Trending
Prev Story
Next Story

प्रधानमन्त्री शाहको भारत भ्रमणअघि दिल्लीको स्पष्ट सन्देश : नेपालसँगको सम्बन्ध ‘निकै विशेष’ छ

Nagarik News •
November 10, 2026 • 02:46 PM
1
1 reads 0 reactions

भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले मंगलबार नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री शाहलाई भारत भ्रमणको निम्तो दिइसकेको र भ्रमणको तयारीबारे दुई देशबिच छलफल भइरहेको बताएका हुन्।

प्रधानमन्त्री शाहको भारत भ्रमणअघि दिल्लीको स्पष्ट सन्देश : नेपालसँगको सम्बन्ध ‘निकै विशेष’ छ

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणअघि दिल्लीले नेपालसँगको सम्बन्धलाई निकै विशेष बताएको छ।

भारतले भ्रमणका क्रममा दुई देशबिचका सबै महत्त्वपूर्ण विषयमा छलफल हुने पनि जनाएको छ। भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले मंगलबार नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री शाहलाई भारत भ्रमणको निम्तो दिइसकेको र भ्रमणको तयारीबारे दुई देशबिच छलफल भइरहेको बताएका हुन्।

उनले भने, ‘हामीले नेपालका प्रधानमन्त्रीलाई भारत भ्रमणको निम्तो दिएका छौं। भ्रमणबारे दुई पक्षबिच छलफल जारी छ। नेपालसँगको सम्पूर्ण द्विपक्षीय सम्बन्ध र साझा चासोका सबै विषयमा छलफल हुनेछ। यो व्यापक र निकै विशेष साझेदारी हो।’

जायसवालले दुई देशबिचको सम्बन्धलाई थप बलियो बनाउन विभिन्न विषयमा छलफल भइरहेको पनि बताए।

यसअघि भारतका विदेश सचिव विक्रम मिस्रीले काठमाडौंमा प्रधानमन्त्री शाहसँग भेट गरेका थिए। भेटमा प्रधानमन्त्रीको भारत भ्रमणको तयारीसँगै ऊर्जा, जलस्रोत, व्यापार, पारवहन र हवाई सेवामा सहकार्यबारे छलफल भएको थियो।

मिस्रीले अयोध्या-जनकपुर रेल सेवाको परीक्षण सञ्चालन गरिएको जानकारी पनि शाहलाई दिएका थिए। उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश सुनाउँदै भ्रमणका क्रममा हुन सक्ने सहमति र नयाँ पहलका विषयमा पनि छलफल गरेका थिए।

भेटमा प्रधानमन्त्री शाहले रसुवा-भोटेकोशी क्षेत्रमा आएको बाढीपछि भारतले राहत सामग्री र उद्धार टोली पठाएर गरेको सहयोगका लागि धन्यवाद दिएका थिए। उनले मोदीले देखाएको ऐक्यबद्धताको प्रशंसा गर्दै खेलकुद विकासमा समेत सहकार्यको सम्भावनाबारे चासो राखेका थिए।

प्रकाशित: २४ कार्तिक २०८३ २०:३१ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1d ago
भारत भ्रमणमा राष्ट्रिय स्वाभिमान र सीमा विवाद उठाउन प्रधानमन्त्रीलाई शेरबहादुर तामाङको आग्रह

भारत भ्रमणमा राष्ट्रिय स्वाभिमान र सीमा विवाद उठाउन प्रधानमन्त्रीलाई शेरबहादुर तामाङको आग्रह

काठमाडौं । नेकपा एमालेका नेता शेरबहादुर तामाङले प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका क्रममा नेपालको राष्ट्रिय स्वाभिमान, सार्वभौमिकता र भौगोलिक अखण्डतामा कुनै सम्झौता नगर्न आग्रह गरेका छन्। बिहीबार ...

#भारत #भ्रमण
Compare →
Onlinekhabar
1d ago
भारत भ्रमण गर्ने ‘टप टेन’ देशका पर्यटकमध्ये नेपाली १०औं स्थानमा

भारत भ्रमण गर्ने ‘टप टेन’ देशका पर्यटकमध्ये नेपाली १०औं स्थानमा

२६ कात्तिक, काठमाडौं । सन् २०२५ मा भारतले ९१ लाख ४८ हजार ७ सय ६६ विदेशी पर्यटकलाई आफ्नो मुलुकमा स्वागत गरेको छ । तीमध्ये नेपाली पर्यटक ‘टप टेन’ भित्र अटाउन सफल भएका छन् । नेपालबाट स्वास्थ्योपचार, …

#भारत #भ्रमण
Compare →
Bizshala
4h ago
नेपाली जुटमा भारतले लगाएको अतिरिक्त शुल्क हटाउन पहल, सिमेन्टदेखि स्टिलसम्मको निर्यात सहज बनाउने विषयमा छलफल

नेपाली जुटमा भारतले लगाएको अतिरिक्त शुल्क हटाउन पहल, सिमेन्टदेखि स्टिलसम्मको निर्यात सहज बनाउने विषयमा छलफल

काठमाण्डौ । भारतले नेपाली जुटजन्य उत्पादनमा लगाएको एन्टिडम्पिङ तथा प्रतिकारात्मक शुल्क पुनरावलोकन गर्न नेपालले...

#भारत
Compare →
Ekantipur
9h ago
दशगजाले छुट्याए पनि छठले जोडेको नेपाल–भारत साझा संस्कृति

दशगजाले छुट्याए पनि छठले जोडेको नेपाल–भारत साझा संस्कृति

महोत्तरीको मटिहानीस्थित बिग्ही नदी किनारमा नेपाल र भारतका चार गाउँका बर्तालुले संयुक्त रूपमा छठ मनाउँदै आएका छन् । सीमाले राष्ट्रियता छुट्याए पनि साझा संस्कृति र परम्पराले दुवै देशका नागरिकलाई एउटै सूत्रमा बाँधेको छ ।

#भारत
Compare →

Related Stories

Politics & Governance
Build #2611