Trending
Prev Story
Next Story

दिल्लीमा विपक्षी गठबन्धनले आज शक्ति प्रदर्शन गर्दै,  १० हजार सुरक्षाकर्मी परिचालन

Ekantipur •
November 01, 2026 • 04:31 AM
1
1 reads 0 reactions

विपक्षीहरूको ‘चलो दिल्ली’ मार्च स्थानीय समयअनुसार मध्याह्न १२ बजे मिन्टो रोड–कन्नाट प्लेस जक्सनबाट सुरु हुनेछ । उक्त मार्चपासका सहभागीहरु रामलिला मैदानमा पुगेर बृहत् र्‍यालीमा सहभागी हुनेछन्

दिल्लीमा विपक्षी गठबन्धनले आज शक्ति प्रदर्शन गर्दै,  १० हजार सुरक्षाकर्मी परिचालन

विपक्षीहरूको ‘चलो दिल्ली’ मार्च स्थानीय समयअनुसार मध्याह्न १२ बजे मिन्टो रोड–कन्नाट प्लेस जक्सनबाट सुरु हुनेछ । उक्त मार्चपासका सहभागीहरु रामलिला मैदानमा पुगेर बृहत् र्‍यालीमा सहभागी हुनेछन्

नयाँ दिल्ली — मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामाको मागसहित भारतको विपक्षी गठबन्धन ‘इन्डिया’ ले आइतबार दिल्लीको रामलिला मैदानमा बृहत् विरोध प्रदर्शन तथा र्‍याली आयोजना गर्ने भएको छ ।

लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीले र्‍यालीका सहभागीहरूलाई स्थानीय व्यापारीहरूलाई सहयोग गर्न चाडपर्वको बेला किनमेल गर्न आह्वान गर्दै भनेका छन्, ‘विरोध गर, मार्च निकाल र किनमेल गर।’

विपक्षीहरूको ‘चलो दिल्ली’ मार्च स्थानीय समयअनुसार मध्याह्न १२ बजे मिन्टो रोड–कन्नाट प्लेस जक्सनबाट सुरु हुनेछ । उक्त मार्चपासका सहभागीहरु रामलिला मैदानमा पुगेर बृहत् र्‍यालीमा सहभागी हुनेछन् ।

यो प्रदर्शन कांग्रेस अध्यक्ष मल्लिकार्जुन खर्गेको निवासमा शनिबार विपक्षी दलहरूले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्ध गरेको ‘नक्कली महाअभियोग’ को भोलिपल्टै हुन लागेको हो ।

इन्डिया गठबन्धनले देशैभरिबाट ‘करिब १० लाख मानिस’ र्‍यालीमा सहभागी हुने अपेक्षा गरेक। दिल्ली प्रहरीले रामलिला मैदानको क्षमता अनुसार करिब ५० हजार मानिसलाई मात्र ध्यानमा राखेर सुरक्षा योजना बनाएको छ। क्षमताभन्दा बढी मानिस आएमा उनीहरूलाई वरपरका सडकमै रोकिने प्रहरीले जनाएको छ।

यसैबीच, दिल्ली ट्राफिक प्रहरीले केन्द्रीय दिल्लीका विभिन्न भागमा सवारी रुट परिवर्तन तथा प्रतिबन्ध लगाउँदै ट्राफिक सल्लाहकार जारी गरेको छ। बिहान १० बजेदेखि साँझ ५ बजेसम्म लागू हुने यी प्रतिबन्ध अन्तर्गत नेताजी सुभास मार्ग टी–पोइन्ट, राजघाट, दिल्ली गेट र आईटीओ ए–पोइन्ट लगायत १० वटा डाइभर्सन पोइन्टहरू तोकिएको छ।

विपक्षीद्वारा मुख्य निर्वाचन आयुक्तको ‘महाअभियोग’, बीजेपीद्वारा ‘नाटक’को संज्ञा

शनिबार १९ वटा विपक्षी दलहरूले नक्कली संसदीय ढाँचामा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको ‘महाअभियोग’ अभ्यास गरेका छन्। कांग्रेस अध्यक्ष मल्लिकार्जुन खर्गेको राजाजी मार्गस्थित निवासमा दिउँसो ४ बजेपछि आयोजित साढे तीन घण्टा लामो उक्त कार्यक्रममा २५० भन्दा बढी विपक्षी सांसदहरूको उपस्थिति थियो।

कार्यक्रमको समापन मन्तव्य दिँदै नेता राहुल गान्धीले विपक्षीहरूलाई जम्मा हुन अन्य कुनै ठाउँ नभएका कारण खर्गेको बगैँचामा भेट्नुपरेको बताए । मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारलाई चेतावनी दिँदै गान्धीले भने, ‘तपाईंले यो खेल कानुनी दायरा बाहिर लगेर चुनावमा धाँधली गर्नेतर्फ पुर्‍याउनुभएको छ, अब तपाईं हाम्रो निशानामा हुनुहुन्छ।’

विपक्षी दलहरूले यसअघि पनि राज्यहरूमा मतदाता नामावलीको विशेष गहन पुनरावलोकन (एसआइआर) लाई लिएर आपत्ति जनाउँदै ‘भोट चोरी’ को आरोप लगाउँदै आएका थिए। तर, गत महिना ‘इन्डियन एक्सप्रेस’ मा प्रकाशित एक रिपोर्टपछि मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्ध नयाँ विवाद चुलिएको हो।

उक्त रिपोर्टमा निर्वाचन आयुक्तहरूले १० महिनाको अवधिमा १४ पटक मुख्य निर्वाचन आयुक्तका निर्णयहरूमा असन्तुष्टि जनाएको उल्लेख थियो। निर्वाचन आयोगले आफ्ना सबै निर्णयहरू सर्वसम्मतिले भएको दाबी गर्दै आए पनि उक्त रिपोर्टले विपक्षीहरूको ‘भोट चोरी’ को आरोपलाई थप बल प्रदान गर्‍यो।

त्यसलगत्तै विद्यार्थी संगठनहरू, इन्डिया गठबन्धनका दलहरू र ‘कक्रोच जनता पार्टी’ ले विरोधका कार्यक्रमहरू घोषणा गरेका हुन्।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
5d ago
दिल्लीको गार्मेन्ट कारखानामा भीषण आगलागी, २५ दमकल एकसाथ परिचालन

दिल्लीको गार्मेन्ट कारखानामा भीषण आगलागी, २५ दमकल एकसाथ परिचालन

नयाँ दिल्ली । भारतको राजधानी दिल्लीस्थित नजफगढको नांगली सकरावतीमा रहेको एक गार्मेन्ट (कपडा) कारखानामा आइतबार साँझ भीषण आगलागी भएको छ । आगो नियन्त्रणमा लिन दिल्ली फायर सर्भिसका २५ वटा दमकल घटनास्थल...

#दिल्ली #परिचालन
Compare →
Nagarik News
3d ago
प्रधानमन्त्री शाहको भारत भ्रमणअघि दिल्लीको स्पष्ट सन्देश : नेपालसँगको सम्बन्ध ‘निकै विशेष’ छ

प्रधानमन्त्री शाहको भारत भ्रमणअघि दिल्लीको स्पष्ट सन्देश : नेपालसँगको सम्बन्ध ‘निकै विशेष’ छ

भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले मंगलबार नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री शाहलाई भारत भ्रमणको निम्तो दिइसकेको र भ्रमणको तयारीबारे दुई देशबिच छलफल भइरहेको बताएका हुन्।

#दिल्ली
Compare →
Onlinekhabar
4d ago
पटका पड्काएपछि दिल्लीमा वायु प्रदूषण खतरनाक स्तरमा

पटका पड्काएपछि दिल्लीमा वायु प्रदूषण खतरनाक स्तरमा

दीपावलीपछि सोमबार बिहान दिल्लीको वायु गुणस्तर खतरनाक अवस्थामा पुगेको छ । आइतबार राति मानिसहरूले ठूलो मात्रामा पटका पड्काएपछि सोमबार बिहान दिल्लीका विभिन्न क्षेत्रमा हुस्सु र धुवाँका कारण दृश्यता (भिजिबिलिटी) समेत निकै कम भएको थियो । केन्द्रीय …

#दिल्ली
Compare →
Bizshala
4d ago
दिल्लीको हावा अति खराब, काठमाण्डौको अवस्था के छ ?

दिल्लीको हावा अति खराब, काठमाण्डौको अवस्था के छ ?

काठमाण्डौ । भारतको राजधानी दिल्लीमा सोमबार बिहान बाक्लो तुवाँलोले कतिपय ठाउँमा नजिकका वस्तुसमेत देख्न कठिन भयो । बिहान...

#दिल्ली
Compare →
Arthasansar
5d ago
इजरायलका राष्ट्रपतिद्वारा विपक्षी नेता आइजेनकोटलाई सरकार गठनको आह्वान

इजरायलका राष्ट्रपतिद्वारा विपक्षी नेता आइजेनकोटलाई सरकार गठनको आह्वान

इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले विपक्षी दलका नेता तथा पूर्व सैन्य प्रमुख गादी आइजेनकोटलाई नयाँ गठबन्धन सरकार गठनको जिम्मेवारी दिएका छन्।...

#विपक्षी
Compare →

Related Stories

World News
Build #2611