Trending
Prev Story
Next Story

बडीमालिकामा अलपत्र परेका एक जनाको हेलिकप्टरबाट उद्धार

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

१४ कात्तिक, बाजुरा । बाजुरामा रहेको पर्यटकीयस्थल बडीमालिकामा हिमपातपछि फसेका एक जना पर्यटकको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । भारी हिमपातपछि बडीमालिकास्थित त्रिवेणी पाटनमा फसेका कञ्चनपुरको कृष्णपुर नगरपालिका—२ बस्ने २१ वर्षका सागर कार्कीको उद्धार गरिएको जिल्ला …

बडीमालिकामा अलपत्र परेका एक जनाको हेलिकप्टरबाट उद्धार

१४ कात्तिक, बाजुरा । बाजुरामा रहेको पर्यटकीयस्थल बडीमालिकामा हिमपातपछि फसेका एक जना पर्यटकको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । भारी हिमपातपछि बडीमालिकास्थित त्रिवेणी पाटनमा फसेका कञ्चनपुरको कृष्णपुर नगरपालिका—२ बस्ने २१ वर्षका सागर कार्कीको उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

कार्की बडीमालिकाको दर्शन गरेर फर्कने क्रममा हिमपात भएपछि शुक्रबारदेखि त्रिवेणी पाटनस्थित धर्मशालामा रहेका थिए । प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले फसेका युवकको हेलिकप्टरमार्फत उद्धार गरी सदरमुकाम मार्तडीमा पुर्‍याइएको बताए । उनकाअनुसार ती युवकको स्वास्थ्य अवस्था भने सामान्य छ ।

यस्तै, बडीमालिका क्षेत्रमा सम्पर्कविहीन रहेका अर्का कञ्चरनपुरको बेदकोट नगरपालिकाको दैजी घर भएका २० वर्षका मनिष बोहराको खोजी कार्यका लागि सदरमुकामस्थित सेनाको ईश्वरीबक्स गुल्मबाट आवश्यक जनशक्तिसहित हेलिकप्टर त्यस क्षेत्रमा प्रस्थान गर्नेभएको छ । उनी बडीमालिकाबाट फिर्ता हुने बेला सम्पर्कविहीन बनेका थिए ।

यही असोज ९ गते सदरमुकाम मार्तडीबाट सम्पर्कविहीन दुईसहित पाँच जनाको टोली बडीमालिका प्रस्थान गरेको थियो । त्यसमध्ये पूर्वका तीन जना भने बडीमालिकाबाट फर्केर मार्तडी पुगिसकेका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Nagarik News
19h ago
१९ वर्षीया गर्भवतीको हवाई उद्धार, थप उपचारका लागि काठमाडौं ल्याइयो

१९ वर्षीया गर्भवतीको हवाई उद्धार, थप उपचारका लागि काठमाडौं ल्याइयो

दुर्गम क्षेत्रका जोखिममा रहेका गर्भवती तथा सुत्केरी महिलालाई समयमै उपचारको पहुँच सुनिश्चित गर्न मन्त्रालयले हवाई उद्धार कार्यक्रम सञ्चालन गर्दै आएको छ।

#उद्धार
Compare →
Hamro Patro News
1d ago
रूखका हाँगा समाउँदै उद्धार, शव ल्याउनै ६ घण्टा लाग्यो

रूखका हाँगा समाउँदै उद्धार, शव ल्याउनै ६ घण्टा लाग्यो

हेटौँडा । मकवानपुरको भीमफेदीमा बिहीबार भएको ईभी गाडी दुर्घटनामा १० जनाको मृत्यु भएको छ । सडकबाट ५०० मिटर तल भीरमा खसेको ईभीमा सवार २० जना मध्ये ६ जनाको उद्धार गरिएको छ भने १४ वटा शव फेला परेको छ ।...

#उद्धार
Compare →

Related Stories

Sports
Build #2612