Trending
Prev Story
Next Story

स्याफ्रुबेँसी–खाम्जिङ जोड्ने अस्थायी काठेपुल सञ्चालनमा

Nagarik News •
October 30, 2026 • 12:59 AM
1
1 reads 0 reactions

भोटेकोशी बाढीले सडक सञ्जाल टुटेपछि अवरुद्ध रसुवाको स्याफ्रुबेँसीबाट गोसाइँकुण्ड गाउँपालिकाका विभिन्न वडालाई जोड्ने काठेपुल सञ्चालनमा आएका छन्।

स्याफ्रुबेँसी–खाम्जिङ जोड्ने अस्थायी काठेपुल सञ्चालनमा

भोटेकोशी बाढीले सडक सञ्जाल टुटेपछि अवरुद्ध रसुवाको स्याफ्रुबेँसीबाट गोसाइँकुण्ड गाउँपालिकाका विभिन्न वडालाई जोड्ने काठेपुल सञ्चालनमा आएका छन्। स्थानीयवासीको आवतजावतलाई सहज बनाउन निर्माण गरिएको अस्थायी काठेपुल बिहीबारदेखि सञ्चालनमा आएको हो।

गोसाइँकुण्ड गाउँपालिका–३ का वडाध्यक्ष मिङमार छिरिङ तामाङका अनुसार बाढीले सडक अवरुद्ध पारेपछि वडा कार्यालय र स्थानीयवासीको संयुक्त अगुवाइ तथा व्यवस्थापनमा लगातार तीन दिन लगाएर सो पुल निर्माण गरिएको हो।

काठे पुल सञ्चालनमा आएसँगै गोसाइँकुण्ड गाउँपालिका–३ को खाम्जिङ, वडा नं २ को टिमुरे र वडा नं ४ को लाड्टाङ आवतजावत गर्ने स्थानीयवासीलाई सहज भएको वडाध्यक्ष तामाङले जानकारी दिए। वडा कार्यालय र स्थानीय युवाको पहलमा पुल निर्माण गरिएको हो। पुलका लागि आवश्यक काठ स्थानीयस्तरमा नै सङ्कलन गरिएको थियो।

प्रकाशित: १३ कार्तिक २०८३ ०६:४४ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
4d ago
स्याफ्रुबेँसीमा काठेपुल बन्यो, आवतजावत सहज

स्याफ्रुबेँसीमा काठेपुल बन्यो, आवतजावत सहज

२३ कात्तिक, रसुवा । स्याफ्रुबेँसीको काठे पुल निर्माण भएको छ । गत कात्तिक १४ गते भोटेकोशी बाढीले स्याफ्रुबेँसी खोलाको पुल बगाएको थियो । उक्त पुल तीन दिनको निरन्तर प्रयासपछि पुनर्निर्माण सम्पन्न भई पुनः सञ्चालनमा आएको हो । गोसाइँकुण्ड …

#गोसाइँकुण्ड #स्याफ्रुबेँसी #काठेपुल
Compare →
Ekantipur
6d ago
सर्दिभिरमा काठेपुल राखेर चुमभ्याली जाने बाटो खुलाइयो

सर्दिभिरमा काठेपुल राखेर चुमभ्याली जाने बाटो खुलाइयो

चारवटा काठेपुल निर्माण भएपछि चुमभ्यालीमा रोकिएका पर्यटक र स्थानीयहरू हिँड्न थालेका छन् भने खाद्यान्न ढुवानीसमेत सहज भएको छ।

#काठेपुल
Compare →
Hamro Patro News
4d ago
स्याफ्रुबेँसीमा आवतजावत सहज

स्याफ्रुबेँसीमा आवतजावत सहज

स्याफ्रुबेँसीको काठे पुल निर्माण भएको छ । गत कात्तिक १४ गते भोटेकोशी बाढीले स्याफ्रुबेँसी खोलाको पुल बगाएको थियो । उक्त पुल तीन दिनको निरन्तर प्रयासपछि पुनर्निर्माण सम्पन्न भई पुनः सञ्चालनमा आएको ह...

#स्याफ्रुबेँसी
Compare →

Related Stories

Technology
Build #2612