Trending
Prev Story
Next Story

जनताका पीडा सुन्न घरदैलोमा सांसद बुढा

Onlinekhabar •
November 02, 2026 • 04:00 AM
1
1 reads 0 reactions

६ कात्तिक, सुर्खेत । जाजरकोटको जुनीचाँदेका गाउँबस्तीमा चार दिन बिताएर सदरमुकाम फर्किएका प्रतिनिधिसभा सदस्य खड्कबहादुर बुढा यसपटक जनताका समस्या र पीडाले भावुक बनेका छन् । कतै प्राकृतिक विपत्तिले उजाडिएका परिवारका आँसु, कतै विकासको प्रतीक्षामा रहेका बस्तीका …

जनताका पीडा सुन्न घरदैलोमा सांसद बुढा

६ कात्तिक, सुर्खेत । जाजरकोटको जुनीचाँदेका गाउँबस्तीमा चार दिन बिताएर सदरमुकाम फर्किएका प्रतिनिधिसभा सदस्य खड्कबहादुर बुढा यसपटक जनताका समस्या र पीडाले भावुक बनेका छन् ।

कतै प्राकृतिक विपत्तिले उजाडिएका परिवारका आँसु, कतै विकासको प्रतीक्षामा रहेका बस्तीका अपेक्षा त कतै नागरिकले देखाएको आत्मीयताले उनको चारदिने यात्रा भावुक र अर्थपूर्ण बनेको छ ।

जुनीचाँदे गाउँपालिका–५ को डोग्रा टोलमा पुग्दा पहिरो प्रभावित परिवारको अवस्था देखेर सांसद बुढा भावुक बने । पहिरोमा आफन्त गुमाएका परिवारसँग भेटेर उनीहरूको दुःख र पीडा सुन्दा आफ्ना आँखा रसाएको उनले बताएका छन् ।

प्रियजन गुमाउनुको पीडा र विपत्तिले थलिएका परिवारको अवस्था देख्दा मन भारी भएको उनको भनाइ छ । प्रभावित परिवारलाई केही भए पनि राहत पुगोस् भन्ने उद्देश्यले आफ्नै तर्फबाट सामग्री लिएर पुगेका उनले करिब ६० परिवारलाई राहत वितरण गरेका छन् । आगामी दिनमा पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

‘विपत्तिमा परेका नागरिकको पीडा नजिकबाट महसुस गर्ने अवसर मिल्यो । उहाँहरूको दुःख सुन्दा मन थाम्न सकिनँ । यो सहयोग सानो भए पनि दुःखको घडीमा साथमा छु भन्ने अनुभूति दिलाउन चाहेको हुँ,’ उनले आफ्नो भ्रमणबारे उल्लेख गरेका छन् ।

चारदिने भ्रमणका क्रममा सांसद बुढाले वडा नं. ५, ६, ४ र ११ हुँदै वडा नं. १ सम्म पुगेर स्थानीयसँग भेटघाट तथा छलफल गरेका थिए । त्यसक्रममा अग्रज, आमा–बुवा, दाजुभाइ तथा दिदीबहिनीसँग आत्मीय संवाद गर्ने अवसर पाएको उनले बताएका छन् ।

भ्रमणका क्रममा कतै विकासका अधुरा योजना, कतै खानेपानी र विद्युत्को समस्या त कतै प्राकृतिक विपत्तिबाट जोखिममा परेका बस्तीका नागरिकका गुनासा सुनेका थिए । पार्टीका अग्रज, जनप्रतिनिधि तथा स्थानीय अगुवाहरूसँग पनि छलफल गर्दै समस्याको समाधानका उपायबारे संवाद गरेका थिए ।

नागरिकले देखाएको माया, विश्वास र आत्मीयताले आफूलाई थप जिम्मेवार बनाएको सांसद बुढाको भनाइ छ ।

जोखिमयुक्त बस्ती सुरक्षित बनाउने प्रतिबद्धता

सांसद बुढाले जुनीचाँदेका जोखिमयुक्त बस्तीलाई सुरक्षित बनाउने, वर्षा तथा प्राकृतिक विपत्तिबाट सिर्जित समस्याको दीर्घकालीन समाधान खोज्ने र अधुरा विकास आयोजनालाई गति दिन पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

खानेपानी, विद्युत्लगायतका आधारभूत आवश्यकता पूरा गर्न सम्बन्धित कार्यालय र सरकारका जिम्मेवार निकायसँग निरन्तर समन्वय गर्ने उनले बताएका छन् ।

‘जुनीचाँदेका प्रत्येक बस्तीको सपना मेरो पनि सपना हो । यहाँका नागरिकका समस्या र अपेक्षालाई सम्बन्धित निकायसम्म पुर्‍याउनेछु,’ उनले भनेका छन् ।

समस्या बोकेर फर्किए, फेरि बस्तीमै आउने प्रतिबद्धता

चार दिनको भेटघाटपछि सदरमुकाम फर्किए पनि स्थानीयका समस्या, पीडा र गुनासा आफूले सँगै लिएर आएको सांसद बुढाले बताएका छन् । नागरिकका आवाज सम्बन्धित कार्यालयदेखि सरकारका जिम्मेवार निकायसम्म पुर्‍याउने र समाधानका लागि निरन्तर पहल गर्ने उनको प्रतिबद्धता छ ।

‘यो साथ केवल भेटघाट र आश्वासनमा सीमित हुने छैन । म फेरि फर्कनेछु, तपाईंहरूकै बीचमा हुनेछु । सुखदुःखमा सधैं साथमा रहनेछु,’ उनले उल्लेख गरेका छन् ।

सांसद बुढाका लागि जुनीचाँदेका चार दिन औपचारिक भेटघाटमा मात्रै सीमित रहेनन् । विपत्तिले थलिएका परिवारका आँसु, विकासको प्रतीक्षामा रहेका नागरिकका अपेक्षा र स्थानीयले देखाएको आत्मीयताले जनप्रतिनिधिका रूपमा जनताप्रतिको जिम्मेवारीलाई थप गहिरो बनाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Ekantipur
2d ago
सशस्त्र द्वन्द्वको पीडा : अढाई दशकदेखि गुम्सिएको त्यो पीडा

सशस्त्र द्वन्द्वको पीडा : अढाई दशकदेखि गुम्सिएको त्यो पीडा

सशस्त्र द्वन्द्वका बेला सुरक्षाकर्मीबाट बलात्कारमा परेकी कञ्चनपुरकी एक महिला परिवार र समाजको डरले अहिलेसम्म घटना सार्वजनिक गर्न सकेकी छैनन् । न न्यायको खोजीमा उजुरी दिएकी छन्, न राज्यबाट कुनै राहत र सुविधा पाएकी छन् ।

#पीडा
Compare →
Hamro Patro News
4d ago
सहचालकदेखि शाखा अधिकृतसम्मको प्रेरणादायी यात्रा, २९ वर्षीय प्रेम बुढा मगरले रचे सफलता

सहचालकदेखि शाखा अधिकृतसम्मको प्रेरणादायी यात्रा, २९ वर्षीय प्रेम बुढा मगरले रचे सफलता

काठमाडौं । संघर्ष, निरन्तर मेहनत र आत्मविश्वास भए जीवनमा जुनसुकै लक्ष्य हासिल गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् जाजरकोटका २९ वर्षीय प्रेम बुढा मगर। १५ वर्षको कलिलो उमेरमै घर छोडेर गाडीको सहचालकका...

#बुढा
Compare →

Related Stories

Business & Economy
Build #2612