Trending
Prev Story
Next Story

अर्बपति रोनाल्डोलाई २८५ डलर जरिवाना, किन गरियो कारबाही ?

Nagarik News •
October 20, 2026 • 10:46 AM
1
1 reads 0 reactions

४१ वर्षीय रोनाल्डोले प्रशिक्षक जर्ज जिसससँग खेलमा आफ्नो भूमिकालाई लिएर विवाद भएपछि डेनमार्कमा रहेको राष्ट्रिय टोलीको क्याम्प छाडेका थिए।

अर्बपति रोनाल्डोलाई २८५ डलर जरिवाना, किन गरियो कारबाही ?

पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोलाई राष्ट्रिय टोलीको क्याम्प छाडेको भन्दै पोर्चुगिज फुटबल महासंघले २५५ युरो (करिब २८५ डलर) जरिवाना र ३० दिनको प्रतिबन्ध लगाएको छ।

करोडौं डलर कमाउने रोनाल्डोका लागि यो जरिवाना उनको आम्दानीको तुलनामा निकै सानो रकम हो।

४१ वर्षीय रोनाल्डोले प्रशिक्षक जर्ज जिसससँग खेलमा आफ्नो भूमिकालाई लिएर विवाद भएपछि डेनमार्कमा रहेको राष्ट्रिय टोलीको क्याम्प छाडेका थिए। नर्वेविरुद्धको खेलमा मैदान उत्रन नपाएपछि उनले प्रशिक्षकले आफूलाई ३० मिनेट खेलाउने वाचा गरेको तर पूरा नगरेको आरोप लगाएका थिए।

रोनाल्डोका अनुसार प्रशिक्षकले सुरुमा उनलाई खेलमा सहभागी गराउने योजना सुनाएका थिए। तर, नर्वेविरुद्धको खेलमा उनलाई मैदानमा उतारिएन। त्यसपछि प्रशिक्षकसँगको छलफलमा पनि सहमति कार्यान्वयन नभएको भन्दै उनले टोली छाड्ने निर्णय गरे।

महासंघको अनुशासन परिषद्ले रोनाल्डोले नियतवश  अनुशासन उल्लंघन गरेको ठहर गर्दै सोमबार उक्त सजाय सुनाएको हो। महासंघले उनको गल्तीलाई गम्भीर माने पनि स्वीकारोक्ति र यसअघिको स्वच्छ अनुशासनात्मक रेकर्डलाई सजाय निर्धारण गर्दा ध्यान दिएको जनाएको छ।

रोनाल्डोले यसअघि नै राष्ट्रिय टोलीको क्याम्प छाडेकोमा सहकर्मी र समर्थकसँग माफी मागेका थिए। उनले आफ्नो व्यवहारको जिम्मेवारी लिँदै सजाय भोग्न तयार रहेको र प्रतिबन्ध सकिएपछि राष्ट्रिय टोलीका लागि खेल्न तयार हुने बताएका थिए।

फोर्ब्सका अनुसार रोनाल्डोको अनुमानित वार्षिक आम्दानी ३० करोड डलर र कुल सम्पत्ति एक अर्ब २० करोड डलर छ। उनको आम्दानीको ठुलो हिस्सा साउदी अरेबियाको क्लब अल नासरसँगको सम्झौताबाट आउँछ। त्यसबाहेक विज्ञापन, स्पोन्सर र अन्य व्यावसायिक गतिविधिबाट पनि उनले ठुलो रकम कमाउँछन्।

यति ठुलो आम्दानी भएका रोनाल्डोले तिर्नुपर्ने जरिवाना २८५ डलर मात्रै हो। उनको अनुमानित वार्षिक आम्दानीलाई आधार मान्दा यो रकम उनले केही सेकेन्डमै कमाउन सक्ने रकम बराबर हुन्छ।

यस घटनाका बाबजुद पोर्चुगिज फुटबल महासंघका अध्यक्ष पेड्रो प्रोएन्काले रोनाल्डो राष्ट्रिय टोलीमा फर्किएको हेर्न आफूहरू इच्छुक रहेको बताएका छन्। प्रतिबन्ध कुन खेलमा लागू हुने र यसअघि बिताएको निलम्बन अवधि ३० दिनमा गणना हुने वा नहुनेबारे भने महासंघले स्पष्ट पारेको छैन।

प्रकाशित: ३ कार्तिक २०८३ १६:३१ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
5d ago
कारबाहीमा परेकाहरू जरिवाना नै तिर्दैनन्, ४ करोडभन्दा बढी उठ्नै बाँकी

कारबाहीमा परेकाहरू जरिवाना नै तिर्दैनन्, ४ करोडभन्दा बढी उठ्नै बाँकी

बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा गल्ती गर्नेलाई कारवाहीस्वरुप जरिवाना गर्ने गरेको भए पनि रकम नतिर्नेहरुमाथि विभागले चासो नराख्दा ८ सय ६ वटा व्यवसाय गर्ने फर्मले जरिवाना बापत तिर्नुपर्ने ४ करोड ६ लाख २७ हजार उठ्न सकेको छैन ।

#जरिवाना #कारबाही
Compare →
Hamro Patro News
8h ago
क्रिस्टियानो रोनाल्डोको सम्मानमा विशेष निर्णय! शनिबार राष्ट्रिय टोलीका सबै खेलाडी ७ नम्बरको जर्सीमा मैदान उत्रिने।

क्रिस्टियानो रोनाल्डोको सम्मानमा विशेष निर्णय! शनिबार राष्ट्रिय टोलीका सबै खेलाडी ७ नम्बरको जर्सीमा मैदान उत्रिने।

फुटबलका महान् हस्ती क्रिस्टियानो रोनाल्डोप्रति सम्मान प्रकट गर्दै यस शनिबार राष्ट्रिय टोलीका सबै खेलाडीले प्रतिष्ठित ७ नम्बरको जर्सी लगाएर मैदानमा उत्रिने भएका छन्। रोनाल्डोले फुटबल जगतमा पुर्‍याए...

#रोनाल्डो
Compare →
Bizshala
14h ago
डलर १९ महिनायताकै उच्च विन्दुमा, तेलको मूल्य २.५५ प्रतिशतले बढ्यो

डलर १९ महिनायताकै उच्च विन्दुमा, तेलको मूल्य २.५५ प्रतिशतले बढ्यो

काठमाडौं । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले आगामी महिना अपेक्षाभन्दा बढी ब्याजदर वृद्धि गर्न सक्ने सम्भावना...

#डलर
Compare →
Onlinekhabar
15h ago
‘रोनाल्डो’को मृत्युपछि प्रजनन केन्द्रमा भाले हात्तीबीच शक्ति संघर्ष

‘रोनाल्डो’को मृत्युपछि प्रजनन केन्द्रमा भाले हात्तीबीच शक्ति संघर्ष

२७ कात्तिक, चितवन । 'रोनाल्डो'को मृत्यु भएपछि सौराहाको हात्ती प्रजनन केन्द्रलाई आफ्नो पकडमा लिन जंगली भाले हात्तीहरुका बीचमा शक्ति संर्घष बढ्दै गएको छ । गत ३ असोजमा बरण्डाभार क्षेत्रको बिसहजारी ताल नजिकै रहेको नेपाली सेनाको …

#रोनाल्डो
Compare →
Arthasansar
1d ago
डलर, युरो र पाउण्डको मूल्य घट्यो, कुन देशको विनिमयदर कति ?

डलर, युरो र पाउण्डको मूल्य घट्यो, कुन देशको विनिमयदर कति ?

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर, युरो र पाउण्ड सहित अघिकांश...

#डलर
Compare →

Related Stories

National (Nepal)
Build #2611