Trending
Prev Story
Next Story

उखुको मूल्यमा किसान र उद्योगीबीच कुरा मिलेन, प्रतिक्विन्टल १ हजार ५० रुपैयाँ माग

Nagarik News •
November 02, 2026 • 12:02 PM
1
1 reads 0 reactions

किसानले उत्पादन लागत र चिनीको बजार मूल्यका आधारमा प्रतिक्विन्टल १ हजार ५० रुपैयाँ मूल्य माग गरेका छन् भने सरकारले गत वर्षको तुलनामा ८ रुपैयाँ बढाएर ६२८ रुपैयाँ प्रस्ताव गरेको छ।

उखुको मूल्यमा किसान र उद्योगीबीच कुरा मिलेन, प्रतिक्विन्टल १ हजार ५० रुपैयाँ माग

चालु क्रसिङ सिजनका लागि उखुको मूल्य निर्धारण गर्ने विषयमा किसान र चिनी उद्योगीबीच सहमति जुट्न नसक्दा सरकारको रोहवरमा सोमबार भएको वार्ता निष्कर्षविहीन बनेको छ। किसानले उत्पादन लागत र चिनीको बजार मूल्यका आधारमा प्रतिक्विन्टल १ हजार ५० रुपैयाँ मूल्य माग गरेका छन् भने सरकारले गत वर्षको तुलनामा ८ रुपैयाँ बढाएर ६२८ रुपैयाँ प्रस्ताव गरेको छ।

सिंहदरबारस्थित कृषि मन्त्रालयमा भएको छलफलमा किसान प्रतिनिधिले पहिले चिनीको न्यूनतम बजार मूल्य निर्धारण गरेर त्यसैका आधारमा उखुको मूल्य तोक्नुपर्ने अडान राखेका थिए। तर, चिनी उद्योगीहरू उक्त प्रस्तावमा सहमत नभएपछि वार्ता टुंगोमा पुग्न सकेन।

किसानले मलखाद, इन्धन, कृषि मजदुरको ज्याला तथा उत्पादन लागत बढेको भन्दै सरकारले प्रस्ताव गरेको मूल्यले लागतसमेत धान्न नसक्ने बताएका छन्। चिनीको बजार मूल्य र उत्पादन लागतलाई आधार बनाएर उखुको उचित मूल्य निर्धारण गर्नुपर्ने उनीहरूको माग छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ र उद्योग मन्त्रालयका प्रतिनिधिको उपस्थितिमा पहिले चिनीको न्यूनतम मूल्य निर्धारण गरी त्यसपछि कृषि मन्त्रालयमा किसान, उद्योगी र सरकारबीच त्रिपक्षीय बैठक गर्ने विकल्पमा पनि छलफल भएको थियो। तर, यसमा समेत सहमति जुट्न सकेन।

कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन महाशाखाका सहसचिव डा. हरिबहादुर केसीको अध्यक्षतामा बसेको बैठकमा मूल्य निर्धारणका विभिन्न विकल्पमाथि छलफल भए पनि दुवै पक्ष आ–आफ्नो अडानमा कायम रहे।

उखु उत्पादक संघ रौतहटका अध्यक्ष अशोक यादवले किसानको मागअनुसार मूल्य निर्धारण हुनुपर्ने अडानका कारण वार्ता निष्कर्षमा पुग्न नसकेको बताए।

किसानले वर्षभरि लगानी र मेहनत गरेर उत्पादन गरेको उखुको मूल्य समयमै निर्धारण नहुँदा खेती व्यवस्थापन र आगामी सिजनको तयारी प्रभावित हुने गरेको गुनासो गर्दै आएका छन्। उत्पादन लागत बढ्दै जानु र बिक्री गरेको उखुको रकमसमेत समयमै भुक्तानी नपाउनुले उखु खेतीप्रतिको आकर्षण घट्दै गएको उनीहरूको भनाइ छ।

उखुको उचित मूल्य निर्धारण र किसानले समयमै भुक्तानी पाउने व्यवस्था सुनिश्चित गर्ने उद्देश्यले भएको छलफलले निष्कर्ष निकाल्न नसक्दा यस वर्षको उखु खरिद मूल्य निर्धारण थप अन्योलमा परेको छ।

प्रकाशित: १६ कार्तिक २०८३ १७:४७ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1w ago
सख्खरको उचित भाउ पाउने आसमा उखु पेल्दै किसान

सख्खरको उचित भाउ पाउने आसमा उखु पेल्दै किसान

दीपावली र छठ पर्व नजिकिएका छन् । यी दुवै पर्व मिष्टान्न परिकार बनाइने/खाइने पर्व हुन् । पर्वको यो परम्परा बुझेका महोत्तरीसहितका मिथिला क्षेत्रका उखु खेती गर्ने किसान अहिले धमाधम उखु पेलेर मिठ्ठा (स...

#किसान #उखु
Compare →
Ekantipur
1w ago
गुण्डुका किसान मखमली फूल टिप्न व्यस्त

गुण्डुका किसान मखमली फूल टिप्न व्यस्त

तिहारका बेला मात्रै गुण्डुबाट मखमली र सयपत्रीका फूल ४ करोड रूपैयाँसम्मको बिक्री हुने गरेको सूर्यविनायक नगरपालिकाका प्रवक्ता रविन्द्र सापकोटाले जानकारी दिए ।

#किसान
Compare →
Onlinekhabar
5d ago
चिसो बढेपछि बेँसी झर्न थाले बाजुराका भेडापालक किसान

चिसो बढेपछि बेँसी झर्न थाले बाजुराका भेडापालक किसान

२२ कात्तिक, बाजुरा । कात्तिकः उच्च हिमाली भूभागमा अत्यधिक चिसो बढेपछि यहाँका भेडापालक किसानहरू बेँसी झर्न थालेका छन् । कात्तिक दोस्रो साताको वर्षासहित उच्च हिमाली भेगमा हिमपात भएसँगै चिसो बढेसँगै भेडाबाख्राको चरन अभाव हुने भएपछि भेडीगोठलाई …

#किसान
Compare →

Related Stories

Business & Economy
Build #2611