Trending
Prev Story
Next Story

संखुवासभामा उपचारका क्रममा कैदीको मृत्यु

Onlinekhabar •
November 01, 2026 • 11:01 AM
1
1 reads 0 reactions

१५ कात्तिक, संखुवासभा। सङ्खुवासभा जिल्ला कारागार खादबारीमा कैद भुक्तान गरिरहेका एक जना कैदीबन्दीको उपचारका क्रममा मृत्यु भएको छ । जिल्ला कारागारमा खादबारीमा कैद भुक्तान गरिएका २८ वर्षीय भोला राईको उपचारका क्रममा मृत्यु भएको जिल्ला कारागार …

संखुवासभामा उपचारका क्रममा कैदीको मृत्यु

१५ कात्तिक, संखुवासभा। सङ्खुवासभा जिल्ला कारागार खादबारीमा कैद भुक्तान गरिरहेका एक जना कैदीबन्दीको उपचारका क्रममा मृत्यु भएको छ । जिल्ला कारागारमा खादबारीमा कैद भुक्तान गरिएका २८ वर्षीय भोला राईको उपचारका क्रममा मृत्यु भएको जिल्ला कारागार सङ्खुवासभाका प्रमुख जेलर धनबहादुर श्रेष्ठले जानकारी दिए।

चिचिला गाउँपालिका–१ घर भएका राईको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा आइतबार बिहान ३ मृत्यु भएको जेलर श्रेष्ठको भनाइ छ।

ज्यान मार्ने उद्योग मुद्दामा कैद भुक्तान गरिरहेका राईलाई मुटुसम्बन्धी समस्या देखिएपछि शनिबार बिहान ७ बजे जिल्ला अस्पताल सङ्खुवासभामा भर्ना गरिएको थियो। जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका शनिबार दिउँसो ३ बजे विराटनगर पठाइएको थियो।

कैद भुक्तान गरिरहेका राईलाई श्रीमती र कारागारबाट प्रहरी नायब निरीक्षक तुलसीराम राई सहितको प्रहरी टोलीले थप उपचारका लागि सुरुमा विराटनगरस्थित कोशी अस्पताल लगेको थियो।

कोशी अस्पतालमा उपचारपछि थप उपचारका लागि नोबेल अस्पताल लगिएको राईलाई चिकित्सकले आइतबार बिहान मृत घोषणा गरेका हुन्।

राईलाई जिल्ला अदालत चैनपुरले २०८३ वैशाख ४ गते कारागार चलान गरिएको थियो। जिल्ला कारागारमा १० जना कैदी बन्दी नियमित औषधि सेवन गर्दै आएका छन् । जिल्ला कारागारमा ७ महिलासहित 1५१ जना कैदी बन्दी रहेका छन्।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
1d ago
वीरगन्ज कारागारबाट फरार कैदी साह भारतको आदापुरबाट पक्राउ

वीरगन्ज कारागारबाट फरार कैदी साह भारतको आदापुरबाट पक्राउ

१४ वर्षको कैद सजाय भोगिरहेका पोखरिया नगरपालिका सतवरियाका ३० वर्षीय सुनिल साह कारागारको पर्खाल नाघेर बिहीबार बिहान भागेका थिए । उनको कैद भुक्तान हुन २ वर्ष मात्रै बाँकी थियो ।

#कारागार #कैद #कैदी
Compare →
Hamro Patro News
14h ago
गाजाको अस्पतालमा इजरायली आक्रमण, चिकित्सकसहित ६ जनाको मृत्यु

गाजाको अस्पतालमा इजरायली आक्रमण, चिकित्सकसहित ६ जनाको मृत्यु

एजेन्सी । दक्षिणी गाजाको खान युनिसस्थित नासेर मेडिकल कम्प्लेक्सको शल्यचिकित्सा विभागमा इजरायलले गरेको आक्रमणमा चिकित्सकसहित ६ जनाको मृत्यु भएको छ। आक्रमणमा बिरामी र उनीहरूका कुरुवासहित कम्तीमा २७ ज...

#मृत्यु #क्रम
Compare →
Nagarik News
11h ago
भीमफेदी दुर्घटनाका घाइतेको उपचारमा सहयोग गर्ने सरकारको प्रतिबद्धता

भीमफेदी दुर्घटनाका घाइतेको उपचारमा सहयोग गर्ने सरकारको प्रतिबद्धता

मकवानपुरको भीमफेदी गाउँपालिका–६, विश्रामपानीमा भएको यात्रुवाहक सवारी दुर्घटनाप्रति सरकारले दुःख व्यक्त गरेको छ।

#उपचार
Compare →

Related Stories

Health & Wellness
Build #2611