Trending
Prev Story
Next Story

'बिचौलियाको बयानका आधारमा कांग्रेसलाई बदनाम गर्न खोजियो'

Nagarik News •
November 09, 2026 • 06:27 AM
1
1 reads 0 reactions

नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले बिचौलियाको बयानका आधारमा पार्टी र नेताहरूलाई बदनाम गर्न खोजिएको बताएका छन् ।

'बिचौलियाको बयानका आधारमा कांग्रेसलाई बदनाम गर्न खोजियो'

नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले बिचौलियाको बयानका आधारमा पार्टी र नेताहरूलाई बदनाम गर्न खोजिएको बताएका छन् ।

नेपाली कांग्रेस काभ्रेपलाञ्चोक जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यक्रममा पूर्वसभापति शेरबहादुर देउवाको टिप्पणीलाई लक्षित गर्दै शर्माले सामाजिक सञ्जालमा आएका अपुष्ट कुराका आधारमा धारणा बनाउन नहुने बताए ।

उनले भने, ‘एउटा बिचौलियाले कहीँ भन्यो अरे। त्यसैका आधारमा यति खायो रे, उति बुझायो रे, यति करोड बुझायो रे भनेर फेसबुकमा लेखेर हुन्छ ?’

उनले जीवनमा मन्त्रीका रूपमा ८–( महिना मात्रै जिम्मेवारीमा रहेका सभापति गगन थापा र आफू सांसद मात्र बनेको व्यक्ति भएको उल्लेख गर्दै करोडौँ रुपैयाँ बुझाएको भन्ने आरोपको आधारमाथि प्रश्न उठाए । पटक–पटक सत्तामा पुगेका नेताहरूले नै त्यस्तो रकम बुझाउन सक्ने भन्दै उनले आफूलाई जोडेर गरिएका आरोपको खण्डन गरे ।

शर्माले बिचौलियाले भनेको कुरालाई प्रमाणका रूपमा लिन नहुने तर्क गर्दै बैंक डकैतीमा पक्राउ परेको व्यक्तिले कसैको नाम लिँदैमा त्यसलाई अदालत र कानुनले प्रमाणका रूपमा स्वीकार गर्छ कि गर्दैन भन्ने उदाहरण प्रस्तुत गरे । उनले भने, ‘एउटा बिचौलियाले कहीँ भन्यो अरे भन्दैमा त्यसैको हुइँयामा कुद्नु हुँदैन।’

कांग्रेसको विशेष महाधिवेशन र १५औँ महाधिवेशन पार्टीको विधि, विधान, प्रक्रिया र संविधानअनुसार इमानदारितापूर्वक सम्पन्न भएको उनको दाबी थियो । राष्ट्रिय आवश्यकता र परिस्थितिका कारण पार्टीलाई नयाँ ढङ्गले अघि बढाउनुपर्ने अवस्था आएको उनले बताए ।

‘ढुक्क मान्नुहोला, नेपाली कांग्रेस पार्टीको विशेष महाधिवेशन गरेर १५औँ महाधिवेशनसम्म पुग्दै गर्दा पार्टीको विधि, विधान, प्रक्रिया, संविधान सबै कुराबमोजिम इमानदारितापूर्वक सबै काम भएको छ,’ उनले भने ।

शर्माले गगन थापाको नेतृत्वमा कांग्रेस योजनाबद्ध रूपमा अघि बढिरहेको उल्लेख गर्दै पार्टीलाई चुस्त र व्यवस्थित बनाउने अभियानमा सबै नेता तथा कार्यकर्ता जुट्नुपर्ने बताए । काभ्रेको कांग्रेसले आफ्नो संगठनको जरा बलियो बनाउनुपर्ने उनको भनाइ थियो ।

उनले पार्टीका नेता तथा कार्यकर्तालाई तनावमुक्त भएर अध्ययन, मेहनत र आत्मविश्वासका साथ काम गर्न आग्रह गरे ।

प्रकाशित: २३ कार्तिक २०८३ १२:१२ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
4d ago
बिचौलियाको बयानका आधारमा कांग्रेसलाई बदनाम गर्न खोजियो: विश्वप्रकाश

बिचौलियाको बयानका आधारमा कांग्रेसलाई बदनाम गर्न खोजियो: विश्वप्रकाश

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले बिचौलियाको बयानका आधारमा पार्टी र नेताहरूलाई बदनाम गर्न खोजिएको बताएका छन् । नेपाली कांग्रेस काभ्रेपलाञ्चोक जिल्ला कार्यसमितिले आयो...

#आधार #बिचौलिया #कांग्रेस
Compare →
Ekantipur
2d ago
के आधारमा दोषी ठहर भए नरेश भट्ट ?

के आधारमा दोषी ठहर भए नरेश भट्ट ?

शव नभेटिए पनि परिस्थितिजन्य प्रमाणका आधारमा हत्या पुष्टि, अभियोजन पक्षले करिब १०० साक्षी र ५०० प्रमाण प्रस्तुत गरेको थियो।

#आधार
Compare →
Onlinekhabar
4d ago
कांग्रेस उपसभापतिको आरोप– सरकार प्रतिशोधबाट सञ्चालन भइरहेको छ

कांग्रेस उपसभापतिको आरोप– सरकार प्रतिशोधबाट सञ्चालन भइरहेको छ

२३ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति मधु आचार्यले सरकार प्रतिशोध, क्रोध, भय र भ्रमबाट सञ्चालन भइरहेको आरोप लगाएका छन् । रिपोटर्स क्लब नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा आचार्यले सरकार गठन भएको ६ महिना नपुग्दै …

#कांग्रेस
Compare →
Bizshala
5d ago
कर्जा सार्ने उद्यमीलाई मुक्तिनाथको अफर, आधार दरमा थप प्रिमियम शून्य

कर्जा सार्ने उद्यमीलाई मुक्तिनाथको अफर, आधार दरमा थप प्रिमियम शून्य

काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले साना तथा मझौला उद्यमीलाई लक्षित गरी आधार दरमै व्यवसाय कर्जा सार्न मिल्ने योजना...

#आधार
Compare →

Related Stories

Politics & Governance
Build #2611