Trending
Prev Story
Next Story

वाणिज्य बैंकहरूको नाफा १९ अर्ब १४ करोड, १७ को बढ्दा ३ को घट्यो, कुनले कति कमाए ?

Arthasansar •
November 01, 2026 • 07:34 AM
1
1 reads 0 reactions

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकसम्मको अवधिमा वाणिज्य बैंकहरुको नाफामा उच्च वृद्धि देखिएको छ । सञ्चालनमा रहेका वाणिज्य बैंकहरुले...

वाणिज्य बैंकहरूको नाफा १९ अर्ब १४ करोड, १७ को बढ्दा ३ को घट्यो, कुनले कति कमाए ?

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकसम्मको अवधिमा वाणिज्य बैंकहरुको नाफामा उच्च वृद्धि देखिएको छ । सञ्चालनमा रहेका वाणिज्य बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नफामा ४५ प्रतिशत भन्दा बढीले बढेको हो ।

चालु आवको असोज मसान्तसम्मको अवधिमा २० वटा वाणिज्य बैंकले १९ अर्ब १४ करोड ५४ लाख ७३ हजार रुपैयाँ नाफा आर्जन गरेका छन् । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५.५९ प्रतिशतले बढी हो । गत आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनाको अवधिमा वाणिज्य बैंकहरूले १३ अर्ब १४ करोड ९८ लाख २३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका थिए ।

समीक्षा अवधिमा सबै भन्दा धेरै नाफा कमाउने बैंकको शिर्ष स्थानमा नबिल बैंक रहेको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्मको अवधिमा २ अर्ब ५५ करोड ५१ लाख ५ हजार रुपैयाँ खुद नाफा कमाएको हो । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५.४२ प्रतिशतले बढी हो । त्यस्तै, समीक्षा अवधिमा ग्लोबल आइएमई बैंकले २ अर्ब ३१ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाउँदै दोस्रो स्थानमा रहेको छ । बैंकको नाफा गत वर्षको तुलनामा २४.४८ प्रतिशतले बढेको हो । समीक्षा अवधिमा एभरेष्ट बैंकले १ अर्ब २५ करोड २७ लाख १९ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । त्यस्तै प्राइम बैंकले १ अर्ब १८ करोड ७६ लाख ५७ हजार रुपैयाँ नाफा कमाउँदा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि)ले १ अर्ब १८ करोड १४ लाख २१ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

समीक्षा अवधिमा एनएमबि बैंकले १ अर्ब १६ करोड ४२ लाख ८२ हजार रुपैयाँ, सानिमा बैंकले १ अर्ब ५ करोड १४ लाख ६८ हजार रुपैयाँ र कुमारी बैंकले १ अर्ब ७ करोड ४५ लाख ५ हजार रुपैयाँ नाफा कमाएका छन् ।

वृद्धिका आधारमा एनआईएमबिको शिर्ष स्थानमा

समीक्षा अवधिमा नाफा वृद्धिदरका आधारमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक सबैभन्दा अघि देखिएको छ । बैंकको खुद नाफा गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा २५२२.४६ प्रतिशतले बढेको हो । गत वर्षको पहिलो त्रैमासिकमा ४ करोड ५० लाख ५० हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको बैंकले चालु आर्थिक वर्षको सोही अवधिमा १ अर्ब १८ करोड १४ लाख २१ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

समीक्षा अवधिमा राष्ट्रिय वाणिज्य बैंकको नाफा १७५.५२ प्रतिशतले बढेर १ अर्ब ६४ करोड ९६ लाख ३७ हजार रुपैयाँ पुगेको छ । सिद्धार्थ बैंकको खुद नाफा १६२.७५ प्रतिशतले बढेर ८५ करोड १५ लाख ६५ हजार रुपैयाँ पुगेको छ भने सानिमा बैंकको नाफा १३१.१३ प्रतिशतले बढेको छ । लक्ष्मी सनराइज बैंकले पनि नाफामा उल्लेख्य सुधार गर्दै ६५ करोड ३३ लाख ८५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको नाफा गत वर्षको तुलनामा ९६.६ प्रतिशतले बढेको हो ।

अधिकांश बैंकको नाफा वृद्धि हुँदा तीन वटाको घट्यो

समीक्षा अवधिमा अधिकांश वाणिज्य बैंकले नाफा बढाएका छन् । समीक्षा अवधिमा २० वटा वाणिज्य बैंकमध्ये १७ वटाको नाफा बढेको छ भने ३ वटाको घटेको छ । समीक्षा अवधिमा नेपाल बैंकको खुद नाफा ४१.४५ प्रतिशतले बढेर ८३ करोड २१ लाख ८७ हजार रुपैयाँ पुगेको छ । माछापुच्छ्रे बैंकको नाफा ३१.८६ प्रतिशतले बढेर ५५ करोड ११ लाख ५१ हजार रुपैयाँ पुगेको छ । त्यस्तै, एनएमबि बैंकको नाफा २७.१० प्रतिशतले बढेको छ भने नेपाल एसबिआई बैंकको नाफा १०.०९ प्रतिशतले बढेर ५५ करोड २२ लाख १५ हजार रुपैयाँ पुगेको छ । त्यस्तै प्रभु बैंकको खुद नाफा ८.१० प्रतिशतले बढेर ६० करोड ३७ लाख २१ हजार रुपैयाँ पुगेको छ भने एभरेष्ट बैंकको नाफा ६.२२ प्रतिशतले बढेको छ ।

एनआइसी एशिया बैंकको नाफा भने सामान्य वृद्धि भएको छ । बैंकले पहिलो त्रैमासमा १२ करोड ७४ लाख ४२ हजार रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत वर्षको तुलनामा ४.३२ प्रतिशतले बढी हो । समीक्षा अवधिमा तीन वटा वाणिज्य बैंकको खुद नाफा घटेको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा २.९९ प्रतिशतले घटेर ६७ करोड १४ लाख ४४ हजार रुपैयाँमा सीमित भएको छ । त्यस्तै, प्राइम बैंकको खुद नाफा ५.६२ प्रतिशतले घटेर १ अर्ब १८ करोड ७६ लाख ५७ हजार रुपैयाँ र हिमालयन बैंकको नाफा ६.८३ प्रतिशतले घटेर ६५ करोड ४८ लाख ३१ हजार रुपैयाँ कायम भएको छ ।

यता, सिटिजन्स बैंक भने गत वर्षको पहिलो त्रैमासको नोक्सानीबाट नाफामा फर्किएको छ । गत वर्षको सोही अवधिमा २२ करोड ४ लाख ११ हजार रुपैयाँ खुद नोक्सानीमा रहेको बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १० करोड ७७ लाख ३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
12h ago
नाफा बढेपछि सोल्टीको सेयर मूल्य बढ्यो , समूहगत सूचकमा सुधार

नाफा बढेपछि सोल्टीको सेयर मूल्य बढ्यो , समूहगत सूचकमा सुधार

सोल्टी होटेलको नाफा १५.२० प्रतिशतले बढेर १४ करोड २३ लाख रुपैयाँ पुगेको छ ।

#नाफा
Compare →
Bizshala
13h ago
जीवन विकास लघुवित्तको नाफामा छलाङ, तीन महिनामै २० करोड कमाउँदा प्रतिसेयर आम्दानी ४६ रुपैयाँ माथि

जीवन विकास लघुवित्तको नाफामा छलाङ, तीन महिनामै २० करोड कमाउँदा प्रतिसेयर आम्दानी ४६ रुपैयाँ माथि

काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा आकर्षक नाफा वृद्धि...

#नाफा
Compare →
Hamro Patro News
4d ago
दसैंका तीन सिक्वेलको संयुक्त कमाइ साढे १२ करोड, कुन फिल्म कति दर्शकले हेरे?

दसैंका तीन सिक्वेलको संयुक्त कमाइ साढे १२ करोड, कुन फिल्म कति दर्शकले हेरे?

यस वर्ष दसैंमा प्रदर्शनमा आएका तीन सिक्वेल फिल्म 'आबाट आमा २', 'छ माया छपक्कै २' र '१२ गाउँ २' को बक्स अफिस व्यापार सुस्त देखिएको छ। पछिल्लो एक सातामा यी तीनवटै फिल्मले संयुक्त रूपमा ६५ लाख रूपैयाँ...

#कुन #कति
Compare →

Related Stories

Business & Economy
Build #2612