Trending
Prev Story
Next Story

मधेशमा बजेट खर्च प्रणाली थप व्यवस्थित बनाइँदै

Onlinekhabar •
November 01, 2026 • 11:00 AM
1
1 reads 0 reactions

१५ कात्तिक, जनकपुरधाम । मधेश प्रदेश सरकारले प्रदेशका मन्त्रालय तथा मातहतका कार्यालयहरूमा आर्थिक अनुशासन, वित्तीय जवाफदेहिता र सुशासन कायम गर्न नयाँ बजेट खर्चसम्बन्धी कार्यविधि लागू गरेको छ । अर्थमन्त्री युवराज भट्टराईले सार्वजनिक वित्तीय व्यवस्थापनलाई थप प्रभावकारी, …

मधेशमा बजेट खर्च प्रणाली थप व्यवस्थित बनाइँदै

१५ कात्तिक, जनकपुरधाम । मधेश प्रदेश सरकारले प्रदेशका मन्त्रालय तथा मातहतका कार्यालयहरूमा आर्थिक अनुशासन, वित्तीय जवाफदेहिता र सुशासन कायम गर्न नयाँ बजेट खर्चसम्बन्धी कार्यविधि लागू गरेको छ ।

अर्थमन्त्री युवराज भट्टराईले सार्वजनिक वित्तीय व्यवस्थापनलाई थप प्रभावकारी, पारदर्शी र व्यवस्थित बनाउने उद्देश्यले ‘मधेश प्रदेश बजेट खर्चसम्बन्धी कार्यविधि, २०८३’ स्वीकृत गरी कार्यान्वयनमा ल्याएका हुन् ।

नयाँ कार्यविधिअनुसार अब प्रदेशका मन्त्रालय, आयोग, सचिवालय, निर्देशनालय तथा अन्य सार्वजनिक निकायहरूले आर्थिक वर्षको स्वीकृत बजेट निर्धारित अवधिभित्रै खर्च गर्नुपर्नेछ ।

कार्यविधिले आर्थिक वर्ष समाप्त भएपछि बजेट खर्च हुन नसक्ने अवस्थालाई नियन्त्रण गर्न विशेष व्यवस्था गरेको छ । आर्थिक वर्षभित्र खर्च हुन नसकेको बजेटलाई सरकारी बाँकीसरह लगत कसी प्रदेश लेखा नियन्त्रक कार्यालयमार्फत बैंक खाता रोक्का, जायजेथा रोक्का, लिलाम बिक्री तथा आवश्यक कानुनी कारबाही अघि बढाउन सकिने व्यवस्था गरिएको छ ।

त्यस्तै, आर्थिक वर्षको भुक्तानी हुन बाँकी रकममा वार्षिक १० प्रतिशतका दरले ब्याज असुल गर्ने प्रावधानसमेत कार्यविधिमा समेटिएको छ ।

नयाँ व्यवस्थाअनुसार प्रत्येक आर्थिक वर्षको भदौ १५ गतेभित्र बजेट खर्चसम्बन्धी कार्ययोजना स्वीकृत गरी कार्यान्वयन गर्नुपर्नेछ । यसले बजेट खर्चको योजना निर्माणदेखि कार्यान्वयनसम्मलाई समयबद्ध र जिम्मेवार बनाउने अपेक्षा सरबरको छ ।

कार्यविधिमा मन्त्रालय तथा मातहतका निकायले बजेट खर्च गर्दा आर्थिक वर्षको अन्त्यमा हुने अनावश्यक खर्च, बजेट दुरुपयोग र वित्तीय अनियमितता नियन्त्रण गर्ने उद्देश्य राखिएको छ ।

त्यसैगरी, बजेट खर्चको अनुगमन तथा मूल्यांकनलाई प्रभावकारी बनाउन सूचना प्रणालीको प्रयोग अनिवार्य गरिएको छ। यसका लागि नेपाल सरकारको प्रचलित वित्तीय प्रणाली (एनएएमएस, सीजीएएस/सुत्र) मार्फत नियमित अभिलेख राख्ने र प्रतिवेदन तयार गर्ने व्यवस्था गरिएको छ ।

प्रदेश सरकारले नयाँ कार्यविधि लागू भएसँगै सार्वजनिक खर्च प्रणालीमा सुधार, वित्तीय पारदर्शिता र मितव्ययिता कायम हुने विश्वास व्यक्त गरेको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
4d ago
तीन महिनामा गण्डकी प्रदेशको आठ प्रतिशत बजेट खर्च

तीन महिनामा गण्डकी प्रदेशको आठ प्रतिशत बजेट खर्च

पोखरा– चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो तीन महिना अर्थात् असोज मसान्तसम्ममा गण्डकी प्रदेश सरकारले कुल बजेटको आठ दशमलव १५ प्रतिशत खर्च गरेको छ। चालु आर्थिक वर्षका लागि विनियोजित ३२ अर्ब ९९ करोड ९९...

#बजेट #खर्च
Compare →
Ekantipur
5d ago
कर्णाली सरकारको सय दिने उपलब्धि सार्वजनिक, बजेट खर्च निराशाजनक

कर्णाली सरकारको सय दिने उपलब्धि सार्वजनिक, बजेट खर्च निराशाजनक

कर्णाली प्रदेश सरकारले सय दिनमा कानुन निर्माण, प्रशासनिक सुधार र पूर्वाधार विकासका काम अघि बढाएको विवरण सार्वजनिक गरेको छ । तर, चालु आर्थिक वर्षको असोज मसान्तसम्म पुँजीगत बजेट खर्च भने ३.९३ प्रतिशत मात्रै छ ।

#बजेट #खर्च
Compare →
Arthasansar
2d ago
मधेशका मुख्यमन्त्री यादवले २८ गते विश्वासको मत लिने

मधेशका मुख्यमन्त्री यादवले २८ गते विश्वासको मत लिने

मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी २८ गते प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । तीनदलीय गठबन्धनको सरकारबाट नेकपा एमाले...

#मधेश
Compare →
Nagarik News
6d ago
बजेट विवाद नसुल्झिँदै सुदूरपश्चिममा प्रतिपक्षीको घेराबन्दी, बैठक बस्नै सकेन

बजेट विवाद नसुल्झिँदै सुदूरपश्चिममा प्रतिपक्षीको घेराबन्दी, बैठक बस्नै सकेन

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आर्थिक वर्ष २०८३/८४ को बजेट विवादलाई लिएर सुदूरपश्चिम प्रदेशसभा बैठक अवरुद्ध गरेको छ।

#बजेट
Compare →
Bizshala
1d ago
सुदूरपश्चिममा बजेट विवाद चर्कियो, नेकपाभित्रै सरकारको विकल्पबारे बहस

सुदूरपश्चिममा बजेट विवाद चर्कियो, नेकपाभित्रै सरकारको विकल्पबारे बहस

काठमाण्डौ । सुदूरपश्चिम प्रदेशको बजेट पारित भए पनि त्यसले निम्त्याएको विवादले सरकारको नेतृत्व गरिरहेको नेपाली...

#बजेट
Compare →

Related Stories

Politics & Governance
Build #2611