Trending
Prev Story
Next Story

संघीय लोकतान्त्रिक गणतन्त्रको व्याख्या गर्दै प्रधानमन्त्रीले भने- गाउँ गाउँमा सिंहदरबार, जग्गा प्रशासन स्थानीय तहबाटै

Onlinekhabar •
November 02, 2026 • 05:01 AM
1
1 reads 0 reactions

१६ कात्तिक, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले संघीय लोकतान्त्रिक गणतन्त्रको व्याख्या गर्दै जग्गा प्रशासन स्थानीय तहबाटै सन्चालन हुने गरी सरकारले काम गरेको बताएका छन् । ‘गाउँ गाउँमा सिंहदरबार’ जग्गा प्रशासन स्थानीय तहबाटै’ उनले सामाजिक …

संघीय लोकतान्त्रिक गणतन्त्रको व्याख्या गर्दै प्रधानमन्त्रीले भने- गाउँ गाउँमा सिंहदरबार, जग्गा प्रशासन स्थानीय तहबाटै

१६ कात्तिक, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले संघीय लोकतान्त्रिक गणतन्त्रको व्याख्या गर्दै जग्गा प्रशासन स्थानीय तहबाटै सन्चालन हुने गरी सरकारले काम गरेको बताएका छन् । ‘गाउँ गाउँमा सिंहदरबार’ जग्गा प्रशासन स्थानीय तहबाटै’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

यसबारे उनको व्याख्या छ, ‘संघीय लोकतान्त्रिक गणतन्त्रको मूल मर्म भनेकै राज्य र नागरिकबिचको दुरी घटाउनु हो । राज्यका सेवा सुविधा पाउन टाढाका कार्यालयहरूसम्म सहजरूपमा पुग्नु नभई आवश्यक कार्यालय र तिनका सेवाहरू नागरिकसँग पुग्नु यसको अन्तिम लक्ष्य हो ।’ यही मर्मलाई आत्मसात गर्दै जग्गा प्रशासन स्थानीय तहबाटै सन्चालन गरिएको उनले बताएका छन् ।

प्रधानमन्त्री बालेनका अनुसार नेपाल सरकारले आफ्नो शासकीय सुधार सम्बन्धी एकसय कार्यसूचीको अभिन्न अङ्गका रूपमा भूमि प्रशासनसम्बन्धी सेवा स्थानीय तहबाटै प्रवाह गर्ने कार्यलाई पूर्ण रुपमा कार्यान्वयनमा ल्याउने लक्ष्य राखेको छ

‘यसै लक्ष्य अनुरुप नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३ ले गरेका व्यवस्था बमोजिम भूमि प्रशासनका सेवाहरू स्थानीय तहमा हस्तान्तरण गर्ने प्रक्रिया अघि बढाइएकोमा हालसम्म विभिन्न ३३ वटा स्थानीय तहबाट उक्त सेवा सफलतापूर्वक सञ्चालन भइरहेको छ’ उनले लेखेका छन् ।

यस प्रक्रियालाई थप गति दिँदै बाँकी रहेका सम्पूर्ण स्थानीय तहहरुबाट समेत आगामी एक महिनाभित्र भूमि प्रशासनसम्बन्धी सेवा अनिवार्य रुपमा सञ्चालन गर्ने गरी व्यवस्था मिलाउने निर्णय गरिएको उनले बताएका छन् । उनी थप्छन्, ‘यस कार्यमा स्थानीय तहलाई आवश्यक पर्ने सम्पूर्ण सहयोग उपलब्ध गराउन नेपाल सरकार प्रतिबद्ध छ ।’

नेपाल सरकारको यस पहलबाट स्थानीय तहले भूमि प्रशासन सम्बन्धी आफ्नो संवैधानिक तथा कानुनी अधिकारको पूर्ण प्रयोग गर्न पाउने प्रधानमन्त्री बालेनको विश्वास छ ।

उनले लेखेका छन्, ‘नागरिकलाई जग्गासम्बन्धी सेवा दिने भूमि प्रशासन तथा नापी कार्यालयहरु नागरिकको थप निकट, सरल र सहज हुनेछन् भने अधिकारलाई केन्द्रमा सिमित गर्ने कानूनी प्रावधानहरू खुकुला हुँदै जानेछन् भन्ने नेपाल सरकारको विश्वास छ ।’

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
13h ago
रास्वपा सांसदको जम्बो टोली चीन जाँदै, प्रधानमन्त्रीले बोलाए सिंहदरबार

रास्वपा सांसदको जम्बो टोली चीन जाँदै, प्रधानमन्त्रीले बोलाए सिंहदरबार

काठमाडौं । प्रधानमन्त्री तथा रास्वपाका वरिष्ठ नेता वालेन्द्र शाह (बालेन)ले चीन भ्रमणमा जान लागेका आफ्ना पार्टीका सांसदलाई सिंहदरबार बोलाएर छलफल गरेका छन् ।

#बालेन-शाह #प्रधानमन्त्रीले #सिंहदरबार
Compare →
Ekantipur
2d ago
गाउँको तिहार, परदेशको तिहार

गाउँको तिहार, परदेशको तिहार

विदेशमा बिताएका धेरै वर्षमध्ये तिहारकै दिन टीका लगाउने अवसर एक वर्ष मात्र जुरेको छ। अन्य वर्ष निधार खाली नै रहे ।

#गाउँ
Compare →
Nagarik News
6h ago
विराटनगरमा जग्गाको कित्ताकाट खुलाउने तयारी

विराटनगरमा जग्गाको कित्ताकाट खुलाउने तयारी

विराटनगर महानगरपालिका क्षेत्रभित्र जग्गाको कित्ताकाट खुलाउने प्रक्रिया अघि बढेको छ। भू–उपयोग क्षेत्र वर्गीकरणको प्रक्रिया पूरा गरी महानगरपालिकाले आवश्यक विवरण नापी कार्यालयमा पठाएपछि कित्ताकाटसम्बन्धी काम अघि बढाउने बाटो खुलेको हो।

#जग्गा
Compare →
Bizshala
9h ago
बसाइँसराइले रित्तिएको गाउँमा पर्यटनको बहार: पुराना घर बने आकर्षक रिसोर्ट, स्थानीयलाई रोजगारी र आम्दानी

बसाइँसराइले रित्तिएको गाउँमा पर्यटनको बहार: पुराना घर बने आकर्षक रिसोर्ट, स्थानीयलाई रोजगारी र आम्दानी

काठमाण्डौ । बढ्दो बसाइँसराइका कारण सुनसान बन्दै गएको मकवानपुरको एउटा गाउँमा पर्यटन व्यवसायले नयाँ जीवन भरेको छ।...

#गाउँ
Compare →

Related Stories

Politics & Governance
Build #2611