Trending
Prev Story
Next Story

एक्स्प्लेनर: फ्रान्समा के भएको हो ? संसारभर किन बढिरहेछ असन्तुष्टि ?

Ekantipur •
October 18, 2026 • 07:27 PM
1
1 reads 0 reactions

म्याक्रोँको घट्दो लोकप्रियता, बजेट संकट र बढ्दो महँगीबीच विद्यार्थी, अभिभावक तथा यल्लो भेस्ट समर्थक एउटै मोर्चामा सडकमा उभिएका छन्।

एक्स्प्लेनर: फ्रान्समा के भएको हो ? संसारभर किन बढिरहेछ असन्तुष्टि ?

म्याक्रोँको घट्दो लोकप्रियता, बजेट संकट र बढ्दो महँगीबीच विद्यार्थी, अभिभावक तथा यल्लो भेस्ट समर्थक एउटै मोर्चामा सडकमा उभिएका छन्।

काठमाडौँ — देशभर करिब साढे ५ लाख मानिस सडकमा । राजधानी पेरिसमा मात्रै सवा लाखको भीड । सबैको आक्रोश सरकारप्रति । शनिबार फ्रान्समा देखिएको यो उग्र आक्रोश आखिर के हो ? फ्रान्समा के भइरहेको हो ? यो तनावको कारण के ? राष्ट्रपति इमानुएल म्याक्रोँको कार्यकाल अर्को वर्षबाट सकिँदै छ । यसको राजनीतिक अर्थ के हुन्छ ? अनि यल्लो भेस्ट भनेको के हो ? संसारभर अहिले किन आन्दोलन र तनावको शृंखला मात्र देखिइरहेको छ ?

१७ अक्टोबर अर्थात् शनिबार एक्कासि फ्रान्समा ठूलो आन्दोलन देखापर्‍यो । प्रदर्शनकारीहरू नारा लगाइरहेका थिए- ‘प्रहरी कसैलाई मन पर्दैन’, ‘म्याक्रोँ राजीनामा देऊ’ ।

भीड उग्र बन्दै गयो । पुरातात्त्विक भवनमा आगजनी गरियो, व्यापारिक भवनमा तोडफोड र लूटपाट भयो । फ्रान्सेली प्रहरीका अनुसार राजधानी पेरिसमा मात्र ८ सय ५५ प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको छ । ५ सयभन्दा बढीलाई अझै हिरासतमा राखिएको छ । जसमध्ये १ सय ७१ त नाबालिग छन् । त्यहाँको सरकारी वकिल कार्यालयका अनुसार हिरासतमा भएका अधिकांश व्यक्तिलाई चोरी गरेको, हिंसात्मक गतिविधिमा संलग्न भएको अनि सार्वजनिक तथा निजी संरचना तोडफोडको आरोप लगाइएको छ ।

प्रहरीका अनुसार एकजना प्रदर्शनकारीको हृदयघातका कारण मृत्यु भएको छ । दंगा नियन्त्रण गर्ने ग्रिनेड पड्काउँदा एक प्रदर्शनकारीको हात नै उछिट्टिएको छ । आन्तरिक मामिलामन्त्री लरेन्ट नुनेजका अनुसार प्रहरी, अग्नि नियन्त्रक लगायत गरेर करिब ५ सयभन्दा बढी सुरक्षाकर्मी घाइते भएका छन् ।

गएको सेप्टेम्बरको तेस्रो हप्तातिर पेरिसबाट दक्षिणपूर्वमा पर्ने सानो सहर क्रेतेइलमा एक विद्यालयका विद्यार्थीहरूले विद्यालयमा शिक्षकको अभाव, कक्षाकोठाको बिजोग जस्ता मुद्दा उठाएर सानो प्रदर्शन गरेका थिए । तर सामाजिक सञ्जालको प्रभावले त्यो विरोधको भिडियो देशव्यापी रुपमा फैलियो । १० दिनभित्रमै यो मुद्दा राष्ट्रिय मुद्दा बन्यो । विभिन्न समूहले भीडभाडयुक्त कक्षा, शिक्षक अभाव, अपर्याप्त भौतिक पूर्वाधार र अरू थुप्रै गुनासाहरू सम्बोधन गर्न भन्दै माग राख्न थाले । विद्यार्थी संगठन र अभिभावकहरूको समर्थनसँगै यो प्रदर्शन एउटा आन्दोलनमा रूपान्तरण भयो ।

त्यसपछि अक्टोबर ६ मा विशाल सडक आन्दोलन भएको थियो । जहाँ २ सय १५ युवा, ८५ शिक्षक कर्मचारी र ७ सयभन्दा बढी प्रहरी घाइते भए ।

त्यसपछि विभिन्न चरणमा यो आन्दोलनलाई निरन्तरता दिइयो । विद्यार्थी आन्दोलनलाई १३ अक्टोबरका लागि तय गरियो भने जीवनयापन खर्च र इन्धन मूल्यवृद्धिविरुद्धको आन्दोलनलाई १७ अक्टोबरका लागि तय गरियो ।

तर अक्टोबर १७ मा आएर यी दुवै प्रदर्शनका सहभागीहरू एकढिक्का भए । फ्रान्सको यल्लो भेस्ट समूहले पनि ऐक्यबद्धता र सहभागिता जनाउँदा आन्दोलन व्यापक बन्यो । फ्रान्स अहिले तनावग्रस्त बनेको कारण यही हो ।

यल्लो भेस्ट समूहको सम्बन्ध खोज्दै जाने हो भने सन् २०१८ मा पुगिन्छ । त्यति बेला पनि राष्ट्रपति इमानुएल म्याक्रोँ नै थिए । र उनले इन्धनमा कर बढाउने योजना अघि सारेका थिए । तर दिनहुँ कामकाजका लागि लामो दुरीको यात्रा गर्नुपर्नेहरू, सवारी चालक तथा यातायात मजदुरहरूलाई इन्धनमा बढेको पैसा तिर्न बोझ भयो । यसपछि उनीहरूले २०१८ को नोभेम्बर १७ मा देशव्यापी प्रदर्शन आह्वान गरे । त्यो प्रदर्शन विशेषगरी यातायात मजदुरको भएकाले उनीहरूबीच सहजै उपलब्ध हुने भनेको उनीहरूले लगाउने पहेँलो ज्याकेट थियो ।

तिनै पहेँलो ज्याकेटधारीहरूको आन्दोलन यति विशाल भयो कि इन्धनको मूल्यवृद्धिबाट विस्तार भएर म्याक्रोँको तत्कालीन आर्थिक नीतिकै आलोचनामा उत्रियो । तत्कालीन म्याक्रोँ सरकारका लागि सबैभन्दा ठूलो राजनीतिक चुनौती बन्यो । र अन्ततः म्याक्रोँ सरकार आफ्नो निर्णय फिर्ता लिन बाध्य नै भयो ।

जीवनयापन खर्च र इन्धन मूल्यवृद्धिविरुद्धको आन्दोलन भएकाले यही समूहले यसपालि पनि साथ दिएको हो ।

के यो आन्दोलनको राजनीतिक अर्थ छ त ?

हाल फ्रान्समा अल्पमतको सरकार छ र यसलाई संसद्‌बाट सन् २०२७ को बजेट पारित गराउन सहयोग जुटाउन हम्मे हम्मे परिरहेको छ । विपक्षी दल खर्च कटौतीको प्रस्ताव रुचाइरहेका छैनन् ।

उता इन्धन र ऊर्जाको उच्च मूल्य अनि जीवनयापन खर्चको बढिरहँदा नागरिकमा असन्तुष्टि पनि त्यसैगरी चुलिँदो छ ।

र सरकारकै अनुमानअनुसार सन् २०२६ मा फ्रान्सको बजेट घाटा अर्थात् आम्दानीभन्दा खर्चको अनुपात कुल गार्हस्थ्य उत्पादनको ५ दशमलब ४ प्रतिशत पुग्दै छ । यो भनेको युरो मुद्रा चल्ने कुनै पनि देशको तुलनामा सबैभन्दा उच्च हो ।

र यो सब भइरहेछ आगामी राष्ट्रपति निर्वाचनभन्दा ६ महिनाअघि । फ्रान्समा २०२७ को अप्रिलमा राष्ट्रपतीय निर्वाचन हुँदै छ । नियमअनुसार म्याक्रोँ आफैँ लगातार तेस्रो कार्यकालका लागि राष्ट्रपतिमा लड्न पाउँदैनन् । तर यो अवस्थामा अहिले वहालवाला राष्ट्रपतिविरुद्ध सडकमा ठूलो जमातले प्रदर्शन गर्छ र राजीनामा माग्छ भने त्यसको असर निर्वाचनमा पर्ने नै भयो ।

फ्रान्समा भइरहेको जस्तो प्रदर्शन त्यहीँ मात्र सीमित छैन । शनिबार बेल्जियम, इटाली र पोर्चुगलमा पनि बेग्ला बेग्लै प्रदर्शन भए ।

बेल्जियममा शिक्षा बेथिति, बढ्दो पढाइ खर्च र उच्च शिक्षामा पहुँच सीमित हुने जोखिमविरुद्ध शनिबार प्रदर्शन गरे । यो प्रदर्शन विश्वविद्यालय रजिस्ट्रेसन शुल्कविरुद्ध केही सातादेखि नै जारी थियो ।

उता इटालीमा प्रदर्शनकारी र प्रहरीबीच झडप भयो । प्रदर्शनमा आएका केही व्यक्तिले आगजनी र लुटपाट मच्चाए । यो प्रदर्शन मूलतः संसारभर जारी युद्ध र बढ्दो जीवनयापन खर्चको विरुद्धमा थियो ।

पोर्चुगलमा पनि दशौँ हजार मानिस जीवनयापन खर्च बढेको भन्दै सडकमा उत्रिए । उनीहरूले न्यून ज्याला र आवासको व्यवस्था गर्न नसकिने अवस्था भएको भन्दै सडक तताएका थिए । पोर्चुगलमा घरको किन्ने वा भाडामा लिने मूल्य सन् २०१७ को तुलनामा दोब्बरभन्दा बढीले महँगो भएको छ ।

यही हप्ता भारतमा कक्रोच जनता पार्टीको आन्दोलन, उता अल्बानियामा प्रधानमन्त्रीको राजीनामा माग्दै प्रदर्शन र अर्जेन्टिनामा विश्वविद्यालयको बजेट कटौतीविरुद्धको प्रदर्शन भएका छन् । यस्तो देखिन्छ- संसारका धेरै ठाउँमा एउटा पुस्ता नै संस्थापनविरुद्ध सडकमा उत्रिएको छ ।

कतिपयले फ्रान्ससहित अहिले विश्वका अनेक ठाउँमा भइरहेका आन्दोलनलाई नेपालको जेन-जी आन्दोलनसँग पनि तुलना गरेर हेरिरहेका छन् । हुन पनि विश्वव्यापीकरणको समयमा आन्दोलनहरूको आयात-निर्यात हुनु असामान्य होइन ।

तर नेपालमा नातावाद र भ्रष्टाचारविरुद्ध आन्दोलन सुरु भएको थियो । अहिले फ्रान्सलगायत धेरै ठाउँमा भएको आन्दोलन बाँच्नलाई चाहिने आधारभूत खर्च नै बढेको भन्दै भइरहेको छ । कतिपय ठाउँमा शिक्षा सुधारका लागि प्रदर्शन भइरहेको छ ।

असीम असीम कान्तिपुर टिभीमा आवद्ध छन् । सिनेमा र रंगकर्म उनको रुचिको बिषय हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 6 other independent news outlets reported on this story.

6 Publications
Onlinekhabar
3w ago
फ्रान्समा चर्किँदो आन्दोलन रोक्न कस्तो रणनीति अपनाउँदैछन् म्याक्रोँ ?

फ्रान्समा चर्किँदो आन्दोलन रोक्न कस्तो रणनीति अपनाउँदैछन् म्याक्रोँ ?

७ कात्तिक, काठमाडौं । फ्रान्समा भएको हिंसात्मक प्रदर्शनपछि राष्ट्रपति इमानुएल म्याक्रोँले आन्दोलन नियन्त्रण गर्न र सुरक्षा व्यवस्था कडा पार्न विभिन्न रणनीति अपनाएका छन्। महँगी, बढ्दो खर्च र सरकारी सुविधामा गरिएको कटौतीको विरोधमा आज फेरि देशभर प्रदर्शन …

#फ्रान्स #म्याक्रोँ
Compare →
Arthasansar
3w ago
अशान्त फ्रान्स : विभिन्न भागमा अझ बढी कर्फ्यु लगाइने, स्थिति सामान्य बनाउने प्रयास जारी

अशान्त फ्रान्स : विभिन्न भागमा अझ बढी कर्फ्यु लगाइने, स्थिति सामान्य बनाउने प्रयास जारी

फ्रान्सका प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले देशका आवश्यक भागहरूमा नयाँ कर्फ्यु लगाइने बताएका छन्। जीवनयापनको लागत र शिक्षा प्रणालीका मुद्दालाई लिएर साताको...

#फ्रान्स
Compare →
Nagarik News
3w ago
फ्रान्समा तनावबिच पीएसजी र बार्सिलोना शीर्ष स्थानका लागि भिड्दै

फ्रान्समा तनावबिच पीएसजी र बार्सिलोना शीर्ष स्थानका लागि भिड्दै

फ्रान्सको राजधानी पेरिसस्थित पार्क डेस प्रिन्सेस रंगशालामा नेपाली समयअनुसार मंगलबार राति १२ः४५ बजे हुने खेलमा दुवै टोली अंक तालिकामा आफ्नो स्थिति बलियो बनाउने लक्ष्यसहित मैदानमा उत्रनेछन्।

#फ्रान्स
Compare →
Hamro Patro News
2w ago
परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत फ्रंन्स्वाज पुइगिन्जाले शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा आज भएको उक्त भेटवार्तामा मन्त्री खनालले राजदूत पुइगिन...

#फ्रान्स
Compare →
Setopati
2w ago
आन्दोलन मत्थर पार्न फ्रान्स सरकारले गर्‍यो विद्यार्थीको माग सम्बोधन

आन्दोलन मत्थर पार्न फ्रान्स सरकारले गर्‍यो विद्यार्थीको माग सम्बोधन

विद्यार्थीहरूले उक्त प्रणाली अपारदर्शी र अत्याधिक तनाव दिने खालको भएको भन्दै आलोचना गर्दै आएका छन्।

#फ्रान्स
Compare →
Bizshala
2w ago
महँगीविरुद्ध फ्रान्समा चर्कियो प्रदर्शन झण्डै एक हजार पक्राउ

महँगीविरुद्ध फ्रान्समा चर्कियो प्रदर्शन झण्डै एक हजार पक्राउ

काठमाण्डौ । बढ्दो महँगी, आर्थिक असमानता र सरकारी नीतिविरुद्ध फ्रान्समा जारी प्रदर्शनका क्रममा शनिबार विभिन्न सहरमा...

#फ्रान्स
Compare →

Related Stories

World News
Build #2612