Trending
Prev Story
Next Story

उखुको मूल्य प्रतिक्विन्टल एक हजार रुपैयाँ तोक्न किसानको माग

Ekantipur •
October 31, 2026 • 01:01 PM
1
1 reads 0 reactions

गत वर्ष ६२० रुपैयाँ समर्थन मूल्य र ३५ रुपैयाँ अनुदान पाएका किसानले यस वर्ष बढ्दो लागतअनुसार उचित मूल्य खोजेका छन्।

उखुको मूल्य प्रतिक्विन्टल एक हजार रुपैयाँ तोक्न किसानको माग

गत वर्ष ६२० रुपैयाँ समर्थन मूल्य र ३५ रुपैयाँ अनुदान पाएका किसानले यस वर्ष बढ्दो लागतअनुसार उचित मूल्य खोजेका छन्।

परासी — यस वर्ष उखुको मूल्य प्रतिक्विन्टल एक हजार रुपैयाँ तोक्न किसानले माग गरेका छन् । चिनीको मूल्य, उखु उत्पादन लागत र बजार भाउ बढेकाले त्यसको असर किसानमा पनि परेको भन्दै उनीहरूले मूल्य बढाउन माग गरेका हुन् । प्रतापपुर गाउँपालिकाका अध्यक्ष एवं उखु उत्पादक किसान संघका केन्द्रीय प्रवक्ता उमेशचन्द्र यादवले आर्थिक वर्ष २०८३/८४ का लागि उखुको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल एक हजार रुपैयाँ तोक्नुपर्ने बताए । ‘वर्तमान चिनीको बजार मूल्य र उखु किसानहरूको उत्पादन लागतलाई आधार बनाएर आर्थिक वर्ष ०८३/०८४ मा उखुको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल एक हजार तोक्नुपर्ने हाम्रो माग हो,’ उनले भने, ‘नेपाल सरकारले किसान, उद्योगी र सरकारबीच त्रिपक्षीय बैठक गरी सहमतिका आधारमा मंसिरको पहिलो साताभित्रै मूल्य निर्धारण गर्नुपर्दछ ।’ गत वर्ष सरकारले उखुको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ६ सय २० रुपैयाँ र अनुदान प्रतिक्विन्टल ३५ रुपैयाँ निर्धारण गरेको थियो । पश्चिम नवलपरासीमा रहेका चारवटा चिनी मिलमध्ये गत वर्ष लुम्बिनी सुगर मिल्स, सुनवल र बागमती सुगर मिल सञ्चालनमा आएका थिए । अघिल्लो वर्ष सञ्चालनमा रहेको इन्दिरा सुगर मिल भने गत वर्ष चलेन । यस वर्ष नवलपरासीमा करिब १० देखि १२ लाख क्विन्टल उखु उत्पादन हुने अनुमान छ ।

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
1w ago
उखुको मूल्यमा किसान र उद्योगीबीच कुरा मिलेन, प्रतिक्विन्टल १ हजार ५० रुपैयाँ माग

उखुको मूल्यमा किसान र उद्योगीबीच कुरा मिलेन, प्रतिक्विन्टल १ हजार ५० रुपैयाँ माग

किसानले उत्पादन लागत र चिनीको बजार मूल्यका आधारमा प्रतिक्विन्टल १ हजार ५० रुपैयाँ मूल्य माग गरेका छन् भने सरकारले गत वर्षको तुलनामा ८ रुपैयाँ बढाएर ६२८ रुपैयाँ प्रस्ताव गरेको छ।

#उखु #किसान #प्रतिक्विन्टल
Compare →
Hamro Patro News
1w ago
सख्खरको उचित भाउ पाउने आसमा उखु पेल्दै किसान

सख्खरको उचित भाउ पाउने आसमा उखु पेल्दै किसान

दीपावली र छठ पर्व नजिकिएका छन् । यी दुवै पर्व मिष्टान्न परिकार बनाइने/खाइने पर्व हुन् । पर्वको यो परम्परा बुझेका महोत्तरीसहितका मिथिला क्षेत्रका उखु खेती गर्ने किसान अहिले धमाधम उखु पेलेर मिठ्ठा (स...

#उखु #किसान
Compare →
Onlinekhabar
1w ago
कञ्चनपुरका किसानलाई फूल टिप्न र बेच्न भ्याइनभ्याइ

कञ्चनपुरका किसानलाई फूल टिप्न र बेच्न भ्याइनभ्याइ

१७ कात्तिक,कञ्चनपुर । तिहार नजिकिएसँगै कञ्चनपुर किसानलाई सयपत्री फूल टिप्न र बिक्रीको तयारी गर्न भ्याइनभ्याइ छ । यस वर्ष तिहारअघि नै फूलको माग आउन थालेपछि किसान उत्साहित भएका छन् । विगतमा उत्पादन गरेको फूलले बजार नपाउँदा …

#किसान
Compare →

Related Stories

Business & Economy
Build #2611