काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा शनिबार विराटनगर किङ्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै महत्त्वपूर्ण जित निकालेको छ । वर्षाका कारण प्रभावित बनेको खेल पाँच ओभरमा सीमित हुँदा विराटनगरले सुदूरपश्चिमलाई ३५ रनले हराएको हो । त्यसअघि निर्धारित पहिलो खेल वर्षाका कारण लुम्बिनी लायन्स र चितवन राईनाजेको खेल हनु सकेन । दुवै टोली समान १ अंक बाँडे ।
शनिबारको खेलमा वर्षा र मैदानको अवस्थाले पनि उत्तिकै चर्चा पायो । आउटफिल्ड खेल्न उपयुक्त नभएको र खेलाडीको सुरक्षामा जोखिम हुन सक्ने भन्दै सुदूरपश्चिम रोयल्सले केही समय मैदानमा उत्रिन आनाकानी गरेको थियो । टिमले मैदानको अवस्थाप्रति असन्तुष्टि जनाएपछि खेल सञ्चालनको विषयमा समेत अन्योल सिर्जना भएको थियो । अन्ततः पाँच ओभरमा खेल सञ्चालन भयो ।
Read full story at source ( ratopati.com )