Trending
Prev Story
Next Story

कुलेखानी जलाशय भरिँदै, तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

Nagarik News •
October 31, 2026 • 05:55 AM
1
1 reads 0 reactions

लगातारको वर्षाले कुलेखानी जलाशय भरिन लागेसँगै तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ।

कुलेखानी जलाशय भरिँदै, तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

लगातारको वर्षाले कुलेखानी जलाशय भरिन लागेसँगै तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ।

जलाशयमा पानीको सतह एक हजार ५२७ दशमलव ९३ मिटर पुगेको छ। जलाशयको अधिकतम भण्डारण क्षमता एक हजार ५३० मिटर हो।

कुलेखानी प्रथम जलविद्युत् केन्द्रका प्रमुख प्रह्लाद राउतका अनुसार जलाधार क्षेत्रमा निरन्तर भारी वर्षा भइरहेकाले जलाशयको सतह तीव्र गतिमा बढिरहेको छ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जलाशयको सतह केही घण्टामै एक हजार ५२८ मिटर नाघ्न सक्ने भएकाले तल्लो तटीय क्षेत्र तथा नदीकिनार आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।

साथै, उनले नदी किनारबाट टाढा अग्लो र सुरक्षित स्थानमा बस्न तथा आयोजनाबाट जारी सूचना र मोबाइलमा प्राप्त हुने एसएमएसमा उल्लेखित निर्देशन पालना गर्न अनुरोध गरेका छन्।

जलविद्युत् केन्द्रले चेतावनी जारी गरेको छ। जलाशयको सतह सन्तुलित राख्न बाँधका ढोका खोल्नुपर्ने अवस्थामा चेतावनीको साइरन बजाइने केन्द्रका प्रमुख राउतले बताए। उनले देउराली–सिस्नेरी सडकखण्ड प्रयोगमा  पनि सावधानी अपनाउन आग्रह गरेका छन्।

प्रकाशित: १४ कार्तिक २०८३ ११:४० शनिबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
1w ago
कुलेखानी जलाशयमा जलसतह बढ्दै, बागमती नदीको तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

कुलेखानी जलाशयमा जलसतह बढ्दै, बागमती नदीको तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

सर्लाही । कुलेखानी (इन्द्रसरोवर) जलाशयको जलसतह बढ्दै गएपछि बागमती नदी आसपासका बस्ती तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय सर्लाहीलेआग्रह गरेको छ। जि...

#जलाशय #कुलेखानी #तटीय
Compare →
Ekantipur
1w ago
कुलेखानी जलाशयको सतह बढ्यो, राैतहटको बागमती तटीय क्षेत्रमा उच्च सतर्कता

कुलेखानी जलाशयको सतह बढ्यो, राैतहटको बागमती तटीय क्षेत्रमा उच्च सतर्कता

लगातारको वर्षाले कुलेखानी जलाशयको सतह बढेपछि सिस्नेरी खोला र बागमती नदी किनारमा बसोबास गर्नेहरूलाई प्रशासनले सुरक्षित रहन सचेत गराएको छ।

#जलाशय #कुलेखानी #तटीय
Compare →
Arthasansar
2w ago
'अर्नब' चक्रवातको प्रभाव - लुम्बिनीका ७ जिल्लामा उच्च सतर्कता अपनाउन आग्रह

'अर्नब' चक्रवातको प्रभाव - लुम्बिनीका ७ जिल्लामा उच्च सतर्कता अपनाउन आग्रह

अर्नब चक्रवातको प्रभावले लुम्बिनी प्रदेशका सात जिल्ला बढी प्रभावित हुने पूर्वानुमान गरिएको छ । बङ्गालको खाडीबाट उत्पन्न भई भारतीय भूमि हुँदै...

#सतर्कता #अपनाउन
Compare →
Onlinekhabar
6d ago
आँखामा नीलो जलाशय, मनमा अविस्मरणीय यात्रा

आँखामा नीलो जलाशय, मनमा अविस्मरणीय यात्रा

१९ कात्तिक, काठमाडौं । केही ठाउँ यस्ता हुन्छन्, जहाँ शरीरभन्दा पहिले मन पुग्छ । मनले त्यहाँको सुन्दर आकृति बनाउँछ । अनि मनैले भन्छ, ‘त्यो ठाउँ वास्तवमै सुन्दर छ ।’ मनले कल्पेको यस्तै गन्तव्यमा जब पाइला टेकिन्छ …

#जलाशय
Compare →
Bizshala
2w ago
अर्णव चक्रवात अति गम्भीर आँधीमा परिणत, विशेष सतर्कता अपनाउन आग्रह

अर्णव चक्रवात अति गम्भीर आँधीमा परिणत, विशेष सतर्कता अपनाउन आग्रह

काठमाडौं। भारतको पश्चिम–मध्य बंगालको खाडीमा बनेको चक्रवात ‘अर्णव’ अति गम्भीर चक्रवाती आँधीमा परिणत भएको छ। यो आँधी...

#सतर्कता #अपनाउन
Compare →

Related Stories

Technology
Build #2611