वरिष्ठता मिचेर सर्वोच्च अदालतको चौथो नम्बरमा रहेका मनोजकुमार शर्मा प्रधानन्यायाधीश बन्नुको रहस्य इनम सापकोटा प्रकरणले खोल्ने देखिएको छ। प्रधानन्यायाधीशदेखि प्रधानमन्त्रीसम्म, प्रहरी प्रमुखदेखि सेनापतिसम्मका नाम जोडिएर सार्वजनिक भएको इनम प्रकरणलाई सामान्य भ्रष्टाचारको घटनाका रूपमा लिन सकिँदैन। यसले राज्यका सर्वोच्च संस्थाहरूको विश्वसनीयता र सुशासनको जगमाथि नै प्रश्न उठाएको छ।
यो प्रकरणको सबैभन्दा डरलाग्दो पक्ष के हो भने जसले छानबिन गर्नुपर्ने हो, जसले छानबिन गर्ने हो, जसले फैसला गर्नुपर्ने हो र जसले दोषीलाई कारबाही गर्नुपर्ने हो, तिनै संस्थाका उच्च पदाधिकारीहरूको नाम एउटै सन्दिग्ध सम्बन्धको धागोमा उनिएर आउन थालेको छ। आरोप र आशंकालाई नै अपराधको प्रमाण मान्न मिल्दैन। तर राज्यका प्रमुख अंगहरू नै एउटै सम्भावित सञ्जालको चर्चामा तानिएपछि त्यसलाई सामान्य रूपमा लिन पनि सकिँदैन।
Read full story at source ( barnanmedia.com )