Trending
Prev Story
Next Story

पोखराद्वारा जनकपुर ब्याटिङमा

Ekantipur •
November 01, 2026 • 12:02 PM
1
1 reads 0 reactions

पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग क्रिकेटमा आइतबार टस जितेर फिल्डिङ गरिरहेको छ ।

पोखराद्वारा जनकपुर ब्याटिङमा

पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग क्रिकेटमा आइतबार टस जितेर फिल्डिङ गरिरहेको छ ।

काठमाडौँ — पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग क्रिकेटमा आइतबार टस जितेर फिल्डिङ गरिरहेको छ । पोखराका कप्तान कुशल भुर्तेलले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा टस जितेपछि जनकपुर बोल्ट्सलाई ब्याटिङका लागि बोलाएका हुन् ।

कुशल भुर्तेलको कप्तानीमा रहेको पोखराबाट दीनेश अधिकारी, माहेदी हसन, शकिब अल हसन, अर्जुन घर्तीमगर, मोहम्मद सैफुद्धिन, चामिका करुणारत्ने, किरण ठगुन्ना, विपिन आचार्य, विपिन खत्री र प्रतिक पोखरेल खेलिरहेका छन् । टोलीले अर्जुन कुमाल, सागर ढकाल जस्ता खेलाडीलाई प्लेयिङ ११ मा राखेको छैन ।

हरमित सिंहको कप्तानीमा रहेको जनकपुर बोल्ट्सबाट मोइन अली, मयन यादव, तृतराज दास, अनिल साह, सैफ हसन, जिम्मी निसम, अभिषेक तिवारी, अमरसिंह रौटेला, ललित राजवंशी र राहुल यादव खेलिरहेका छन् ।

जनकपुरमा लोकप्रिय खेलाडी निसम फर्किएका छन् । न्युजिल्यान्डका यी अलराउन्डले काठमान्डुसॅगको खेल खेलेका थिएनन् । निसमलाई कुशल पेरेराको स्थानमा ल्याइएको छ ।

जनकपुर लगातार दोस्रो विजयको प्रतिक्षामा छ भने पोखरा पहिलो विजय हात पार्ने दाउमा रहेको छ । यो जनकपुरको तेस्रो र पोखराको दोस्रो खेल हो । पहिलो खेलमा कर्णाली याक्सॅग १९ रनले पराजित जनकपुरले दोस्रो खेलमा काठमान्डु गोर्खाजमाथि ८ विकेटको प्रभावशाली विजय हात पारेको थियो । पोखरा पहिलो खेलमा सुदूरपश्चिम रोयल्ससॅग ६ विकेटले पराजित भएको थियो ।

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
7h ago
एनपीएलमा आज : सुस्त पिचमा रनको खडेरी, जनकपुर–कर्णालीको यात्रा समाप्त

एनपीएलमा आज : सुस्त पिचमा रनको खडेरी, जनकपुर–कर्णालीको यात्रा समाप्त

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत शुक्रबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएका दुई खेलमा ब्याट्सम्यानभन्दा बलर हाबी देखिए । दुवै खेलमा रन बनाउन ब्याट्स...

#एनपीएल #प्रिमियर-लिग #क्रिकेट
Compare →
Arthasansar
9h ago
जनकपुरको कमजोर ब्याटिङ, चितवनलाई जितका लागि ८९ रनको लक्ष्य

जनकपुरको कमजोर ब्याटिङ, चितवनलाई जितका लागि ८९ रनको लक्ष्य

चितवन राइनोजका बलरहरुले घातक बलिङ गरेपछि नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले ८९ रनको झिनो लक्ष्य प्रस्तुत गरेको छ।...

#एनपीएल #प्रिमियर-लिग #जनकपुर
Compare →
Onlinekhabar
5h ago
ब्याटिङका लागि किन चुनौतीपूर्ण बनिरहेको छ टीयू ग्राउन्डको पिच ?

ब्याटिङका लागि किन चुनौतीपूर्ण बनिरहेको छ टीयू ग्राउन्डको पिच ?

२७ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा पछिल्ला खेलहरूमा रन बनाउनै मुस्किल भइरहेको देखिन्छ । ब्याटरका लागि पिच चुनौतीपूर्ण देखिँदा बलरले भने त्यसको फाइदा उठाइरहेका छन्। शुक्रबार भएका दुवै खेलमा बनेका कम योगफल र …

#एनपीएल #प्रिमियर-लिग #ब्याटिङ
Compare →
Nagarik News
11h ago
एनपीएलः चितवनविरुद्ध जनकपुरको कमजोर ब्याटिङ

एनपीएलः चितवनविरुद्ध जनकपुरको कमजोर ब्याटिङ

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको जनकपुरले ११ ओभरमा ४ विकेट गुमाएर मात्र ४२ रनमात्र बनाएको छ।

#एनपीएल #जनकपुर #ब्याटिङ
Compare →

Related Stories

Sports
Build #2612