Trending
Prev Story
Next Story

हप्तादिन नबित्दै काठेपुल बगाउँदा चुम उपत्यकावासी निराश

Hamro Patro News •
October 31, 2026 • 01:11 PM
2
2 reads 0 reactions

गोरखा : लगातार तीन दिनको वर्षापछि आएको स्यार खोलाको बाढीले गाउँलेले १५ दिन लगाएर बनाएका चारवटा फड्के (काठेपुल) बगाएको छ। चुम उपत्यकावासीका लागि 'लाइफलाइन'का रूपमा रहेका चारवटा काठेपुल बाढीले बगाएप...

1 / 2
Swipe Photos

गोरखा : लगातार तीन दिनको वर्षापछि आएको स्यार खोलाको बाढीले गाउँलेले १५ दिन लगाएर बनाएका चारवटा फड्के (काठेपुल) बगाएको छ।

चुम उपत्यकावासीका लागि 'लाइफलाइन'का रूपमा रहेका चारवटा काठेपुल बाढीले बगाएपछि त्यहाँका बासिन्दा निराश भएका छन्। गत बिहीबारदेखि परेको अविरल वर्षापछि चुमनुब्री गाउँपालिका–६ स्थित स्यार खोलामा आएको बाढीले ती पुलहरू बगाएको स्थानीय गोपाल लामाले बताए। चुम उपत्यका जाने मुख्य बाटो खुलाउन एक हप्ताअघि मात्र चुमनुब्री गाउँपालिकाले १५ दिन लगाएर चारवटा काठेपुल निर्माण गरेको थियो। गत आइतबार मात्र निर्माण सम्पन्न भएका ती पुलहरू शुक्रबार राति स्यार खोलामा आएको बाढीले बगाएको लामाले जानकारी दिए। हालै निर्मित काठेपुलहरू बाढीले बगाएपछि चुम उपत्यका पुनः नाकाबन्दीकै अवस्थामा पुगेको उनको भनाइ छ।

Read full story at source ( annapurnapost.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Ekantipur
6d ago
सर्दिभिरमा काठेपुल राखेर चुमभ्याली जाने बाटो खुलाइयो

सर्दिभिरमा काठेपुल राखेर चुमभ्याली जाने बाटो खुलाइयो

चारवटा काठेपुल निर्माण भएपछि चुमभ्यालीमा रोकिएका पर्यटक र स्थानीयहरू हिँड्न थालेका छन् भने खाद्यान्न ढुवानीसमेत सहज भएको छ।

#काठेपुल #चारवटा
Compare →
Nagarik News
2w ago
स्याफ्रुबेँसी–खाम्जिङ जोड्ने अस्थायी काठेपुल सञ्चालनमा

स्याफ्रुबेँसी–खाम्जिङ जोड्ने अस्थायी काठेपुल सञ्चालनमा

भोटेकोशी बाढीले सडक सञ्जाल टुटेपछि अवरुद्ध रसुवाको स्याफ्रुबेँसीबाट गोसाइँकुण्ड गाउँपालिकाका विभिन्न वडालाई जोड्ने काठेपुल सञ्चालनमा आएका छन्।

#काठेपुल
Compare →

Related Stories

Technology
Build #2612