Trending
Prev Story
Next Story

सुनुवाइ समितिको बैठक बस्दै, जापानका लागि प्रस्तावित राजदूत थापाबारे निर्णय गर्ने तयारी

Onlinekhabar •
November 02, 2026 • 04:00 AM
1
1 reads 0 reactions

१६ कात्तिक, काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाबारे निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक आज बस्दै छ । सुनुवाइ समितिको सचिवालयका अनुसार आज दिउँसो ३ बजे सिंहदरबारमा बैठक बस्न लागेको हो । २०८३ असोज …

सुनुवाइ समितिको बैठक बस्दै, जापानका लागि प्रस्तावित राजदूत थापाबारे निर्णय गर्ने तयारी

१६ कात्तिक, काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाबारे निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक आज बस्दै छ । सुनुवाइ समितिको सचिवालयका अनुसार आज दिउँसो ३ बजे सिंहदरबारमा बैठक बस्न लागेको हो ।

२०८३ असोज २८ गते प्रस्तावित राजदूतको संसदीय सुनुवाइ भएको थियो । नियुक्तिका लागि सिफारिस १३ मध्ये १० राजदूतको नाम मात्र संसदीय सुनुवाइ समितिले सो दिन अनुमोदन गरेको थियो ।

साउदी अरबका लागि प्रस्तावित गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेलको नाम भने अनुमोदनका लागि अस्वीकृत गरिएको थियो ।

जापानका लागि प्रस्तावित राजदूत थापाको जापानको पीआर रहेको भन्दै सांसदहरुले प्रश्न उठाएपछि थप अध्ययन गर्ने भन्दै सुनुवाइ स्थगित गरिएको थियो ।

संसदीय सुनुवाइका क्रममा प्रस्तावित राजदूत थापाले जापानको पीआर त्यागिसकेको स्पष्टीकरण दिएका थिए । तर संविधानको धारा २९१ को व्यवस्था र पीआर त्यागेको अवधिको विषयमा सांसदहरूले सुनुवाइकै क्रममा प्रश्न उठाएका थिए ।

यसबारे स्पष्ट हुन भनेर संसदीय समितिले परराष्ट्र मन्त्रालयमार्फत जापान सरकारसँगै विरण मागेको छ । परराष्ट्र मन्त्रालयले पनि राजदूतावासमार्फत जापान सरकारसँग विवरण मागेको छ । तर, संसदीय सुनुवाइ समितिले परराष्ट्र मन्त्रालयमार्फत पठाएको पत्रको जवाफ जापान सरकारबाट प्राप्त भएको छैन ।

जवाफ प्राप्त नभएको अवस्थामै आज सुनुवाइ समितिको बैठक आह्वान भएको हो ।

संसदीय समितिले भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा, अमेरिकाका लागि चिरनजङ् थापा, बेलायतका लागि गौरवशमशेर जङ्गबहादुर राणा र जर्मनीका लागि सरु जोशीलाई राजदूतमा अनुमोदन गरिसकेको छ ।

त्यसैगरी इजरायलका लागि सुरेशकुमार कर्ण, ओमानका लागि पद्माक्षी राणा, दक्षिण कोरियाका लागि प्रा.डा. संगम श्रेष्ठ, स्पेनका लागि प्राप्ति शेरचन र श्रीलङ्काका लागि प्रस्तावित राजदूत डा. मञ्चला कुमारी झाको नाम पनि सुनुवाइ समितिको बैठकले सर्वसम्मतिले अनुमोदन गरिसकेको छ ।

थापाको विषयमा परराष्ट्र मन्त्रालयको राय लिएर यही कातिक १९ गतेभित्रै निर्णय गर्ने सुनुवाइ समितिको तयारी छ ।

संयुक्त समिति (कार्य सञ्चालन) नियमावली, २०८० को नियम २५ को उपनियम २ अनुसार सम्बन्धित निकायबाट नाम प्राप्त भएको मितिले ४५ दिनभित्र सुनुवाइ गरी निर्णयसहित सम्बन्धित निकायमा पठाउनुपर्छ ।

यदि समितिले ४५ दिनभित्र निर्णय दिन सकेन भने प्रस्तावित व्यक्तिको नाम स्वत: अनुमोदन भएको मानिन्छ । त्यसपछि नियुक्तिको बाटो खुल्छ ।

यस्तो ४५ दिने समयसीमा यही कात्तिक १९ गते सकिँदैछ । त्यस अगाडि नै प्रस्तावित राजदूत थापाबारे निर्णय लिन सुनुवाइ समितिको बैठक बस्न लागेको हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
1d ago
अमेरिकाका लागि रुसी राजदूत डार्चिएभको अचानक निधन

अमेरिकाका लागि रुसी राजदूत डार्चिएभको अचानक निधन

अमेरिकाका लागि रुसी राजदूत अलेक्जेन्डर डार्चिएभको ६६ वर्षको उमेरमा निधन भएको छ । रुसको विदेश मन्त्रालयले बुधबार डार्चिएभको मस्कोमा अचानक निधन भएको जनाएको छ । मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाका...

#राजदूत
Compare →
Nagarik News
1d ago
अमेरिकाका लागि रुसी राजदूत डार्चिभको निधन

अमेरिकाका लागि रुसी राजदूत डार्चिभको निधन

रुसको विदेश मन्त्रालयले बुधबार उनको निधन भएको घोषणा गरेको हो। उनले अमेरिकाका लागि राजदूतका रूपमा करिब डेढ वर्ष काम गरेका थिए।

#राजदूत
Compare →

Related Stories

World News
Build #2611