Trending
Prev Story
Next Story

दसैंको दोस्रो दिन पनि रोकिएन बिदेसिने युवाको लर्को, रोजगारीको खोजीमा बिदेसिँदै नेपाली

Ekantipur •
October 22, 2026 • 12:36 PM
1
1 reads 0 reactions

परिवारसँग दसैं मनाउने रहरभन्दा रोजगारी र भविष्यको चिन्ताले नेपाली युवायुवती बिदेसन बाध्य छन् ।

दसैंको दोस्रो दिन पनि रोकिएन बिदेसिने युवाको लर्को, रोजगारीको खोजीमा बिदेसिँदै नेपाली

परिवारसँग दसैं मनाउने रहरभन्दा रोजगारी र भविष्यको चिन्ताले नेपाली युवायुवती बिदेसन बाध्य छन् ।

काठमाडौँ — दसैँमा पनि रोजगारी, अध्ययन तथा अन्य विभिन्न कामका सिलसिलामा विदेसिने क्रम जारी छ ।

दसैँको उल्लास, पारिवारिक भेटघाट र मान्यजनबाट टीका तथा जमरा ग्रहण गर्ने चटारो चलिरहेका बेला पनि आफ्नो भविष्य निर्माण र परिवारको आर्थिक अवस्था सुधार्ने उद्देश्यले सयौँ नेपाली युवायुवती विदेश प्रस्थान गरिरहेका छन् ।

काठमाडौँस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज पनि विदेश जाने यात्रुको भीडभाड त्यत्तिकै देखिन्छ । विमानस्थल हुँदै विभिन्न देशका लागि प्रस्थान गर्ने नेपालीमध्ये अधिकांश रोजगारीको खोजीमा विदेश जाने युवायुवती देखिन्छन् । यसका साथै उच्च शिक्षा हासिल गर्न, परिवारका सदस्यलाई भेट्न तथा अन्य व्यक्तिगत कामका लागि विदेश जाने नेपाली पनि विमानस्थलमा देखिएको छ ।

चाडपर्वका बेला परिवारसँग बसेर खुसी साटासाट गर्ने, आफन्त तथा इष्टमित्रसँग भेटघाट गर्ने र मान्यजनबाट आशीर्वाद लिने नेपाली परम्परा छ । तर केही वर्षदेखि रोजगारी, आर्थिक अवसर र सुनौलो भविष्यको खोजीमा बिदेसिने युवाको संख्या बढ्दो छ ।

अन्तर्राष्ट्रिय विमानस्थलमा देखिने युवाको भीडले नेपाली समाजको बदलिँदो आर्थिक तथा सामाजिक अवस्थालाई चित्रण गर्छ । आफ्नै गाउँघर, सहर–बजार अर्थात् स्वदेशमा अध्ययन तथा पेसा–व्यवसाय गर्न छोडेर विदेशतर्फ आकर्षित हुने आमप्रवृत्तिका कारण गाउँघर रित्तो भई खेतबारी बाँझिएको अवस्था छ ।

यसैबीच, रोजगारीका लागि विदेसिन लागेका सिरहाका लखनकुमार यादवले नेपालमा पर्याप्त रोजगारीका अवसर नहुँदा विदेश जान बाध्य भएको बताए । उनले भने, 'योग्यता र क्षमताअनुसारको काम स्वदेशमै पाउने सुनिश्चित भइदिएको भए दसैँको बीचमा परिवार छाडेर विदेश जाने मन थिएन । आफूसहित परिवारको भविष्यका लागि विदेश जाँदैछु ।'

शिक्षा, स्वास्थ्यको व्यवस्थासहित परिवारको दैनिकी चलाउने, आर्थिक अवस्था सुधार्ने र भविष्यका लागि केही बचत गर्ने उद्देश्यले नेपाली युवा विदेसिने गरेको उनको भनाइ छ ।

विमानस्थलमै भेटिएका गुल्मीका प्रकाश खत्री स्वदेशमा पर्याप्त रोजगारीका अवसर सिर्जना नहुँदा आफ्नो भविष्य निर्माणका लागि युवा पुस्ताको विदेश रोजाइ हुने गरेको  बताउँछन् ।

'नेपालमा रोजगारीको अवसर नभएको, भएपनि सेवासुविधा न्यून रहेको र एकाधबाहेक विदेश जानेहरुको आर्थिक, शैक्षिक तथा सामाजिक हैसियत राम्रो देखिएकाले चाडपर्वमा रमाउने भन्दा पनि सुनौलो भविष्यका लागि विदेशलाई नै रोज्नुपर्ने अवस्था छ,' उनले भने ।

यसैगरी, छोरालाई विदेश पठाउन विमानस्थल आएका कैलालीका ठक्कर कलेल वैदेशिक रोजगारीले परिवारको आर्थिक अवस्था सुधार्न तथा जीवनस्तर उकास्न सहयोग पुर्‍याए पनि देशभित्रको सक्रिय जनशक्ति यसरी विदेसिँदा मुलुकमा दीर्घकालीन चुनौती उत्पन्न हुनसक्ने बताउँछन् ।

दक्ष तथा मेहनती युवा विदेश पलायन हुँदा कृषि, उद्योग, निर्माण, पर्यटन र उत्पादनमूलक क्षेत्रमा आवश्यक जनशक्तिको अभाव हुन सक्ने उनको चिन्ता छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 6 other independent news outlets reported on this story.

6 Publications
Hamro Patro News
2d ago
दसैं-तिहारमा पनि रोकिएन  दीपाको ‘सरकार, कोठा खाली छ ?’ आन्दोलन

दसैं-तिहारमा पनि रोकिएन दीपाको ‘सरकार, कोठा खाली छ ?’ आन्दोलन

दसैं-तिहारमा पनि रोकिएन दीपाको ‘सरकार, कोठा खाली छ ?’ आन्दोलन जातीय तथा अन्य पहिचानका आधारमा हुने कोठा भाडाको विभेद अन्त्यको माग गर्दै दीपा नेपाली काठमाडौंको माइतीघरमा २०७ दिनदेखि आन्दोलनरत छिन् ।...

#दसैँ #रोकिएन
Compare →
Nagarik News
6d ago
युवाको उद्यमशीलता र रोजगारी सिर्जनालाई प्राथमिकता दिएका छौँ : मुख्यमन्त्री कार्की

युवाको उद्यमशीलता र रोजगारी सिर्जनालाई प्राथमिकता दिएका छौँ : मुख्यमन्त्री कार्की

कोशी प्रदेश सरकारले युवालाई लक्षित गर्दै उत्पादन वृद्धि र रोजगारीका समस्या समाधानलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम अघि बढाएको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताएका छन्।

#रोजगारी #युवाको
Compare →
The Kathmandu Post
1w ago
Nine participants win motorcycles and scooters in Max Tiger’s Dashain campaign

Nine participants win motorcycles and scooters in Max Tiger’s Dashain campaign

The ‘Energized Dashain Dhamaka 2026’ campaign is offering 37 vehicles, including a Proton car, as prizes to consumers across Nepal.

#दसैँ
Compare →
Bizshala
3d ago
दसैंको बक्स अफिस सुस्त: ‘आबाट आमा २’ को सातामा ५६ लाख, अरू दुईको १० लाख पनि पुगेन

दसैंको बक्स अफिस सुस्त: ‘आबाट आमा २’ को सातामा ५६ लाख, अरू दुईको १० लाख पनि पुगेन

काठमाण्डौ । दसैंमा प्रदर्शनमा आएका तीन सिक्वेल फिल्मले पछिल्लो सात दिनमा संयुक्त रूपमा ६५ लाख ६२ हजार रुपैयाँभन्दा बढी...

#दसैँ
Compare →
Onlinekhabar
1w ago
वैदेशिक रोजगारीमा ज्यान गुमाएका श्रमिकका परिवारलाई त्रिभुवन विमानस्थलमा विश्राम कक्ष

वैदेशिक रोजगारीमा ज्यान गुमाएका श्रमिकका परिवारलाई त्रिभुवन विमानस्थलमा विश्राम कक्ष

१८ काक्तिक, काठमाडौं । वैदेशिक रोजगारी त्रममा ज्यान गुमाएका नेपाली श्रमिकका परिवार तथा आफन्तको पर्खाइ सहज बनाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आप्रवासी श्रमिक परिवार प्रतीक्षालय तथा विश्राम कक्ष सञ्चालनमा ल्याइएको छ । वैदेशिक रोजगार बोर्डको १८औं स्थापना …

#रोजगारी
Compare →
Arthasansar
1w ago
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने पक्राउ

वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने पक्राउ

वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा...

#रोजगारी
Compare →

Related Stories

National (Nepal)
Build #2612