Trending
Prev Story
Next Story

संस्कृति ब्युँताउने पुतली प्रदर्शनी

Hamro Patro News •
November 01, 2026 • 01:42 AM
1
1 reads 0 reactions

ढाकाको दौरा–सुरुवाल, कम्मरमा पटुकी, फूलको माला, टोपी र मखमलको जुत्तामा सजिएका छन् बेहुला । झल्लरी छाता ओढेर काठको डोलीमा आफ्ना मान्यजनको साथमा बेहुला आफ्नी बेहुली लिन जाँदै छन् । नेवाः परम्परागत शै...

1 / 2
Swipe Photos

ढाकाको दौरा–सुरुवाल, कम्मरमा पटुकी, फूलको माला, टोपी र मखमलको जुत्तामा सजिएका छन् बेहुला । झल्लरी छाता ओढेर काठको डोलीमा आफ्ना मान्यजनको साथमा बेहुला आफ्नी बेहुली लिन जाँदै छन् । नेवाः परम्परागत शैलीमा सबै जन्तीले दौरा, सुरुवाल, टोपी, पटुकीसहित इस्टकोट लगाएको छ । यो सानेपास्थित सङ्गीत, कला ग्यालरीमा चलिरहेको पुतली कला प्रदर्शनीको दृश्य हो । जुन दृश्यले नेवाः बस्तीमा हुने परम्परागत विवाहको झल्को दिन्छ । कलाकार पद्मश्री श्रेष्ठका सिर्जना ‘कनेक्टिङ कल्चर्स’ प्रदर्शनीमा छन् । उहाँले हाल लोपोन्मुख अवस्थामा रहेको नेवाः र ठकुरी जातिमा हुने परम्परागत विवाहको रमाइलो झल्को अनि सम्झना दिलाउने पुतलीहरू प्रदर्शनीमा राख्नुभएको छ । दुलहीको घरमा जाँदै गरेको जन्तीको हुल, नेवाः परम्परामा सुपारी र ठकुरी परम्परामा साइपाटा लिएर जाँदा आवश्यक सामग्रीको सजावट पनि पुलती प्रदर्शनीको मुख्य आकर्षणका रूपमा रहेको छ ।

यसै गरी कलाकार श्रेष्ठको प्रदर्शनीमा ओखलमा चिउरा कुटेको, रक्सी पार्ने, परम्परागत इनारमा पानी झिकिरहेको, माटोको भाँडामा खाना पकाएको र परम्परागत वाद्ययन्त्रका साथै विवाह समारोहका मौलिक परिदृश्य मनमोहक पुतली गतिविधिमा देख्न पाइन्छ । उहाँको यो उहाँको ११ औँ एकल पुतली कला प्रदर्शनी हो ।

Read full story at source ( gorkhapatraonline.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Bizshala
1w ago
गोदावरी फूल प्रदर्शनीमा पाँच दिनमै १ करोड २१ लाख बढीको कारोबार

गोदावरी फूल प्रदर्शनीमा पाँच दिनमै १ करोड २१ लाख बढीको कारोबार

काठमाण्डौ । ललितपुरको जावलाखेलमा जारी १९औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा पाँच दिनमै १ करोड २१ लाख...

#प्रदर्शनी
Compare →
Onlinekhabar
1w ago
‘गोदावरी फूल प्रदर्शनी’ दुई दिन लम्बियो, आइतबारसम्म ७५ लाखको कारोबार

‘गोदावरी फूल प्रदर्शनी’ दुई दिन लम्बियो, आइतबारसम्म ७५ लाखको कारोबार

१६ कात्तिक, काठमाडौं । निरन्तर वर्षाका कारण अवलोकनकर्तालाई समस्या भएपछि ललितपुर जावलाखेलमा जारी ‘१९औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी’ अवधि दुई दिन थपिएको छ । आयोजक फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अनुसार कात्तिक १२ देखि सुरु भई …

#प्रदर्शनी
Compare →
Ekantipur
1w ago
गोदावरी फूल प्रदर्शनीको अवधि दुई दिन थप

गोदावरी फूल प्रदर्शनीको अवधि दुई दिन थप

फ्यानका अध्यक्ष राजेशभक्त श्रेष्ठले शुक्रबार र शनिबार पानीले प्रभावित गरेकाले अब मेला बुधबारसम्म चल्ने बताए ।

#प्रदर्शनी
Compare →

Related Stories

Technology
Build #2611