Trending
Prev Story
Next Story

प्रतिकूल मौसमले ३ विमानस्थल बन्द, शनिबार राति २ जहाज भारततर्फ डाइभर्ट

Ekantipur •
November 01, 2026 • 04:31 AM
1
1 reads 0 reactions

बिहान ९ बजेसम्म भरतपुर, सुर्खेत र भैरहवा विमानस्थल बन्द रहे भने काठमाडौंमा कम भिजिबिलिटी र न्यून सिलिङले उडान प्रभावित बनायो ।

प्रतिकूल मौसमले ३ विमानस्थल बन्द, शनिबार राति २ जहाज भारततर्फ डाइभर्ट

बिहान ९ बजेसम्म भरतपुर, सुर्खेत र भैरहवा विमानस्थल बन्द रहे भने काठमाडौंमा कम भिजिबिलिटी र न्यून सिलिङले उडान प्रभावित बनायो ।

काठमाडौँ — प्रतिकूल मौसमका कारण आइतबार बिहान देशका विभिन्न विमानस्थलमा हवाई उडान प्रभावित भएका छन् । खराब मौसमका कारण भरतपुर, सुर्खेत र भैरहवा विमानस्थल बन्द भएका छन् भने काठमाडौंमा पनि उडान तथा अवतरण प्रभावित भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार बिहान ९ बजेसम्म भरतपुर, सुर्खेत र भैरहवा विमानस्थल सञ्चालनमा आउन सकेका छैनन् । ती विमानस्थलमा उडान तथा अवतरणका लागि मार्गमा (इनरुट) मौसम प्रतिकूल रहेको छ ।

यसअघि शनिबार राति प्रतिकूल मौसमका कारण काठमाडौं आउन लागेका दुई अन्तर्राष्ट्रिय उडान डाइभर्ट भएका थिए । थाई एयरवेजको बैंकक–काठमाडौं उडान भारतको कोलकातातर्फ डाइभर्ट भएको थियो । राति ११ बजेर २५ मिनेटमा काठमाडौं अवतरण गर्ने तालिका रहेको उक्त जहाज कोलकाता पुगेपछि नेपाल फर्केको छैन ।

त्यस्तै, एयर इन्डियाको दिल्ली–काठमाडौं उडान पनि भारतकै लखनउतर्फ डाइभर्ट भएको थियो । राति १२ बजेर २५ मिनेटमा काठमाडौं अवतरण गर्ने तालिका रहेको उक्त जहाज लखनउ पुगेको थियो । उक्त जहाज पनि आइतबार बिहानसम्म नेपाल फर्केको छैन ।

यसैबीच, शुक्रबार र शनिबार प्रतिकूल मौसमका कारण बन्द रहेको लुक्ला विमानस्थल भने आइतबार सञ्चालनमा आएको छ ।

काठमाडौं विमानस्थलमा आइतबार बिहान मौसमको उतारचढावका कारण उडान तथा अवतरणमा समस्या देखिएको छ । श्री एयरलाइन्सको माउन्टेन फ्लाइटले गो-अराउन्ड गरेको छ भने बुद्ध एयरका दुई जहाजले मिस्ड अप्रोच गरेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सञ्जयकुमारका अनुसार बिहान काठमाडौंको भिजिबिलिटी घटेर ३ हजार मिटरमा झरेको छ । यसअघि ४ हजार मिटर रहेको भिजिबिलिटी घटेको हो । विमानस्थल क्षेत्रमा बादलको उचाइ (सिलिङ) ५०० फिट रहेको छ । सिलिङ १ हजार ५०० फिटभन्दा तल झर्दा जहाजको अवतरण प्रभावित हुन सक्ने उनले बताए ।

मौसम पटक–पटक खुल्ने र बिग्रने क्रम जारी रहेकाले जहाजको अप्रोच अस्थिर भइरहेको छ । अहिले काठमाडौं विमानस्थलमा इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स (आईएफआर) प्रणालीअनुसार उडान सञ्चालन भइरहेको छ।

खराब मौसममा लागू हुने आईएफआर प्रणालीमा अन्तर्राष्ट्रिय उडानका जहाजबीच १० देखि १२ मिनेटको अन्तर राखेर उडान सञ्चालन गर्नुपर्ने हुन्छ । उपकरणको सहायतामा हुने आईएफआर प्रणालीअन्तर्गत आन्तरिक उडानका जहाजको प्रस्थानबीच सामान्यतया ५ देखि ६ मिनेटको अन्तर कायम गरिन्छ ।

काठमाडौं विमानस्थलबाट १४ नटिकल माइलको दूरीमा रहेको हवाई विन्दुमा जहाज पुगेपछि ट्राफिक व्यवस्थापनका लागि ३ देखि ४ मिनेटको अन्तर कायम गर्नुपर्ने प्रवक्ता सञ्जयकुमारले बताए ।

काठमाडौं विमानस्थलबाट आइतबार आन्तरिकतर्फ एकतर्फी १४४ उडान सञ्चालन गर्ने तालिका रहेको छ । अन्तर्राष्ट्रिय उडान सय हाराहारी रहेका छन् ।

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Arthasansar
8h ago
बल्खु–हेटौँडा रुटमा नयाँ नियम : बिहान ५ बजेपछि चल्ने र राति ८ बजेसम्म फर्पिङ पुग्नैपर्ने

बल्खु–हेटौँडा रुटमा नयाँ नियम : बिहान ५ बजेपछि चल्ने र राति ८ बजेसम्म फर्पिङ पुग्नैपर्ने

काठमाडौँको बल्खु–दक्षिणकाली हुँदै हेटौँडा जाने यात्रुवाहक सवारीसाधन सञ्चालनका लागि नयाँ समयसीमा तोकिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले आज सूचना जारी...

#काठमाडौं #राति
Compare →
Nagarik News
8h ago
हायस दुर्घटनापछि काठमाडौं–हेटौँडा सडकमा कडाइ, राति ८ बजेभित्र फर्पिङ पुग्नुपर्ने

हायस दुर्घटनापछि काठमाडौं–हेटौँडा सडकमा कडाइ, राति ८ बजेभित्र फर्पिङ पुग्नुपर्ने

काठमाडौं प्रशासनले काठमाडौं–हेटौँडा सडकखण्डमा यात्रुवाहक सवारीसाधन सञ्चालनमा कडाइ गरेको छ।

#काठमाडौं #राति
Compare →
Bizshala
10h ago
आइतबारदेखि फेरि मौसम बिग्रिने संकेत: पाँच प्रदेशमा वर्षा र हिमपातको सम्भावना, धानबाली जोगाउन किसानलाई सुझाव

आइतबारदेखि फेरि मौसम बिग्रिने संकेत: पाँच प्रदेशमा वर्षा र हिमपातको सम्भावना, धानबाली जोगाउन किसानलाई सुझाव

काठमाण्डौ । तिहारको भाइटीकाका दिन वर्षा भएपछि चिसो बढेको देशका विभिन्न भागमा आइतबारदेखि फेरि मौसम बदली हुने सम्भावना...

#मौसम
Compare →

Related Stories

World News
Build #2612