Trending
Prev Story
Next Story

अविरल वर्षाले बेथानचोकमा दुई घर र गोठमा क्षति

Nagarik News •
October 31, 2026 • 06:06 AM
1
1 reads 0 reactions

अविरल वर्षाका कारण काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका ४ खहरे खोलामा ग्राबेलसहितको लेदोमाटो बग्दा दुई घर र एउटा गोठमा क्षति पुगेको छ।

अविरल वर्षाले बेथानचोकमा दुई घर र गोठमा क्षति

अविरल वर्षाका कारण काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका ४ खहरे खोलामा ग्राबेलसहितको लेदोमाटो बग्दा दुई घर र एउटा गोठमा क्षति पुगेको छ।

आज बिहान लेदोमाटो बगेर स्थानीय शेरबहादुर तामाङको ढुङ्गा माटोले बनेको जस्ताको छानो भएको एकतले घर पुरिएको हो। घरको जस्ता मात्र देखिने गरी लेदो माटोले पुरेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए।

सोही स्थानमा रहेका शेरबहादुरकै नजिकको अर्को तीनतले घर र स्थानीय हर्कबहादुर तामाङको तीनतले घरसमेत लेदोसहितको पानी पसेको छ। हर्कबहादुरको घरनजिक रहेको जस्तापाता र काठले बनेको गोठ पूर्ण रूपमा क्षति भएको छ।

घटनामा मानवीय तथा चौपायाको क्षति नभएको र दुवै परिवारका आठ आठ गरी १६ जनालाई सुरक्षित स्थानमा सारिएको प्रहरी नायब उपरीक्षक विष्टले जानकारी दिए। घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी खोपासीबाट खटिएको प्रहरी टोलीले दुवै परिवारलाई आफन्तको घरमा सुरक्षित स्थानमा स्थानान्तरण गरेको थियो।

प्रकाशित: १४ कार्तिक २०८३ ११:५१ शनिबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
4d ago
गण्डकीमा वर्षा र बाढीपछिको पुनः निर्माण योजना बनाउन उच्चस्तरीय समिति गठन

गण्डकीमा वर्षा र बाढीपछिको पुनः निर्माण योजना बनाउन उच्चस्तरीय समिति गठन

पोखरा । गत असोज महिनाको अविरल वर्षा र बाढीपहिरोले गण्डकीका अधिकांश जिल्लामा ठूलो क्षति भयो । खासगरी पर्वत, म्याग्दी, बागलुङ सहित लमजुङ, मनाङ लगायत जिल्लामा बढी क्षति भयो । धेरै धनजनको क्षति उक्त बा...

#क्षति #वर्षा
Compare →
Arthasansar
3d ago
हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

मंगलबार देशका केही स्थानमा वर्षा हुनेछ । हिमाली भूभागका एकदुई स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको हो ।  नेपाल मौसम विज्ञान...

#वर्षा
Compare →
Ekantipur
4d ago
खर्कमा बढ्यो चिसो, गोठले भरियो घिम्चे फाँट

खर्कमा बढ्यो चिसो, गोठले भरियो घिम्चे फाँट

मौसमअनुसार लेक र बेंसी ओहोरदोहोर गर्ने गुरुङ समुदायको पुस्तौंदेखिको जीवनशैली घट्दो पशुपालनबीच पनि जीवित छ।

#गोठ
Compare →
Bizshala
7h ago
आइतबारदेखि फेरि मौसम बिग्रिने संकेत: पाँच प्रदेशमा वर्षा र हिमपातको सम्भावना, धानबाली जोगाउन किसानलाई सुझाव

आइतबारदेखि फेरि मौसम बिग्रिने संकेत: पाँच प्रदेशमा वर्षा र हिमपातको सम्भावना, धानबाली जोगाउन किसानलाई सुझाव

काठमाण्डौ । तिहारको भाइटीकाका दिन वर्षा भएपछि चिसो बढेको देशका विभिन्न भागमा आइतबारदेखि फेरि मौसम बदली हुने सम्भावना...

#वर्षा
Compare →
Onlinekhabar
18h ago
गुल्मीमा असिना पानीले धानबालीमा क्षति

गुल्मीमा असिना पानीले धानबालीमा क्षति

२७ कात्ति, गुल्मी । धान भित्र्याउने तयारीमा रहेका गुल्मीका किसानलाई तिहारको भाइटीकाको दिन परेको असिनापानीले निराश बनाएको छ । असिनापानीका कारण जिल्लाको इस्मा गाउँपालिका–१ भराह, गुर्वामा पाक्न लागेको धानबालीमा ठूलो क्षति पुगेको छ । गुर्वामा मात्रै …

#क्षति
Compare →

Related Stories

Technology
Build #2611