Trending
Prev Story
Next Story

लोकतन्त्रमाथि चुनौती थपियो : दाहाल

Ekantipur •
November 01, 2026 • 12:01 PM
1
1 reads 0 reactions

दाहालले जनतासँगको सम्बन्ध सुधार गरेर कम्युनिष्टहरु जुर्मुराएर अहिलेको व्यवस्थाको संरक्षण गर्ने दाबी गरे ।

लोकतन्त्रमाथि चुनौती थपियो : दाहाल

दाहालले जनतासँगको सम्बन्ध सुधार गरेर कम्युनिष्टहरु जुर्मुराएर अहिलेको व्यवस्थाको संरक्षण गर्ने दाबी गरे ।

सर्लाही — नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले देश अहिले अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेको बताउँदै लोकतन्त्रमाथि चुनौती थपिएको बताएका छन् । पछिल्लो समयका केही गतिविधिले संविधान र लोकतन्त्रको रक्षा नै चुनौतीपूर्ण बनेको उनको भनाइ छ ।

सर्लाही सदरमुकाम मलंगवामा आइतबार पार्टीको एकता बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले जनतासँगको सम्बन्ध सुधार गरेर कम्युनिष्टहरु जुर्मुराएर अहिलेको व्यवस्थाको संरक्षण गर्ने दाबी गरे ।

उनले आगामी दिनमा विगतका गल्ती सच्याएर अघि बढ्ने बताए । 'विगतका गल्ती सच्याउँदै जनताका घरदैलो तथा टोल बस्तीमा पुग्दै छौं,' उनले भने, 'जनतासँगको सम्बन्ध सुधार र पार्टीको संगठन मजबुद बनाउने उद्देश्यले पार्टीले राष्ट्रिय जागरण अभियान सुरु गरेको हो ।' सबैभन्दा बढी निर्वाचन क्षेत्र मधेशमा रहेकाले अन्य दलहरु झैं नेकपाको पनि अहिले मधेशमा बढी ध्यान केन्द्रित भइरहेको उनले बताए ।

संयोजक दाहालले राष्ट्रियता र स्वाधिनताको रक्षाका लागि मधेशले फेरि एक पटक अग्रभागमा रहेर साथ दिन आग्रह गरे ।

त्यस्तै पूर्वप्रधानमन्त्री एवं नेकपाका सहसंयोजक माधवकुमार नेपालले ३५ वर्षमा केही भएन भनेर पुराना राजनीतिक दल तथा राजनीतिज्ञलाई नराम्रो देखाउने प्रयास भइरहेको गुनासो गरे । शिक्षा, साक्षरता, हुलाकी राजमार्ग, मध्यपहाडी लोकमार्ग, जिल्ला सदरमुकामलाई जोड्ने सडक निर्माण, विद्युत् परियोजनालगायत क्षेत्रमा ३५ वर्षमै धेरै परिवर्तन आएको नेपालको भनाइ छ । नेता नेपालले सरकारलाई रोजगारी सिर्जना, किसानको समस्या समाधान र उद्योगधन्दा सञ्चालनतर्फ ध्यान केन्द्रित गर्न सुझाव दिए ।

कार्यक्रममा सर्लाहीका विभिन्न राजनीतिक दलबीच एकता भएको घोषणा गरिएको छ । देशभरका अन्य ७६ जिल्लामा यसअघि नै एकता भए पनि सर्लाहीमा भने आइतबार बल्ल एकतासभा गरिएको हो । सहभागी नेता, कार्यकर्तालाई पार्टीका केन्द्रीय संयोजक, सह–संयोजक, प्रदेश इन्चार्जलगायतका नेताले प्रशिक्षणसमेत प्रदान गरेको जिल्ला नेता रामेश्वर रायले जानकारी दिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
3d ago
नेकपाका संयोजक दाहालले दिए नेपाल संवतकाे शुभकामना

नेकपाका संयोजक दाहालले दिए नेपाल संवतकाे शुभकामना

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले नेपाल संवत् ११४७ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन्।

#दाहाल
Compare →
Onlinekhabar
3d ago
सांस्कृतिक पर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाएका छन् : अध्यक्ष दाहाल

सांस्कृतिक पर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाएका छन् : अध्यक्ष दाहाल

२४ कात्तिक, काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले तिहार, नेपाल संवत् र छठजस्ता पर्वले विविधताबीचको एकता, सहिष्णुता र पारस्परिक सम्मानलाई प्रवद्र्धन गर्दै राष्ट्रिय एकतालाई सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएका बताएका छन् । तिहार, नेपाल संवत्, …

#दाहाल
Compare →
Hamro Patro News
3d ago
सांस्कृतिक पर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाएका छन्ः अध्यक्ष दाहाल

सांस्कृतिक पर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाएका छन्ः अध्यक्ष दाहाल

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले तिहार, नेपाल संवत् र छठजस्ता पर्वले विविधताबीचको एकता, सहिष्णुता र पारस्परिक सम्मानलाई प्रवद्र्धन गर्दै राष्ट्रिय एकतालाई सुदृढ बनाउन महत्त्वपूर्ण योगदान...

#दाहाल
Compare →

Related Stories

Politics & Governance
Build #2611