Trending
Prev Story
Next Story

गुण्डुका किसान मखमली फूल टिप्न व्यस्त

Ekantipur •
November 05, 2026 • 11:02 AM
1
1 reads 0 reactions

तिहारका बेला मात्रै गुण्डुबाट मखमली र सयपत्रीका फूल ४ करोड रूपैयाँसम्मको बिक्री हुने गरेको सूर्यविनायक नगरपालिकाका प्रवक्ता रविन्द्र सापकोटाले जानकारी दिए ।

गुण्डुका किसान मखमली फूल टिप्न व्यस्त

तिहारका बेला मात्रै गुण्डुबाट मखमली र सयपत्रीका फूल ४ करोड रूपैयाँसम्मको बिक्री हुने गरेको सूर्यविनायक नगरपालिकाका प्रवक्ता रविन्द्र सापकोटाले जानकारी दिए ।

भक्तपुर — तिहार नजिकिएसँगै भक्तपुर गुण्डुका किसान मखमली फूल टिप्न व्यस्त बनेका छन् । उनीहरू तिहारको भाइटीकाका लागि आवश्यक मखमली फूलको माला टिप्ने, गाँस्ने र बजार पुर्‍याउने चटारोमा छन् ।

गुण्डुका केही किसानले मखमलीसँगै सयपत्री फूलको व्यवसायिक खेती पनि गर्दै आएका छन् । यहाँ उत्पादित माला देशका मुख्य शहरहरूका साथै विदेशमा समेत पुग्ने गरेको किसानहरू बताउँछन् । किसानले उत्पादन गरेको माला किन्न व्यापारीहरू घरमै समेत पुग्न थालेका छन् । उनीहरूले प्रतिमाला २५ देखि ३० रुपैयाँसम्ममा किन्ने गरेका छन् ।

मखमली फूल तिहारको भाइटीकाको दिन दिदी-बहिनीले दाजुभाइलाई दीर्घायूको कामना गर्दै लगाइदिने गर्छन् । यहाँ फूल खेती गरेका प्रत्येक किसानले २ देखि ३ हजार माला बनाएर बेच्ने गरेको सूर्यविनायक नगरपालिकाका प्रवक्ता एवं  वडा नम्वर ७ का अध्यक्ष रविन्द्र सापकोटाले जानकारी दिए । तिहारका बेला गुण्डुबाट मात्रै मखमली र सयपत्रीका फूल ४ करोड रूपैयाँसम्मको बिक्री हुने गरेको उनको भनाइ छ ।

सुन्दर शिल्पकार कान्तिपुर मिडिया ग्रुपका भक्तपुर संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
3d ago
बाजुराका किसान गहुँ छर्न व्यस्त

बाजुराका किसान गहुँ छर्न व्यस्त

शेरबहादुर सार्की बाजुरा , कात्तिक २४ गते । बाजुराका अधिकांश किसान तिहारको समयमा पनि खेतबारीमा गहुँ छर्न व्यस्त देखिएका छन् । तिहार र गहुँ छर्ने समय एकै पटक परेकोले यतिबेला उनीहरु तिहारमा रमाउनभन्द...

#तिहार #किसान #व्यस्त
Compare →
Nagarik News
10h ago
झापाका गाउँमा हात्तीको बिगबिगी: किसानलाई बाली जोगाउनै समस्या

झापाका गाउँमा हात्तीको बिगबिगी: किसानलाई बाली जोगाउनै समस्या

मेचीनगर–४ की स्थानीय तुलसीमाया श्रेष्ठका अनुसार यस क्षेत्रमा दैनिकजसो जङ्गली हात्ती आउने गरेका छन्। प्रायः रातको समयमा आउने हात्तीका कारण किसानलाई बालीनालीको सुरक्षा गर्न समस्या हुने गरेको उनले बताइन्।

#किसान
Compare →
Bizshala
2d ago
मखमलीको मालादेखि रानीपोखरीसम्म फैलिएको भाइटीका

मखमलीको मालादेखि रानीपोखरीसम्म फैलिएको भाइटीका

काठमाण्डौ । घरको संघारमा ओखर फुटाएर, तेलको धाराले दाजुभाइलाई घेरेर र मखमलीको माला पहिर्‍याएर आज भाइटीका मनाइँदैछ।...

#मखमली
Compare →
Onlinekhabar
3d ago
अर्घाखाँचीका विद्यार्थीले उत्पादन गरेका सयपत्री फूल काठमाडौंदेखि पोखरासम्म बिक्री

अर्घाखाँचीका विद्यार्थीले उत्पादन गरेका सयपत्री फूल काठमाडौंदेखि पोखरासम्म बिक्री

२४ कात्तिक, अर्घाखाँची । सन्धिखर्क नगरपालिका अर्घाखाँचीस्थित जनता कृष्ण माध्यमिक विद्यालयका बालविज्ञान अध्ययनरत विद्यार्थीहरूले उत्पादन गरेको सयपत्री फूल र मालाले राम्रो बजार पाएको छ । विद्यार्थीहरूले मेहनत र लगनका साथ उत्पादन गरेको फूल अहिले बुटवल, काठमाडौं, …

#फूल
Compare →

Related Stories

Business & Economy
Build #2611