Trending
Prev Story
Next Story

सर्दिभिरमा काठेपुल राखेर चुमभ्याली जाने बाटो खुलाइयो

Ekantipur •
November 07, 2026 • 06:31 AM
1
1 reads 0 reactions

चारवटा काठेपुल निर्माण भएपछि चुमभ्यालीमा रोकिएका पर्यटक र स्थानीयहरू हिँड्न थालेका छन् भने खाद्यान्न ढुवानीसमेत सहज भएको छ।

सर्दिभिरमा काठेपुल राखेर चुमभ्याली जाने बाटो खुलाइयो

चारवटा काठेपुल निर्माण भएपछि चुमभ्यालीमा रोकिएका पर्यटक र स्थानीयहरू हिँड्न थालेका छन् भने खाद्यान्न ढुवानीसमेत सहज भएको छ।

गोरखा — कात्तिक १३ र १४ को बाढीले काठेपुल बगाएपछि अवरुद्ध रहेको मनास्लु पदमार्गअन्तर्गतको चुमनुब्री–६ सर्दिभिरको बाटो खुलेको छ । सर्दिभिर क्षेत्रमा चारवटा काठेपुल निर्माण गरी शुक्रबार बाटो खुलाइएको लोक्पाका शेराप गुरुङले जानकारी दिए । ‘काठेपुल बनाएर सकियो, आज (शनिबार) बिहानै पर्यटक र स्थानीयहरू चुमभ्यालीतर्फ हिँडिसकेका छन्, माथि रोकिएकाहरू पनि तल झर्न थालेका छन्,’ उनले भने ।

असोज २५ को बुढीगण्डकीको सहायक उङ्गिलुङ खोलामा आएको बाढीले चुम्चेत र छेकम्पार पुग्ने एक मात्र पैदलमार्गमा सर्दिभिरको क्यान्टिलिभर (भिर खोपेर बनाएको पुल) बगाएको थियो । पुल बगाएपछि सर्दिभिरमा काठेपुल राखेर आउजाउ सुरु गरिए पनि फेरि कात्तिक १३ र १४ को बाढीले बगाएको थियो ।

‘बगाएको काठेपुल मर्मत गरेर फेरि बाटो सुचारु गरेका हौँ,’ उनले भने, ‘आज पनि केही मर्मतको काम त बाँकी छ, तर हिँड्न मिल्ने गरेर हिजो पुल मर्मत सक्यौँ ।’ चुम उपत्यका जाने अवरुद्ध बाटोमा आपत्कालीन काठेपुल राखेर आउजाउ सुचारु गरिएको चुमनुब्री गाउँपालिका अध्यक्ष निमा लामाले बताए ।

गाउँपालिकाको प्रकोप व्यवस्थापन कोष, मनास्लु संरक्षण क्षेत्र आयोजना र विभिन्न सहयोगीबाट खाजा व्यवस्थापन गरी पुल निर्माण गरिएको उनले बताए । ‘पर्यटक र स्थानीय आउजाउ सुरु भइसकेको छ, खच्चड पनि हिँड्न मिल्ने गरेर आज बाटो केही फराकिलो बनाउँछौँ,’ उनले भने ।

सर्दिभिर क्षेत्रमा आउजाउ ठप्प हुँदा चुमभ्यालीमा खाद्यान्न ढुवानी तथा आउजाउमा समस्या रहँदै आएको थियो । अहिले अस्थायी रूपमा बाटो सुचारु गरेर अध्ययन गरी दीर्घकालीन रूपमा पुल राख्ने गाउँपालिकाको योजना छ ।

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
1w ago
अन्नपूर्ण आधार शिविर जाने पदमार्गमा पर्यटक सूचना केन्द्र स्थापना

अन्नपूर्ण आधार शिविर जाने पदमार्गमा पर्यटक सूचना केन्द्र स्थापना

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित मौरिस हर्जोग पदमार्गको प्रवेशद्वार बाँस्कोटमा अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने आरोही तथा पदयात्रीलाई लक्षित गरी पर्यटक सूचना केन्द्र तथा चेकपो...

#पर्यटक #जाने
Compare →

Related Stories

Science & Climate
Build #2612