Trending
Prev Story
Next Story

गोरखाका समस्या समाधान गर्ने गरी काम गर्छु : गृहमन्त्री गुरुङ

Nagarik News •
November 01, 2026 • 05:15 AM
1
1 reads 0 reactions

गृहमन्त्री सुधन गुरुङले गोरखाका बुद्धिजीवी, उद्योगी तथा व्यवसायीहरूसँग अन्तरक्रिया गेका छन्।

गोरखाका समस्या समाधान गर्ने गरी काम गर्छु : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले गोरखाका बुद्धिजीवी, उद्योगी तथा व्यवसायीहरूसँग अन्तरक्रिया गेका छन्।

अन्तरक्रियाका क्रममा सहभागीहरूले जिल्लामा देखिएका विभिन्न समस्या, विकास निर्माणको अवस्था, कृषि उत्पादनको बजारीकरण, पर्यटन प्रवर्द्धन तथा उद्योग–व्यवसाय क्षेत्रका चुनौतीबारे गृहमन्त्री गुरुङको ध्यानाकर्षण गराएका छन्।

कार्यक्रममा सहभागी बुद्धिजीवी, उद्योगी तथा व्यवसायीहरूले गोरखा पूर्वाधार विकासमा पछाडि परेको र पर्यटकीय सम्भावना हुँदाहुँदै पनि यस क्षेत्रको विकास तथा प्रवर्द्धनमा सरकारले पर्याप्त चासो नदिएको गुनासो गरेका थिए। जिल्लाको समग्र विकासलाई गति दिन आवश्यक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने उनीहरूको माग थियो।

त्यस्तै, कृषि उत्पादनले उचित बजार र मूल्य नपाउँदा किसानहरू समस्यामा परेको विषय पनि उठाइएको थियो। सरकारले कृषि उत्पादन तथा बजारीकरणमा प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै सहभागीहरूले नेपाली किसानले उत्पादन गरेका तरकारीले नै बजारमा प्राथमिकता पाउनुपर्नेमा जोड दिएका थिए। स्थानीय उत्पादनले बजार नपाउने अवस्थाको अन्त्य गर्दै किसानलाई उत्पादनको उचित मूल्य सुनिश्चित गर्न सरकारले ठोस पहल गर्नुपर्ने उनीहरूको भनाइ थियो।

अन्तरक्रियामा उद्योगी तथा व्यवसायीहरूले जिल्लामा उद्योग–व्यवसाय सञ्चालनका क्रममा देखिएका समस्या र व्यावसायिक वातावरण सुधारको आवश्यकताबारे समेत आफ्ना धारणा राखेका थिए। गोरखामा उपलब्ध स्रोतसाधन र सम्भावनाको सदुपयोग गर्दै आर्थिक गतिविधि विस्तार गर्न तथा स्थानीय स्तरमै रोजगारीका अवसर सिर्जना गर्न राज्यको प्रभावकारी भूमिका आवश्यक रहेको विषयमा सहभागीहरूले जोड दिएका थिए।

सहभागीहरूका गुनासा तथा सुझाव सुनेपछि गृहमन्त्री गुरुङले आफू सरकारमा आएको ६ महिना मात्रै भएको उल्लेख गर्दै गोरखाका समस्या समाधान गर्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे। गोरखाले नै आफूलाई गृहमन्त्री बनाएको स्मरण गराउँदै उनले जिल्लाका नागरिकका समस्या र अपेक्षालाई गम्भीरतापूर्वक लिने बताए।

गृहमन्त्री गुरुङले गोरखाको विकास र नागरिकका समस्याको समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

यसैबीच, केही साताअघि आएको बुढीगण्डकीको बाढीले बगाएको पुलको पुनर्निर्माण तत्काल अघि बढाइएको विषयलाई लिएर सहभागीहरूले गृहमन्त्री गुरुङलाई धन्यवाद दिएका थिए। विपद्का कारण प्रभावित बनेको आवागमन सहज बनाउन गरिएको पहलप्रति उनीहरूले सकारात्मक प्रतिक्रिया जनाएका हुन्।

अन्तरक्रियाका क्रममा सहभागीहरूले गोरखावासीले भाषण र आश्वासनभन्दा काम गरेर देखाउने नेतृत्व खोजेको धारणा व्यक्त गरेका थिए। जिल्लाको विकास, पूर्वाधार निर्माण, कृषि क्षेत्रको सुधार, पर्यटन प्रवर्द्धन तथा उद्योग–व्यवसायको विकासमा प्रभावकारी काम हुने अपेक्षा राख्दै उनीहरूले गृहमन्त्री गुरुङबाट परिणाममुखी भूमिका निर्वाह हुने विश्वास व्यक्त गरेका थिए।

प्रकाशित: १५ कार्तिक २०८३ ११:०० आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
3d ago
पश्चिमी संस्कृतिको प्रभाव बढ्दै गए पनि हामीले आफ्नो मौलिक पहिचान बिर्सन हुँदैन: गृहमन्त्री गुरुङ

पश्चिमी संस्कृतिको प्रभाव बढ्दै गए पनि हामीले आफ्नो मौलिक पहिचान बिर्सन हुँदैन: गृहमन्त्री गुरुङ

ललितपुर । गृहमन्त्री सुधन गुरुङले नेपालको मौलिक कला, संस्कृति, परम्परा र संस्कारलाई नयाँ पुस्ताले आत्मसात् गर्दै पुस्तान्तरण गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल संवत् ११४७ को अवसरमा आज ललितपुरको पा...

#गृहमन्त्री #गुरुङ
Compare →
Onlinekhabar
10h ago
गृहमन्त्री गुरुङ यूएई प्रस्थान

गृहमन्त्री गुरुङ यूएई प्रस्थान

२७ कात्तिक, काठमाडौं । गृहमन्त्री सुधन गुरुङ संयुक्त अरब इमिरेट्स (यूएई) प्रस्थान गरेका छन् । यूएई सरकारको औपचारिक निमन्त्रणामा दुबईमा आयोजना हुन लागेको विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन शुक्रबार साँझ ७ बजे त्यसतर्फ प्रस्थान गरेका …

#गृहमन्त्री #गुरुङ
Compare →
Ekantipur
5d ago
गोरखाको पाङसिङ नजिकैको जंगलमा आगोलागी

गोरखाको पाङसिङ नजिकैको जंगलमा आगोलागी

आइतबार दिउँसोबाट जंगलमा आगोलागी भएको र आगो साँझसम्म पनि नियन्त्रणमा नआएको प्रहरीले जनाएको छ ।

#गोरखा
Compare →

Related Stories

Politics & Governance
Build #2612