Trending
Prev Story
Next Story

रास्वपा सांसद भन्छन्– न्यायाधीशहरूउपर अब महाभियोगतर्फ किन नजाने ?

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

१४ कात्तिक, काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजिव खत्रीलेले सर्वोच्च अदालतका न्यायाधीशबारे प्रश्न उठेपछि महाभियोगतर्फ जानुपर्ने बताएका छन् । विवादास्पद विचौलिया इनम सापकोटासँग सर्वोच्च अदालतका न्यायाधीशहरूको सम्बन्ध र म्यासेज आदानप्रदान भएको विषय बाहिरिएपछि …

रास्वपा सांसद भन्छन्– न्यायाधीशहरूउपर अब महाभियोगतर्फ किन नजाने ?

१४ कात्तिक, काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजिव खत्रीलेले सर्वोच्च अदालतका न्यायाधीशबारे प्रश्न उठेपछि महाभियोगतर्फ जानुपर्ने बताएका छन् ।

विवादास्पद विचौलिया इनम सापकोटासँग सर्वोच्च अदालतका न्यायाधीशहरूको सम्बन्ध र म्यासेज आदानप्रदान भएको विषय बाहिरिएपछि सार्वजनिक रुपमै प्रश्न उठेको छ ।

यसबारे सांसद खत्रीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रधानमन्त्रीको प्रतिनिधि हुँ भन्ने दाबी पुष्टि नभएको व्यक्तिसँग श्रीमानहरूले किन सम्पर्क गरे ?’

इनमसापकोटाको मोबाइल तथा विद्युतीय उपकरणबाट प्रधानन्यायाधीश, न्यायाधीशहरू तथा प्रहरीका उच्च अधिकारीहरूसँगको संवाद र कारोबारका विवरणहरू पनि सार्वजनिक भएका छन् ।

सापकोटासँग सात जना न्यायाधीशले सामूहिक भेटेको विषय पनि आएको छ ।

यस सन्दर्भमा सांसद खत्री लेख्छन्, ‘विचाराधीन मुद्दासँग सम्बन्धित भनिएको सन्देशबारे छलफल गर्न होटलमा भेट्नु किन उपयुक्त ठानियो ?’

न्यायपालिकाको निष्पक्षता, न्यायिक आचरण र इजलास गठनको पारदर्शितामा उठेका प्रश्नहरूबारे प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले सर्वोच्च अदालतका सम्पूर्ण न्यायाधीशहरूको पूर्ण बैठक (फुलकोर्ट) बोलाएर छलफल गरिसकेका छन् ।

यस पृष्ठभूमिमा रास्वपा सांसद खत्रीले सर्वोच्च अदालतका न्यायधीशबारे उठेको प्रश्न अब महाभियोगतर्फ किन नजाने ? भनेर सामाजिक सञ्जालमै लेखेका हुन् ।

‘रोहित गुप्ताको मुद्दाबारे वास्तवमा के कुराकानी भएको थियो र श्रीमानहरूले त्यसमा कस्तो प्रतिक्रिया जनाएका थिए ?, सापकोटाको गतिविधि अनुचित रहेको शंका श्रीमानलाई कहिले लाग्यो र त्यसपछि उनले के गरे ?’ खत्री लेख्छन्, ‘अब महाभियोगतर्फ किन नजाने ?’

यसअघि, रास्वपा सांसद यज्ञमणि न्यौपानेले पनि सर्वोच्च अदालतका न्यायधीशबारे उठेको प्रश्न अब संसद्को विषय बन्नुपर्ने बताएका थिए ।

‘सबैले सोध्नुहुन्छ अब के हुन्छ ?’ भन्दै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘न्यायालयको अन्तिम थलो र शान्ति सुरक्षाको अन्तिम आशाको केन्द्र प्रहरीको शिर माथि नै अर्नब चक्रवात उत्पन्न भएजस्तो गरी प्रश्न उठेको बेला प्रतिनिधिसभाले छलफल गर्ने विषय बन्नुपर्छ ।’

सार्वभौमिकताको अन्तिम अस्त्र नै प्रतिनिधिसभा भएको उल्लेख गर्दै उनले पछिल्लो  अवस्थाका सम्बन्धमा प्रतिनिधिसभा अन्देख भएर बस्न नमिल्ने बताएका छन् ।

आवश्यक परे संसद् अधिवेशन माग गनुपर्ने उनको आग्रह छ ।

अहिलेकै जस्तो परिस्थितिमा प्रतिनिधि सभाको अधिवेशन चालु नभएको अवस्थामा प्रतिनिधिसभाका एक चौथाई सदस्यले अधिवेशन आह्वानका लागि माग गरेमा १५ दिनभित्र बैठक बस्न सक्ने संवैधानिक प्रावधानको प्रयोग गर्नुपर्ने उनको आग्रह छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
7h ago
रास्वपाका २० सांसद चीन जाँदै, बीआरआईदेखि आर्थिक सहयोगसम्मका एजेन्डा राख्न प्रधानमन्त्रीको निर्देशन

रास्वपाका २० सांसद चीन जाँदै, बीआरआईदेखि आर्थिक सहयोगसम्मका एजेन्डा राख्न प्रधानमन्त्रीको निर्देशन

बीआरआईमार्फत ऋणका रूपमा विमानस्थललगायतका आयोजनाका लागि दिइएका रकमलाई अनुदानमा कसरी परिवर्तन गर्न सकिन्छ, त्यो विषय राख्नुहोला : वालेन्द्र शाह, प्रधानमन्त्री

#सांसद #रास्वपा
Compare →
Hamro Patro News
12h ago
बालेन सरकार पाँच वर्ष चल्छ, रास्वपा कुनै हालतमा फुट्दैन : सांसद जोशी

बालेन सरकार पाँच वर्ष चल्छ, रास्वपा कुनै हालतमा फुट्दैन : सांसद जोशी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद एवं नेता जगतप्रसाद जोशीले वर्तमान बालेन नेतृत्वको सरकार पूरा पाँच वर्ष चल्ने दाबी गरेका छन् । रिपोर्टर्स क्लब नेपालद्वारा आयोजित साक्षात्कार...

#सांसद #रास्वपा
Compare →
Bizshala
14h ago
सरकारले दियो सोमबारपनि सार्वजनिक बिदा

सरकारले दियो सोमबारपनि सार्वजनिक बिदा

काठमाण्डौ । सरकारले छठ पर्वका अवसरमा थप एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। यसअघि कात्तिक २९ गते आइतबार...

#कात्तिक #काठमाडौं
Compare →

Related Stories

Politics & Governance
Build #2612