Trending
Prev Story
Next Story

मेटाको ‘एडिट्स प्लस’ सब्स्क्रिप्सन प्याकेज : २०० जीबी क्लाउड स्टोरेज र एआई टूल्सको थप पहुँच पाइने

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

फेसबुक र इन्स्टाग्रामको मातृ कम्पनी मेटाले आफ्नो भिडियो एडिटिङ एप ‘एडिट्स’ का लागि ‘एडिट्स प्लस’ नामक नयाँ पेड सब्स्क्रिप्सन प्याकेज ल्याउने तयारी गरेको छ।यस सब्स्क्रिप्सनमार्फत प्रयोगकर्ताहरूले थप क्लाउड स्टोरेजका साथै जनरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) औजारहरूको …

मेटाको ‘एडिट्स प्लस’ सब्स्क्रिप्सन प्याकेज : २०० जीबी क्लाउड स्टोरेज र एआई टूल्सको थप पहुँच पाइने

फेसबुक र इन्स्टाग्रामको मातृ कम्पनी मेटाले आफ्नो भिडियो एडिटिङ एप ‘एडिट्स’ का लागि ‘एडिट्स प्लस’ नामक नयाँ पेड सब्स्क्रिप्सन प्याकेज ल्याउने तयारी गरेको छ।यस सब्स्क्रिप्सनमार्फत प्रयोगकर्ताहरूले थप क्लाउड स्टोरेजका साथै जनरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) औजारहरूको अझ धेरै प्रयोग गर्न पाउनेछन्।

मेटाले गत महिना आफ्ना विभिन्न थप सेवाहरू (एड–अन सर्भिसेज) विस्तार गर्ने क्रममा यो सब्स्क्रिप्सनको सङ्केत दिएको थियो। हालै कम्पनीले यस ‘एडिट्स प्लस’ मा उपलब्ध हुने सुविधाहरूबारे थप विवरणहरू सार्वजनिक गरेको छ।

‘एडिट्स प्लस’ मा पाइने मुख्य सुविधाहरू

इन्स्टाग्रामको पर्सनल वा प्रोफेसनल/क्रिएटर अकाउन्ट भएका प्रयोगकर्ताहरूले एडिट्स मोबाइल एपमार्फत यसको सब्स्क्रिप्सन लिन सक्नेछन्।

हालका लागि मेटाले सूचीबद्ध गरेको प्रमुख सुविधा २०० जीबीको क्लाउड स्टोरेज हो। यसको मद्दतले क्रिएटरहरूले आफ्ना भिडियो प्रोजेक्टहरू सिङ्क, ब्याकअप र विभिन्न मोबाइल डिभाइसहरू (जस्तै– आईओएसबाट आईओएस वा एन्ड्रोइडबाट एन्ड्रोइड) बिच सहजै पहुँचयोग्य बनाउन सक्नेछन्।

भिडियो एडिट गर्दा प्रयोग गरिने एआई फिचरहरू (जस्तै– अटो–क्याप्सन, ब्याकग्राउन्ड भिजुअल, भ्वाइस इन्हान्सर आदि) को प्रयोग सीमा बढ्नेछ।

मेटाले हालसम्म यस सब्स्क्रिप्सनको मूल्य भने सार्वजनिक गरेको छैन।

इन्स्टाग्रामका प्रमुख आदम मोसेरीका अनुसार, एआई प्रविधि र प्रणालीहरू सञ्चालन गर्न लाग्ने अपरेटिङ कस्ट्सका कारण मेटाले एडिट्स एपका केही प्रिमियम फिचरहरूका लागि शुल्क लिनुपरेको हो।

मेटाका अनुसार यो ‘एडिट्स प्लस’ सुविधा केवल एडिट्स मोबाइल एपमार्फत मात्र उपलब्ध हुनेछ र सुरुमा यसलाई लिमिटेड टेस्टिङका रूपमा सार्वजनिक गरिनेछ।

समयक्रमसँगै पैसा तिर्ने प्रयोगकर्ताहरूलाई आकर्षित गर्न मेटाले यस प्याकेजमा थप नयाँ र अत्याधुनिक फिचरहरू जोड्दै जाने योजना बनाएको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
3w ago
एआईमा बढ्दो खर्च र २५ अर्ब डलर जरिवानाका कारण मेटाको शेयर मूल्य घट्यो

एआईमा बढ्दो खर्च र २५ अर्ब डलर जरिवानाका कारण मेटाको शेयर मूल्य घट्यो

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) विस्तारमा भइरहेको भारी खर्च र सोबाट प्राप्त हुने लाभबारे लगानीकर्ताहरूले लेखाजोखा गरिरहँदा सामाजिक सञ्जाल फेसबुकको मातृ कम्पनी मेटा प्लेटफर्म्सको शेयर मूल्...

#मेटा #एआई
Compare →
Bizshala
2w ago
एडिबिएल स्मार्ट प्लस एपबाट डिसहोमका सेवाहरू नवीकरण गर्न सकिने

एडिबिएल स्मार्ट प्लस एपबाट डिसहोमका सेवाहरू नवीकरण गर्न सकिने

काठमाण्डौ । कृषि विकास बैंकका ग्राहकहरूले अब बैंकको ‘एडिबिएल स्मार्ट प्लस’ मोबाइल एपमार्फत डिसहोमका विभिन्न सेवाहरू...

#प्लस
Compare →
Nagarik News
4w ago
मेटाको सेयर घट्दा जुकरबर्गले दुई दिनमै गुमाए २० अर्ब डलर

मेटाको सेयर घट्दा जुकरबर्गले दुई दिनमै गुमाए २० अर्ब डलर

फेसबुकको मातृ कम्पनी मेटाको सेयरमा गिरावट आएपछि कम्पनीका सिइओ मार्क जुकरबर्गले सोमबार करिब ११ अर्ब डलर गुमाएका छन्।

#मेटा
Compare →

Related Stories

Technology
Build #2611