पोखराको फेवातालदेखि मुस्ताङको मुक्तिनाथ, मनाङको तिलिचो र घलेगाउँसम्मका गन्तव्यमा चाडपर्वका बेला परिवारसँग घुमफिर गर्न सकिन्छ ।
काठमाडौँ — चाडपर्वको समयमा तपाईं परिवारसँग कम बजेट र थोरै समयमा धेरै ठाउँतिर घुमफिर र रमाइलो गर्ने योजनामा हुनुहुन्छ?
त्यसो भए तपाईंको रोजाइमा गण्डकी प्रदेशका यी गन्तव्यहरू पर्न सक्छन् । सेताम्मे हिमाल, सुन्दर ताल, पहाडको हरियाली, मौलिक संस्कृति र धार्मिक आस्थाले भरिएको प्रदेश हो– गण्डकी ।
पोखराको फेवातालदेखि मुस्ताङको मुक्तिनाथ, मनाङको तिलिचोदेखि घलेगाउँको ग्रामीण पर्यटनसम्म गण्डकीमा पर्यटकका लागि उत्कृष्ट गन्तव्यहरूको कमी छैन ।
कान्तिपुर टेलिभिजनको भिडियो रिपोर्ट ।
भुपाल गुरुङ कान्तिपुर मिडिया ग्रुपका कास्की संवाददाता हुन् ।