नेपालकाे प्रतिष्ठित टी-२० फ्रेन्चाइज क्रिकेटका लागि इनड्राइभले आधिकारिक राइड–हेलिङ पार्टनरका रूपमा सहकार्य गरेको हो ।
काठमाडौँ — मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभ जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को आधिकारिक राइड–हेलिङ पार्टनर बनेको छ ।
प्रतिष्ठित टी–२० क्रिकेटका लागि इनड्राइभले आधिकारिक राइड–हेलिङ पार्टनरका रूपमा सहकार्य गरेको हो । यस साझेदारीमार्फत इनड्राइभले नेपालमा आफ्नो उपस्थिति थप विस्तार गर्नुका साथै खेलकुद क्षेत्र र युवा पुस्तासँगको सम्बन्ध बलियो बनाउने लक्ष्य राखेको छ ।
प्रतियोगिता अवधिभर क्रिकेटप्रेमीले इनड्राइभ एपमार्फत खेलस्थलसम्म आवतजावत गर्न सक्नेछन् । यात्रुले एपमा आफूले तिर्न चाहेको भाडा प्रस्ताव गर्न सक्नेछन् भने चालकले उक्त प्रस्ताव स्वीकार गर्न वा वैकल्पिक भाडा प्रस्ताव गर्न सक्नेछन् । यसरी दुवै पक्षको सहमतिमा यात्रा सुरु हुनुअघि नै भाडा निर्धारण गर्न सकिने जनाइएको छ।
दर्शकको आवतजावतलाई थप सहज बनाउन इनड्राइभले त्रिवि क्रिकेट मैदान परिसरमा निःशुल्क फ्यान सटल सेवा पनि गरिरहेको छ । उक्त सेवाअन्तर्गत गेट नम्बर २ नजिकै रहेको इनड्राइभ पिकअप स्टेसनबाट दर्शकलाई उनीहरूका लागि तोकिएका प्रवेशद्वारसम्म पुर्याइने छ ।
इनड्राइभले यस सिजन दर्शकको अनुभवलाई थप मनोरञ्जनात्मक बनाउन विभिन्न गतिविधि पनि सञ्चालन गर्ने जनँएको छ ।
तस्बिर : हेमन्त श्रेष्ठ , अंगद ढकाल
इनड्राइभ नेपालकी मार्केटिङ म्यानेजर श्रेया मानन्धरले नेपालको लोकप्रिय क्रिकेट प्रतियोगिता एनपीएलस“ग साझेदारी गर्न पाउ“दा उत्साहित रहेको बताउ“दै देशभरका लाखौं नेपालीलाई एउटै उत्साहमा जोड्ने काम गरेको बताए । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले इनड्राइभलाई एनपीएलको आधिकारिक राइड–हेलिङ पार्टनरका रूपमा स्वागत गर्दै यस साझेदारीले प्रतियोगिताको व्यवस्थापनमा सहयोग पुग्नुका साथै दर्शकको समग्र अनुभवलाई अझ उत्कृष्ट बनाउन योगदान दिने विश्वास व्यक्त गरे ।