Trending
Prev Story
Next Story

२ अर्ब ३१ करोड पुग्यो ग्लोबल आइएमईको नाफा, अधिकांश सूचकमा आक्रामक सुधार

Arthasansar •
November 01, 2026 • 06:04 AM
1
1 reads 0 reactions

ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकसम्ममा २ अर्ब ३१ करोड ३८ लाख रुपैयाँ खुद नाफा...

२ अर्ब ३१ करोड पुग्यो ग्लोबल आइएमईको नाफा, अधिकांश सूचकमा आक्रामक सुधार

ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकसम्ममा २ अर्ब ३१ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो ३ महिनाको अपरिष्कृत वित्तीय विवरणअनुसार अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २४.५ प्रतिशतले नाफा बढेको हो ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले १ अर्ब ८५ करोड ८६ लाख ५० हजार रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानीमा पनि सुधार देखिएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ४ अर्ब १३ करोड ३० लाख ६३ हजार रुपैयाँ रहेको खुद ब्याज आम्दानी चालु आर्थिक वर्षको सोही अवधिमा बढेर ४ अर्ब १९ करोड ३२ लाख ५४ हजार रुपैयाँ पुगेको छ । त्यस्तै, शुल्क तथा कमिसनबाट हुने खुद आम्दानी १ अर्ब २२ करोड १२ लाख ९० हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आम्दानी ९० करोड ७६ लाख ३४ हजार रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ६ अर्ब रुपैयाँ नाघेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ५ अर्ब ५१ करोड ६२ लाख १० हजार रुपैयाँ रहेको कुल सञ्चालन आम्दानी चालु आर्थिक वर्षमा बढेर ६ अर्ब ८० लाख ८६ हजार रुपैयाँ पुगेको छ । त्यस्तै, कर्जा तथा अन्य सम्भावित नोक्सानी व्यवस्थाका लागि छुट्याइएको रकम समायोजनपछिको सञ्चालन आम्दानी ५ अर्ब ५१ करोड २५ लाख ६१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ४ अर्ब ५० करोड ५२ लाख २३ हजार रुपैयाँ थियो ।

बैंकको सञ्चालन नाफामा पनि उल्लेख्य सुधार देखिएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा २ अर्ब ३७ करोड १६ लाख ३६ हजार रुपैयाँ रहेको सञ्चालन नाफा चालु आर्थिक वर्षको सोही अवधिमा बढेर ३ अर्ब २२ करोड २५ लाख २९ हजार रुपैयाँ पुगेको छ । त्यस्तै, करअघिको नाफा ३ अर्ब २२ करोड ३३ लाख १५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो नाफा २ अर्ब ४८ करोड ९१ लाख ३५ हजार रुपैयाँ रहेको थियो ।

यता, बैंकको निक्षेप संकलन र कर्जा लगानी दुवै बढेको छ । असोज मसान्तसम्म बैंकले ग्राहकबाट ६ खर्ब ९० अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यमा यस्तो निक्षेप ६ खर्ब ६९ अर्ब १७ करोड १४ लाख ४८ हजार रुपैयाँ रहेको थियो । त्यस्तै, बैंकले ग्राहकलाई ४ खर्ब ७१ अर्ब ९६ करोड ४९ लाख २८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यमा यस्तो कर्जा ४ खर्ब ३९ अर्ब ८ करोड ८५ लाख ५४ हजार रुपैयाँ रहेको थियो ।

बैंकको कुल सम्पत्ति पनि बढेर ८ खर्ब ३५ अर्ब ३६ करोड ६ लाख १३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यमा कुल सम्पत्ति ८ खर्ब २० अर्ब ८९ करोड ७२ लाख ७७ हजार रुपैयाँ रहेको थियो । बैंकको चुक्ता पुँजी ३९ अर्ब ६४ करोड ४ लाख ८७ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा २७ अर्ब ९६ करोड ६९ लाख २० हजार रुपैयाँ सञ्चित रहेको छ ।

बैंकको खराब कर्जाको अनुपात केही घटेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ४.९८ प्रतिशत रहेको खराब कर्जाको अनुपात चालु आर्थिक वर्षको सोही अवधिमा घटेर ४.७९ प्रतिशत कायम भएको छ । अन्य वित्तीय सूचकमा पनि सकारात्मक अवस्था देखिएको छ । बैंकको कोष लागत ३.९२ प्रतिशतबाट घटेर ३.२६ प्रतिशत कायम भएको छ भने आधार दर ५.४० प्रतिशतबाट घटेर ४.६१ प्रतिशतमा झरेको छ । यसैगरी, बैंकको प्रतिसेयर आम्दानी १९ रुपैयाँ ५१ पैसाबाट बढेर २३ रुपैयाँ ३५ पैसा पुगेको छ । स्वपुँजीमा प्रतिफल ११.०१ प्रतिशतबाट बढेर १३.२९ प्रतिशत कायम भएको छ भने सम्पत्तिमा प्रतिफल १.०५ प्रतिशतबाट बढेर १.१२ प्रतिशत पुगेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
6d ago
ग्लोबल आइएमई बैंकले काठमाडौँको उत्तरढोकामा १२ तले अत्याधुनिक कर्पोरेट भवन बनाउँदै, भूमिपूजा सम्पन्न

ग्लोबल आइएमई बैंकले काठमाडौँको उत्तरढोकामा १२ तले अत्याधुनिक कर्पोरेट भवन बनाउँदै, भूमिपूजा सम्पन्न

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौँको उत्तरढोकामा आफ्नो अत्याधुनिक कर्पोरेटग भवन निर्माणको काम अघि बढाएको छ । शुक्रबार निर्माणस्थलमा आयोजित एक समारोहबिच बैंक सञ्चालक समितिका अध्यक्ष चन...

#ग्लोबल #आइएमई
Compare →
Bizshala
1w ago
उत्तरढोकामा ग्लोबल आइएमई बैंकको १२ तले अत्याधुनिक कर्पोरेट भवन निर्माण

उत्तरढोकामा ग्लोबल आइएमई बैंकको १२ तले अत्याधुनिक कर्पोरेट भवन निर्माण

काठमाण्डौ । ग्लोबल आइएमई बैंकले काठमाण्डौको उत्तरढोकामा अत्याधुनिक कर्पोरेट भवन निर्माण गर्ने भएको छ। बैंकले भवन...

#ग्लोबल #आइएमई
Compare →
Ekantipur
9h ago
नाफा बढेपछि सोल्टीको सेयर मूल्य बढ्यो , समूहगत सूचकमा सुधार

नाफा बढेपछि सोल्टीको सेयर मूल्य बढ्यो , समूहगत सूचकमा सुधार

सोल्टी होटेलको नाफा १५.२० प्रतिशतले बढेर १४ करोड २३ लाख रुपैयाँ पुगेको छ ।

#नाफा #सूचक
Compare →
Onlinekhabar
1w ago
ग्लोबल आईएमई बैंकले उत्तरढोकामा १२ तले अत्याधुनिक कर्पोरेट भवन बनाउँदै

ग्लोबल आईएमई बैंकले उत्तरढोकामा १२ तले अत्याधुनिक कर्पोरेट भवन बनाउँदै

२० कात्तिक, काठमाडौं । ग्लोबल आईएमई बैंकले काठमाडौंको उत्तरढोकामा अत्याधुनिक कर्पोरेट भवन निर्माण गर्ने भएको छ । भवन निर्माणको औपचारिक सुरुवात गर्दै बैंकले शुक्रबार निर्माणस्थलमा भूमिपूजा सम्पन्न गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद ढकाल …

#ग्लोबल
Compare →

Related Stories

Business & Economy
Build #2611