Trending
Prev Story
Next Story

उपल्लो डोल्पाबाट जटिल अवस्थाकी गर्भवतीको उद्धार

Ekantipur •
October 20, 2026 • 02:27 PM
1
1 reads 0 reactions

२८ वर्षीया गर्भवतीको अवस्था जटिल बनेपछि तत्काल हेलिकोप्टरबाट उद्धार गरी सुर्खेत लगिएको छ ।

उपल्लो डोल्पाबाट जटिल अवस्थाकी गर्भवतीको उद्धार

२८ वर्षीया गर्भवतीको अवस्था जटिल बनेपछि तत्काल हेलिकोप्टरबाट उद्धार गरी सुर्खेत लगिएको छ ।

डोल्पा — डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–४ नाम्दोबाट साल अड्किएर जटिल अवस्थामा पुगेकी गर्भवती महिलाको उद्धार गरी उपचारका लागि सुर्खेत लगिएको छ।

२८ वर्षीया पेम्मा आङमो गुरुङलाई आज उद्धार गरी उपचारका लागि सुर्खेत लगिएको प्रमुख जिल्ला अधिकारी जुनु हमालले जानकारी दिइन्। उनका अनुसार गर्भवतीको अवस्था जटिल बनेपछि तत्काल उद्धारको व्यवस्था गरिएको हो।

उपल्लो डोल्पाबाट जिल्ला सदरमुकाम दुनैसम्म पनि सडक सञ्जाल जोडिएको छैन। उपल्लो डोल्पामा तीनवटा स्थानीय तह छन्। ती क्षेत्रमा पर्याप्त स्वास्थ्य उपचार सुविधा नहुँदा जटिल अवस्थाका बिरामीलाई उपचारका लागि बाहिर लैजानुपर्ने बाध्यता छ।

दुर्गम क्षेत्रका गर्भवतीलाई जटिल स्वास्थ्य समस्या देखिँदा समयमै स्वास्थ्य केन्द्रसम्म पुर्‍याउन कठिन हुने गरेको छ।

रामचन्द्र रामचन्द्र न्याैपाने कान्तिपुरका डाेल्पा संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
14h ago
१९ वर्षीया गर्भवतीको हवाई उद्धार, थप उपचारका लागि काठमाडौं ल्याइयो

१९ वर्षीया गर्भवतीको हवाई उद्धार, थप उपचारका लागि काठमाडौं ल्याइयो

दुर्गम क्षेत्रका जोखिममा रहेका गर्भवती तथा सुत्केरी महिलालाई समयमै उपचारको पहुँच सुनिश्चित गर्न मन्त्रालयले हवाई उद्धार कार्यक्रम सञ्चालन गर्दै आएको छ।

#उद्धार #गर्भवती
Compare →
Hamro Patro News
4d ago
डोल्पा जेलब्रेक गरी फरार भएका थप दुई जना कैदीबन्दी पक्राउ

डोल्पा जेलब्रेक गरी फरार भएका थप दुई जना कैदीबन्दी पक्राउ

डोल्पा जेलब्रेक गरी फरार भएका थप दुई जना कैदीबन्दी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार पक्राउ पर्नेमा जाजरकोट बारेकोट गाउँपालिका–१ घर भएका २५ वर्षीय यज्ञ विक र डोल्पा त्रिपुरा...

#डोल्पा #गरी
Compare →
Onlinekhabar
12h ago
सर्प उद्धार ? हामी सक्दैनौँ हजुर !

सर्प उद्धार ? हामी सक्दैनौँ हजुर !

वन व्यवस्थापनका साथै वन्यजन्तु उद्धार डिभिजन वन कार्यालय चितवनमा कार्यरत भएको एक वर्षभित्र हामीले सबैभन्दा धेरै प्राप्त गरेको फोन वन्यजन्तुको उद्धारका लागि हो। ठूला जनावरको सन्दर्भमा हामीले तत्काल चितवन राष्ट्रिय निकुञ्ज वा राष्ट्रिय प्रकृति संरक्षण कोष, …

#उद्धार
Compare →

Related Stories

National (Nepal)
Build #2611