Trending
Prev Story
Next Story

कांग्रेस कास्की–१ ले सुत्केरीलाई लोकल भाले, नवजात शिशुलाई नयाँ कपडा दिने

Onlinekhabar •
November 02, 2026 • 01:30 AM
1
1 reads 0 reactions

१६ कात्तिक, पोखरा । सुत्केरी आमाको पोषणका लागि लोकल कुखुराको एउटा भाले र नवजात शिशुका लागि नयाँ कपडा उपलब्ध गराउने गरी नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर १ ले ‘आमा–शिशु साथ अभियान’ सञ्चालन गर्ने भएको छ …

कांग्रेस कास्की–१ ले सुत्केरीलाई लोकल भाले, नवजात शिशुलाई नयाँ कपडा दिने

१६ कात्तिक, पोखरा । सुत्केरी आमाको पोषणका लागि लोकल कुखुराको एउटा भाले र नवजात शिशुका लागि नयाँ कपडा उपलब्ध गराउने गरी नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर १ ले ‘आमा–शिशु साथ अभियान’ सञ्चालन गर्ने भएको छ । आर्थिक रूपमा विपन्न तथा दलित समुदायका ३१ वर्षमुनिका सुत्केरी आमा र नवजात शिशुलाई लक्षित गरी क्षेत्रीय समितिले एक वर्षसम्म अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

नेपाली कांग्रेस कास्की-१ को नवनिर्वाचित समितिका पदाधिकारी तथा सदस्यको पदस्थापनापछि बसेको पहिलाे बैठकले यस्ताे निर्णय गरेको सभापति सरोज केसीले बताए ।

अभियानअन्तर्गत बच्चा जन्मिएको ११ दिनभित्र सहयोगको आवश्यकता पहिचान गरी सम्बन्धित परिवारसम्म पुग्ने र सम्भव भएसम्म २४ घण्टाभित्रै सहयोग उपलब्ध गराउने लक्ष्य राखिएको छ । सुत्केरी आमाको पोषणका लागि स्थानीय लोकल कुखुराको एउटा भाले उपलब्ध गराइनेछ भने नवजात शिशुका लागि मौसमअनुसार उपयुक्त दुईदेखि तीन थान नयाँ कपडा दिइने निर्णय गरिएको छ ।

आर्थिक अवस्था अत्यन्त कमजोर भएका अन्य परिवारलाई पनि आवश्यकताका आधारमा सहयोग गर्न सकिने निर्णयमा उल्लेख छ । अभियानले सुत्केरी आमा र नवजात शिशुलाई आवश्यक परेको समयमा सानो भए पनि तत्काल व्यावहारिक सहयोग पुर्‍याउने उद्देश्य राखेको केसीले बताए ।

अभियान सञ्चालनका लागि क्षेत्रीय समितिका पदाधिकारी तथा सदस्यहरूको स्वैच्छिक योगदान र इच्छुक शुभेच्छुकहरूको सहयोगबाट स्रोत जुटाइनेछ । सहयोग प्राप्त गर्न कुनै राजनीतिक आबद्धता वा सदस्यताको सर्त राखिने छैन । सहयोग आवश्यक पर्ने परिवारले सहज रूपमा सम्पर्क गर्न सक्ने व्यवस्था मिलाइने निर्णयमा उल्लेख छ ।

कार्यक्रमलाई पारदर्शी, निष्पक्ष र सेवामुखी बनाउन आवश्यक कार्यविधि तयार गरी सहयोगको अभिलेख राख्ने तथा नियमित समीक्षा गर्ने निर्णयसमेत गरिएको छ ।

अभियानमार्फत विपन्न परिवारका सुत्केरी आमा र नवजात शिशुलाई आवश्यक परेको समयमा सहयोग पुर्‍याउनुका साथै मातृ–शिशु पोषण र आधारभूत स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्न सम्बन्धित सरकारी निकायको ध्यानाकर्षण गराउने लक्ष्य राखिएको कांग्रेस क्षेत्रीय समितिले जनाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
5d ago
श्वासप्रश्वासमा समस्या आएका नवजात शिशुको बाजुराबाट हेलिकप्टरमा उद्धार

श्वासप्रश्वासमा समस्या आएका नवजात शिशुको बाजुराबाट हेलिकप्टरमा उद्धार

कोल्टी अस्पतालका चिकित्सकले शिशुलाई सघन उपचार आवश्यक रहेको बताएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत कर्णाली प्रादेशिक अस्पताल सुर्खेत लगिएको हो।

#शिशु #नवजात
Compare →
Hamro Patro News
3d ago
बिचौलियाको बयानले कांग्रेसलाई बदनाम गर्न खोजिएको भन्दै विश्वप्रकाशको आक्रोश! ‘यति करोड बुझायो रे भन्दै फेसबुकमा लेखेर हुन्छ?’

बिचौलियाको बयानले कांग्रेसलाई बदनाम गर्न खोजिएको भन्दै विश्वप्रकाशको आक्रोश! ‘यति करोड बुझायो रे भन्दै फेसबुकमा लेखेर हुन्छ?’

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले बिचौलियाको बयानका आधारमा पार्टी र नेताहरूलाई बदनाम गर्न खोजिएको बताएका छन् । नेपाली कांग्रेस काभ्रेपलाञ्चोक जिल्ला कार्यसमितिले आयो...

#कांग्रेस
Compare →
Nagarik News
4d ago
'बिचौलियाको बयानका आधारमा कांग्रेसलाई बदनाम गर्न खोजियो'

'बिचौलियाको बयानका आधारमा कांग्रेसलाई बदनाम गर्न खोजियो'

नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले बिचौलियाको बयानका आधारमा पार्टी र नेताहरूलाई बदनाम गर्न खोजिएको बताएका छन् ।

#कांग्रेस
Compare →

Related Stories

Politics & Governance
Build #2611