Trending
Prev Story
Next Story

जनार्दन शर्माको प्रश्न : सरकार कसले चलाइरहेको छ ?

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

१४ कात्तिक, काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले पत्रकारहरूको गिरफ्तारी आफैं संविधानविरोधी, प्रेस स्वतन्त्रता विरोधी हर्कत भएको बताएका छन् । ‘सँगसँगै त्यस्तो गिरफ्तारी भएको कुरा प्रधानमन्त्री र प्रधानमन्त्री कार्यालयलाई थाहा छैन भनेर आएको सार्वजनिक …

जनार्दन शर्माको प्रश्न : सरकार कसले चलाइरहेको छ ?

१४ कात्तिक, काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले पत्रकारहरूको गिरफ्तारी आफैं संविधानविरोधी, प्रेस स्वतन्त्रता विरोधी हर्कत भएको बताएका छन् ।

‘सँगसँगै त्यस्तो गिरफ्तारी भएको कुरा प्रधानमन्त्री र प्रधानमन्त्री कार्यालयलाई थाहा छैन भनेर आएको सार्वजनिक अभिव्यक्तिले अझ गम्भीर बनाएको छ,’ शर्माले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सरकार कसले चलाइरहेको छ ?’

उनी अगाडि लेख्छन्, ‘चेन अफ कमान्ड किन त्यहाँभित्र छैन भन्ने गम्भीर प्रश्न उठाएको छ ।’

यस्तो अवस्थाबाट राजनीति विघटनको दिशातिर गइरहेको देखिएको भन्दै उनले लेखेका छन्, ‘हामी सबै बेलैमा सचेत हुनुपर्छ । प्रेस स्वतन्त्रता विपरीत गरिएको गिरफ्तारीको जवाफ चाहिन्छ ।’

शुक्रबार नेपाल प्रेस डटकमका पत्रकार विश्वमणि सुवेदी, डिएनए खबरका प्रधानसम्पादक धिरज बस्नेत र मोटिभेट न्युजका प्रधानसम्पादक शोभराज बराललाई प्रहरीले नियन्त्रणमा लिएको थियो । तर, चौतर्फी विरोध र आलोचना भएपछि राति उनीहरूलाई रिहा गरिएको थियो ।

सादा पोसाकका प्रहरीहरू पक्राउ पुर्जी बिना नै नेपाल प्रेस, नयाँ पत्रिका दैनिक, दियो पोष्ट लगायतका न्युजरुममा छिरेका थिए । नयाँ पत्रिकाको कार्यालयमा पुगेको प्रहरी टोली पत्रकार नवराज मैनालीलाई नियन्त्रणमा लिन करिब ३ घण्टासम्म त्यहाँ बसेको थियो ।

शुक्रबार कार्यालय समय सकिएपछि र शनिबार र आइतबार लगातार दुई दिन सार्वजनिक बिदा पर्नुअघि पत्रकारलाई नियन्त्रणमा लिने समय पारिएकाले यसलाई पत्रकार त्रसित बनाउने नियतका रूपमा सरोकारवालाहरूले लिएका छन् ।

नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिल नेपाल र सबैज्सँे राजनीतिक दलहरूले यस्त्ँे कार्यलाई ‘प्रेस स्वतन्त्रता र संविधानमाथिको गम्भीर प्रहार’ भन्दै आपत्ति जनाएका छन् ।

यही क्रममा पूर्वमन्त्री समेत रहेका प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता शर्माले पनि पत्रकारहरूको गिरफ्तारी आफैं संविधानविरोधी, प्रेस स्वतन्त्रता विरोधी हर्कत भएको बताएका हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
1w ago
शर्माको प्रश्न : पत्रकार साथीहरू, तपाईंहरू सुरक्षित हुनुहुन्छ ?

शर्माको प्रश्न : पत्रकार साथीहरू, तपाईंहरू सुरक्षित हुनुहुन्छ ?

नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले देशमा प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षामाथि प्रश्न उठाउँदै पत्रकारहरूलाई निर्भयतापूर्वक समाचार लेख्न सक्ने वातावरण छ कि छैन भनेर प्रश्न गरेका छन्।

#शर्मा #प्रेस #स्वतन्त्रता
Compare →
Hamro Patro News
5d ago
१० वर्षअघिको ‘उज्यालो नेपाल अभियान’ सम्झँदै जनार्दन शर्माले भने– सबैको साझा प्रयासको परिणाम

१० वर्षअघिको ‘उज्यालो नेपाल अभियान’ सम्झँदै जनार्दन शर्माले भने– सबैको साझा प्रयासको परिणाम

काठमाडौँ- पूर्वऊर्जामन्त्री जनार्दन शर्माले ‘उज्यालो नेपाल अभियान’ सुरु भएको १० वर्ष पूरा भएको अवसरमा अभियानलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान गर्ने सम्पूर्ण नेपालीप्रति आभार व्यक्...

#शर्मा #जनार्दन
Compare →
Ekantipur
6d ago
गण्डकी खेलकुद परिषद्का सदस्यसचिव शर्मा बर्खास्त

गण्डकी खेलकुद परिषद्का सदस्यसचिव शर्मा बर्खास्त

खेलकुद पदक तथा नगद पुरस्कार वितरणमा अनियमितता गरेको र निर्धारित प्रक्रियाविपरीत काम गरेको आरोपमा छानबिनमा परेका शर्मालाई मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले बर्खास्त गर्ने निर्णय गरेको हो ।

#शर्मा
Compare →

Related Stories

Politics & Governance
Build #2611