Trending
Prev Story
Next Story

‘गोदावरी फूल प्रदर्शनी’ दुई दिन लम्बियो, आइतबारसम्म ७५ लाखको कारोबार

Onlinekhabar •
November 02, 2026 • 02:00 PM
1
1 reads 0 reactions

१६ कात्तिक, काठमाडौं । निरन्तर वर्षाका कारण अवलोकनकर्तालाई समस्या भएपछि ललितपुर जावलाखेलमा जारी ‘१९औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी’ अवधि दुई दिन थपिएको छ । आयोजक फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अनुसार कात्तिक १२ देखि सुरु भई …

‘गोदावरी फूल प्रदर्शनी’ दुई दिन लम्बियो, आइतबारसम्म ७५ लाखको कारोबार

१६ कात्तिक, काठमाडौं । निरन्तर वर्षाका कारण अवलोकनकर्तालाई समस्या भएपछि ललितपुर जावलाखेलमा जारी ‘१९औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी’ अवधि दुई दिन थपिएको छ ।

आयोजक फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अनुसार कात्तिक १२ देखि सुरु भई १६ सम्म चल्ने तय भएको प्रदर्शनी अब कात्तिक १८ सम्म सञ्चालन हुनेछ ।

फ्यान अध्यक्ष राजेशभक्त श्रेष्ठले वर्षाका कारण फूलप्रेमी दर्शकलाई अवलोकनमा असुविधा पुगेकाले समय लम्ब्याउने निर्णय गरिएको बताए ।

‘रोपौं फूल गोदावरी, सजाऔं घर आँगन वरिपरि’ भन्ने मूल नारासाथ सुरु भएको यस प्रदर्शनीमा विभिन्न प्रजातिका गोदावरी फूल तथा आकर्षक पुष्प सजावटका सामग्री राखिएका छन् ।

फ्यानका वरिष्ठ उपाध्यक्ष एवं मेला संयोजक रामबहादुर तामाङका अनुसार आइतबार साँझसम्म २३ हजारभन्दा बढी दर्शकले मेला अवलोकन गरिसकेका छन् भने ७५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

सदर चिडियाखाना अगाडि जावलाखेल खेलमैदानमा बिहान ९ देखि साँझ ५ बजेसम्म मेला अवलोकन गर्न सकिने छ । प्रदर्शनीले पुष्प व्यवसाय प्रवर्द्धन, फूलको व्यावसायिक उत्पादन र आन्तरिक बजार विस्तारमा महत्त्वपूर्ण सहयोग पुग्ने फ्यान महासचिव हिरामणि शर्माले बताए ।

यस प्रदर्शनीको सहआयोजकमा बागमती प्रदेशको कृषि विकास निर्देशनालय, पुष्प विकास केन्द्र, कृषि विभाग र राष्ट्रिय फलफूल बाली विकास केन्द्र छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Nagarik News
2d ago
कृषि पढेका युवाले गरे ११ क्विन्टल फूल उत्पादन

कृषि पढेका युवाले गरे ११ क्विन्टल फूल उत्पादन

तिहारका लागि ११ क्विन्टल फूल उत्पादन गरेर बेचबिखन गरेका छन् । त्यसबाट उनीहरूले फूल बिक्री गरेर रु चार लाखभन्दा बढी आम्दानी गरेका छन् ।

#फूल
Compare →

Related Stories

Education & Youth
Build #2612