिष्ठ अधिकारीहरूले आक्रमणको निन्दा गर्दै स्वास्थ्य संस्थाको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेका …

#आक्रमण
Compare →

Related Stories

World News
Build #2611