Trending
Prev Story
Next Story

किन भयो दीपक भट्टको सिन्धुपाल्चोक कारागार सरुवा ?

Ekantipur •
October 04, 2026 • 09:26 AM
1
1 reads 0 reactions

विभागले शनिबार पठाएको पत्रपछि कारागार कार्यालय नख्खुले उनलाई सिन्धुपाल्चोक स्थानान्तरण गरेको हो ।

किन भयो दीपक भट्टको सिन्धुपाल्चोक कारागार सरुवा ?

विभागले शनिबार पठाएको पत्रपछि कारागार कार्यालय नख्खुले उनलाई सिन्धुपाल्चोक स्थानान्तरण गरेको हो ।

काठमाडौँ — कारागार व्यवस्थापन विभागले नख्खु कारागारमा रहेका दीपक भट्टलाई सिन्धुपाल्चोक सरुवा गरेको छ ।

विभागले शनिबार पठाएको पत्रपछि कारागार कार्यालय नख्खुले उनलाई सिन्धुपाल्चोक स्थानान्तरण गरेको हो ।

नख्खु कारागारका जेलर दीर्घराज उपाध्यायले उनलाई शनिबार बेलुकी नै सिन्धुपाल्चोक पठाइएको पुष्टि गरे । उनले भने, ‘सरुवा भनेको नियमित प्रक्रिया पनि हो । विभागबाट पत्र आएपछि पठाइसकेका छौं ।’

भट्टविरुद्ध सम्पत्ति शुद्धीकरण गरी भ्रष्टाचार र बैंकिङ कसुर गरेको आरोप छ । उच्च अदालत पाटन र विशेष अदालत काठमाडौंमा उनीसँग सम्बन्धित मुद्दा विचाराधीन छन् । अदालतले प्रारम्भिक सुनुवाइपछि पुर्पक्षका लागि थुनामा पठाएपछि उनी नख्खु कारागार बस्दै आएका थिए ।

उनलाई स्थानान्तरण गरी पठाइएको पत्रमा आचरण ‘सामान्य’ भनेर समेत लेखिएको छ । कारागार व्यवस्थापन विभागका एक अधिकारीका अनुसार सामान्यतया सम्बन्धित कैदीबन्दीको निवेदनका आधारमा उनीहरूको सरुवा हुने गर्छ ।

‘कोहीले घरपायक हुन्छ, भेटघाट गर्न सजिलो हुन्छ भनेर सरुवा माग्छन्, कोहीलाई बस्न अप्ठ्यारो भयो भनेर सरुवा माग्ने गर्छन्,’ उनले भने, ‘माथिबाटै सिधै सरुवाको निर्णय भएर आउने चाहिँ बिरलै हुन्छ ।’

कतिपय अवस्थामा सुरक्षा चुनौती हुँदा समेत सरुवा गर्ने गरिन्छ । २०७५ सालमा गुण्डा नाइके समीरमान बस्नेतले कारागारबाटै चलखेल गरेको भन्दै प्रहरीको अनुरोधमा विभागले उनको मुस्ताङ कारागार सरुवा गरेको थियो ।

‘दीपक भट्टको सरुवा पनि सामान्य होइन, नख्खु कारागारबाटै चलखेल गरिरहेको सूचना माथिसम्म पुगेकाले सम्पर्क र भेटघाट गर्न समेत गाह्रो होस् भनेर सरुवा भएको हुन सक्छ,’ ती अधिकारीले भने ।

प्रहरीले यसअघि पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सुरक्षाका लागि भन्दै उपत्यका अपराध अनुसन्धान कार्यालयमा ल्याएर १२ घण्टा राखेको थियो ।

प्रहरीले सुरक्षा चुनौती भने पनि प्रधानमन्त्री कार्यालयका अधिकारीहरूले उनीमाथि न्यायिक कामकारबाहीमा चलखेल गरेको आरोप लगाउँदै आएका थिए । उनीहरूको दाबीमा चोलेन्द्रले भट्टका लागि समेत सहजीकरण गर्न खोजेका थिए । त्यसपछि प्रहरीले चोलेन्द्रनिकट केही व्यक्तिहरूसँग समेत केरकार गरेको स्रोतको दाबी छ ।

त्यसपछि भट्टलाई सिन्धुपाल्चोक सरुवा गर्ने निर्णय भएको गृह मन्त्रालयका अधिकारीहरूको पनि दाबी छ ।

गौरव कान्तिपुर मिडिया ग्रुपका सुरक्षा संवाददाता हुन् । उनी राष्ट्रिय सुरक्षा मामिला, सुशासन र समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1d ago
वीरगन्ज कारागारबाट फरार कैदी भारतबाट पक्राउ

वीरगन्ज कारागारबाट फरार कैदी भारतबाट पक्राउ

वीरगन्ज । वीरगन्ज कारागारबाट फरार भएका कैदी सुनिल साह तुरहा पाँच घण्टामै पक्राउ परेका छन्। पर्साका डीएसपी चक्रबहादुर मल्लको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनलाई भारतको आदापुरबाट पक्राउ गरेको हो। प...

#कारागार
Compare →
Nagarik News
1d ago
वीरगञ्ज कारागारबाट फरार कैदी ५ घण्टाभित्रै सीमा क्षेत्रबाट पक्राउ

वीरगञ्ज कारागारबाट फरार कैदी ५ घण्टाभित्रै सीमा क्षेत्रबाट पक्राउ

प्रहरीका अनुसार बिहीबार बिहान करिब ८:२० बजे कारागार कार्यालयको प्यारोल शाखाको पर्खाल छेउबाट उनी भागेका थिए।

#कारागार
Compare →
Onlinekhabar
1d ago
वीरगञ्ज कारागारबाट फरार कैदी भारतबाट पक्राउ

वीरगञ्ज कारागारबाट फरार कैदी भारतबाट पक्राउ

२६ कात्तिक, काठमाडौं । वीरगञ्ज कारागारबाट फरार भएका कैदी पक्राउ परेका छन् । आज बिहानै पर्खाल नाघेर फरार भएका कैदी सुनिल साह तुरहा पाँच घण्टाभित्रै भारतबाट पक्राउ परेका हुन् । विशेष प्रहरी टोलीले उनलाई भारतको आदापुरबाट पक्राउ …

#कारागार
Compare →

Related Stories

National (Nepal)
Build #2612