Trending
Prev Story
Next Story

गुगलमा समस्या हुँदा बैंकिङदेखि डेलिभरी सेवासम्म प्रभावित

Nagarik News •
October 20, 2026 • 11:12 AM
2
2 reads 0 reactions

बैंकिङ सेवासँगै डेलिभरी कम्पनी डीपीडी र रोयल मेलका ग्राहकले पनि समस्या रिपोर्ट गरेका थिए।

गुगलमा समस्या हुँदा बैंकिङदेखि डेलिभरी सेवासम्म प्रभावित

गुगल क्लाउडको प्राविधिक समस्याका कारण मंगलबार युरोपका विभिन्न डिजिटल सेवा प्रभावित भएका छन्।

गुगलको लन्डनस्थित डाटा सेन्टरमा समस्या देखिएपछि रिभोलुटसहित बैंकिङ र डेलिभरी सेवामा अवरोध आएको हो।

कम्पनीका अनुसार लन्डनस्थित ‘युरोप-वेस्ट२’ क्षेत्रमा स्थानीय समयअनुसार मंगलबार बिहानदेखि क्लाउडका धेरै सेवामा समस्या देखिएको थियो। कम्पनीको इन्जिनियरिङ टोलीले नेटवर्कमा देखिएको त्रुटिको कारण पत्ता लगाउन अनुसन्धान गरिरहेको जनाएको छ।

यसबाट प्रभावितमध्ये डिजिटल बैंक रिभोलुट पनि एक हो। रिभोलुटका ग्राहकले कार्डबाट भुक्तानी गर्न, रकम स्थानान्तरण गर्न र खातामा पहुँच पाउन समस्या भोगेका थिए। रोयटर्ससँग कुरा गरेका एक स्रोतका अनुसार रिभोलुटको सेवा अवरुद्ध हुनु गुगल क्लाउडको समस्यासँग सम्बन्धित थियो।

रिभोलुटले सामाजिक सञ्जाल एक्समार्फत आफ्ना धेरै सेवामा अवरोध आएको स्वीकार गर्दै ग्राहकको पैसा र व्यक्तिगत विवरण सुरक्षित रहेको जनाएको छ। कम्पनीले समस्या समाधानका लागि काम भइरहेको बताउँदै ग्राहकसँग असुविधाप्रति क्षमा मागेको छ।

बैंकिङ सेवासँगै डेलिभरी कम्पनी डीपीडी र रोयल मेलका ग्राहकले पनि समस्या रिपोर्ट गरेका थिए। बेलायतको ह्यालिफ्याक्स बैंकले आफ्नो एप र वेबसाइट प्रयोग गर्दा केही ग्राहकलाई कठिनाइ भएको जनाएको छ। लयड्स बैंकले पनि केही अनलाइन सेवामा समस्या देखिएको बताएको छ। यस्तै, जर्मनीको आईएनजी बैंकका ग्राहकले अनलाइन बैंकिङ र मोबाइल एपमा लगइन गर्न समस्या भोगेका थिए।

सेवा अवरुद्ध हुँदा केही ग्राहकलाई पसलमा सामान किन्दा भुक्तानी गर्न र अनलाइन अर्डर पठाउनसमेत कठिनाइ भएको थियो।

गुगलले समस्या समाधानका लागि अनुसन्धान जारी रहेको जनाएको छ। तर, सबै प्रभावित सेवा पूर्ण रूपमा सामान्य अवस्थामा फर्किएको वा नफर्किएकोबारे स्पष्ट जानकारी दिइएको छैन।

प्रकाशित: ३ कार्तिक २०८३ १६:५७ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
11h ago
छोरालाई अमेरिका पठाउन एक वर्षको तलब खर्चिए, आज उनै छोरा बने गुगलका प्रमुख

छोरालाई अमेरिका पठाउन एक वर्षको तलब खर्चिए, आज उनै छोरा बने गुगलका प्रमुख

एजेन्सी । छोराको भविष्य बनाउन एक आमाबुबाले कति ठूलो त्याग गर्न सक्छन् भन्ने उदाहरण हुन् गुगलका प्रमुख सुन्दर पिचाईका बुबा। सन् १९९३ मा छोरालाई अमेरिकाको प्रतिष्ठित स्ट्यानफोर्ड विश्वविद्यालयमा अध्य...

#गुगल
Compare →
Onlinekhabar
12h ago
विश्वभर माइक्रोसफ्टका सेवाहरू ठप्प, आउटलुक इमेल पनि प्रभावित

विश्वभर माइक्रोसफ्टका सेवाहरू ठप्प, आउटलुक इमेल पनि प्रभावित

२७ कात्तिक, काठमाडौं । प्राविधिक समस्या सुरु भएको कैयौँ घण्टापछि पनि आउटलुक इमेल, टिम्स म्यासेजिङ एप र माइक्रोसफ्ट ३६५ का अन्य सेवाहरू ठप्प रहे। रोयटर्सका अनुसार, माइक्रोसफ्टले आफ्नो पछिल्लो अपडेटमा सेवाहरू सुधार गर्न र यस समस्यालाई …

#समस्या #प्रभावित
Compare →
Bizshala
14h ago
राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट २ खर्ब निक्षेप संकलन गर्ने

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट २ खर्ब निक्षेप संकलन गर्ने

काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न २ खर्ब रुपैयाँ निक्षेप संकलन गर्ने...

#बैंकिङ
Compare →
Arthasansar
15h ago
बैंकिङ प्रणालीबाट २० दिनका लागि २०० अर्ब खिच्दै केन्द्रीय बैंक

बैंकिङ प्रणालीबाट २० दिनका लागि २०० अर्ब खिच्दै केन्द्रीय बैंक

बैंकिङ प्रणालीमा थुप्रिएको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले लगातार पैसा खिचिरहेको छ । निक्षेप संकलन उपकरण प्रयोग गर्दै...

#बैंकिङ
Compare →
Ekantipur
6d ago
तिहारमा दुई दिन काठमाडौंको फोहोर व्यवस्थापन प्रभावित हुने

तिहारमा दुई दिन काठमाडौंको फोहोर व्यवस्थापन प्रभावित हुने

कात्तिक २४ र २५ गते सडक तथा सार्वजनिकस्थलमा जथाभाबी फोहोर नफाली आफैले व्यवस्थापन गर्न महानगरले आग्रह गरेको छ ।

#प्रभावित
Compare →

Related Stories

Technology
Build #2611