Trending
Prev Story
Next Story

मेटाको सेयर घट्दा जुकरबर्गले दुई दिनमै गुमाए २० अर्ब डलर

Nagarik News •
October 13, 2026 • 06:20:04 PM
1
1 reads 0 reactions

फेसबुकको मातृ कम्पनी मेटाको सेयरमा गिरावट आएपछि कम्पनीका सिइओ मार्क जुकरबर्गले सोमबार करिब ११ अर्ब डलर गुमाएका छन्।

मेटाको सेयर घट्दा जुकरबर्गले दुई दिनमै गुमाए २० अर्ब डलर

फेसबुकको मातृ कम्पनी मेटाको सेयरमा गिरावट आएपछि कम्पनीका सिइओ मार्क जुकरबर्गले दुई दिनमै गुमाए २० अर्ब डलर गुमाएका छन्।

उनले सोमबार नै करिब ११ अर्ब डलर गुमाए। कृत्रिम बौद्धिकता (एआई) मा भइरहेको ठूलो खर्चलाई लिएर लगानीकर्तामा देखिएको चिन्ताका कारण मेटाको सेयर घटेको हो।

फोर्ब्सको रियल टाइम अर्बपति सूचीअनुसार सोमबार जुकरबर्गको सम्पत्ति १०.९ अर्ब डलर अर्थात् ४.२३ प्रतिशतले घटेर २४६.७ अर्ब डलरमा झरेको छ। यससँगै उनको सम्पत्ति २५० अर्ब डलरभन्दा तल पुगेको छ।

शुक्रबार पनि जुकरबर्गको सम्पत्ति ८.९ अर्ब डलर घटेको थियो। गोल्डम्यान स्याक्सले मेटाजस्ता कम्पनीले एआईमा गरेको लगानीबाट लागत बराबर गर्न वार्षिक करिब ३०० अर्ब डलरको एआई सेवा आम्दानी गर्नुपर्ने र उल्लेख्य नाफाका लागि १ ट्रिलियन डलर आम्दानी आवश्यक पर्ने चेतावनी दिएको थियो।

यसरी दुई दिनमा जुकरबर्गको सम्पत्ति करिब २० अर्ब डलरले घटेको छ।

एआई क्षेत्रमा आफ्नो व्यवसाय विस्तार गर्ने योजनाअन्तर्गत मेटाले सोमबार मंगोडीबीका सिइओ चिरन्तन ‘सीजे’ देसाईलाई नयाँ प्रमुख इन्टरप्राइज प्लेटफर्म अधिकृत नियुक्त गरेको छ। उनले कम्पनी र डेभलपरका लागि मेटाका एआई मोडल, एआई एजेन्ट, कोडिङ उपकरण र एपीआई बिक्री गर्ने नयाँ व्यवसायको नेतृत्व गर्नेछन्।

सोमबार दिउँसो १२ बजेसम्म मेटाको सेयर ४ प्रतिशतभन्दा बढी घटेर प्रतिकित्ता ७१९.४४ डलरमा कारोबार भइरहेको थियो। देसाईको नियुक्तिको खबरपछि मंगोडीबीको सेयर पनि १८ प्रतिशतभन्दा बढी घटेर ३३४.५३ डलरमा कारोबार भइरहेको थियो।

यसअघि सेप्टेम्बरमा मेटाको सेयर करिब ३६ प्रतिशतले बढेको थियो। नयाँ एआई सहायक ‘म्युज’ सार्वजनिक भएपछि लगानीकर्तामा देखिएको उत्साहले पनि सेयर बढ्न सहयोग गरेको थियो। म्युजले सार्वजनिक भएको पहिलो दुई सातामै २८ लाख डाउनलोड पाएको थियो।

तर, एआई पूर्वाधारमा कम्पनीहरूले ठूलो रकम खर्च गर्नुपर्ने विषयमा गोल्डम्यान स्याक्सले चिन्ता व्यक्त गरेपछि मेटासहित माइक्रोसफ्ट, अल्फाबेट, अमेजन र ओरेकलले एआईमा गरिरहेको ठूलो लगानीबाट पर्याप्त आम्दानी गर्न सक्ने हुन् कि होइनन् भन्ने प्रश्न उठेको छ।

मेटाले सन् २०२६ मा एआईसहितका पूर्वाधारमा १४५ अर्ब डलरसम्म खर्च गर्ने अनुमान गरिएको छ। यही ठूलो लगानीबाट पर्याप्त प्रतिफल आउने हो कि होइन भन्ने विषय लगानीकर्ताको मुख्य चिन्तामध्ये एक बनेको छ।

मेटाको सेयरमा हुने उतारचढावले जुकरबर्गको व्यक्तिगत सम्पत्तिमा पनि ठूलो प्रभाव पार्छ। फोर्ब्सका अनुसार जुकरबर्गसँग मेटाको करिब १३ प्रतिशत सेयर रहेको छ।

प्रकाशित: १३ आश्विन २०८३ ०९:०० मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
3d ago
जेन्सेन ह्वाङले ३० मिनेटमै गुमाए ७.४ अर्ब डलर, फोर्ब्सको धनीहरूको सूचीमा दुई स्थान तल झरे

जेन्सेन ह्वाङले ३० मिनेटमै गुमाए ७.४ अर्ब डलर, फोर्ब्सको धनीहरूको सूचीमा दुई स्थान तल झरे

एनभिडियाका सीईओ जेन्सेन ह्वाङले सोमबार ३० मिनेटको कारोबारमा ७.४ अर्ब डलर गुमाएका छन्। लगभग १५४ अर्ब डलर खुद सम्पत्ति रहेका ह्वाङ, फोर्ब्सको अर्बपति वरीयतामा बर्कसायर हाथवेका वारेन बफेट र ओराकलका ल्यारी एलिसनभन्दा पछाडि पर्दै आठौँबाट दसौँ …

#गुमाए #डलर
Compare →
Arthasansar
4d ago
डलर स्थिर, युरो र पाउण्ड घट्दा कुन देशको विनिमयदर कति ?

डलर स्थिर, युरो र पाउण्ड घट्दा कुन देशको विनिमयदर कति ?

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४९...

#डलर #घट्दा
Compare →
Hamro Patro News
1w ago
खर्बौं डलर गुमाएपछि एआई र प्रविधि कम्पनीका सेयरमा सुधार

खर्बौं डलर गुमाएपछि एआई र प्रविधि कम्पनीका सेयरमा सुधार

काठमाडौं : विश्व सेयर बजारमा खर्बौं डलरको मूल्य गुमेपछि कृत्रिम बुद्धिमत्ता (एआई) तथा प्रविधि क्षेत्रका कम्पनीहरूको सेयर मूल्य पुनः उकालो लाग्न थालेको छ । अमेरिकामा बिहीबार सुरु भएको ठूलो सेयर बिक...

#डलर #गुमाए
Compare →
Bizshala
1d ago
अमेरिकी डलरको भाउ घट्यो, कति छ खरिद–बिक्रीदर ?

अमेरिकी डलरको भाउ घट्यो, कति छ खरिद–बिक्रीदर ?

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।जसअनुसार अघिल्लो दिनको तुलनामा...

#डलर
Compare →

Related Stories

National (Nepal)
Build #2611