Trending
Prev Story
Next Story

विचौलिया प्रकरणको निष्पक्ष अनुसन्धान हुनुपर्छः सभापति थापा

Hamro Patro News •
November 01, 2026 • 11:27 AM
1
1 reads 0 reactions

नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले बिचौलियासँग जोडिएका सबै प्रकरणको गहिराइमा पुगेर निष्पक्ष अनुसन्धान गर्न सरकारसँग माग गर्नुभएको छ । आईतवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित कार्यक्...

1 / 2
Swipe Photos

नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले बिचौलियासँग जोडिएका सबै प्रकरणको गहिराइमा पुगेर निष्पक्ष अनुसन्धान गर्न सरकारसँग माग गर्नुभएको छ ।

आईतवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित कार्यक्रममा बोल्दै सभापति थापाले विचौलिया प्रकरणमा संलग्न सबै व्यक्तिको पहिचान गरी दोषीमाथि कारबाही गर्नुपर्ने बताउनुभएको हो । उहाँले अनुसन्धानमा सरकारलाई नेपाली काँग्रेसको पूर्ण साथ र समर्थन रहने स्पष्ट पार्नुभयो । उहाँले अनुसन्धानको निष्पक्षतामाथि भने आशंका व्यक्त गर्नुभयो । अनुसन्धान भइरहेको भनिए पनि अनुसन्धान गर्ने निकायभित्रैका व्यक्तिहरूको संलग्नतासम्बन्धी विवरण सार्वजनिक हुन थालेको भन्दै उहाँले अनुसन्धानको विश्वसनीयतामाथि प्रश्न उठाउनु भयो । थापाले अनुसन्धानका क्रममा सार्वजनिक भएका विवरणका आधारमा मात्रै कसैलाई दोषी करार गर्न नमिल्ने बताउँदै प्रमाणका आधारमा सबै पक्षको निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिनुभयो । उहाँले यसअघि गठन भएका विभिन्न छानबिन समितिका प्रतिवेदनसमेत सार्वजनिक नभएको उल्लेख गर्दै समितिका प्रतिवेदन आवश्यकताअनुसार प्रयोग गर्ने र नचाहिएका प्रतिवेदन थन्क्याउने प्रवृत्ति अन्त्य हुनुपर्ने बताउनु भयो । थापाले अनुसन्धान प्रक्रियाको निगरानी गर्न सञ्चारमाध्यम, नागरिक समाज र राजनीतिक दलहरूलाई आग्रह गर्नुभयो । नेपाली काँग्रेसले संसद् र संसदीय समितिमार्फत पनि यस विषयलाई प्रभावकारी रूपमा उठाउने उहाँको भनाइ छ । सभापति थापाले न्यायपालिकाको स्वतन्त्रता, निष्पक्षता र निर्भीकतामाथि पनि गम्भीर प्रश्न उठिरहेको बताउनुभयो । प्रधानमन्त्री कार्यालयको हवाला दिँदै अदालतमा विचाराधीन मुद्दाबारे कार्यपालिकाको चाहना व्यक्त गरिएको भन्ने विवरण सार्वजनिक हुनु र न्यायालयसँग जोडिएका आर्थिक लेनदेनका विषय बाहिर आउनुले न्यायपालिकाको स्वतन्त्रतामाथि आशंका पैदा गरेको उहाँले बताउनु भयो ।

स्रोतमा पूरा पढ्नुहोस् ( emountaintv.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
1w ago
इनम सापकोटाको अडियोमाथि अनुसन्धान होस् : थापा

इनम सापकोटाको अडियोमाथि अनुसन्धान होस् : थापा

बिहीबार एक भिडियो सन्देश जारी गर्दै उनले इनम सापकोटाको भनिएको अडियोको सत्यताका विषयमा निष्पक्ष अनुसन्धानका लागि पनि माग गरेका छन् ।

#अनुसन्धान #थापा
Compare →
Nagarik News
1d ago
सरकारलाई ज्ञानेन्द्रको प्रश्न : भुटानी शरणार्थी प्रकरणको थप अनुसन्धान किन भएन ?

सरकारलाई ज्ञानेन्द्रको प्रश्न : भुटानी शरणार्थी प्रकरणको थप अनुसन्धान किन भएन ?

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले भुटानी शरणार्थी प्रकरणको थप अनुसन्धान र कारबाही अघि नबढेको भन्दै सरकारमाथि प्रश्न गरेका छन्।

#अनुसन्धान #प्रकरण
Compare →
Arthasansar
3d ago
आठ वर्षपछि फेरि चर्चामा स्यान्डपेपर प्रकरण, वार्नरले उठाए क्रिकेट अस्ट्रेलियाको अनुसन्धानमाथि प्रश्न

आठ वर्षपछि फेरि चर्चामा स्यान्डपेपर प्रकरण, वार्नरले उठाए क्रिकेट अस्ट्रेलियाको अनुसन्धानमाथि प्रश्न

अस्ट्रेलियाका पूर्व क्रिकेटर डेभिड वार्नरले सन् २०१८ को चर्चित ‘स्यान्डपेपर प्रकरण’मा टोलीका सबै सदस्यलाई बल टेम्परिङबारे जानकारी रहेको दाबी गरेका...

#प्रकरण #अनुसन्धान
Compare →
Onlinekhabar
6d ago
प्रस्तावित न्यायाधीशलाई प्रश्न : एउटै भुटानी शरणार्थी प्रकरणमा फरक राय किन ?

प्रस्तावित न्यायाधीशलाई प्रश्न : एउटै भुटानी शरणार्थी प्रकरणमा फरक राय किन ?

२० कात्तिक, काठमाडौं । नेकपा एमालेकी सांसद पद्मा अर्यालले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित जनक पाण्डेलाई भुटानी शरणार्थी प्रकरणमा एउटै मुद्दामा फरक राय आएको विषयमा प्रश्न गरेकी छन् । संसदीय सुनुवाइ समितिको बैठकमा अर्यालले एउटै मुद्दामा दुई …

#प्रकरण
Compare →

Related Stories

World News
Build #2612