Trending
Prev Story
Next Story

युवाको उद्यमशीलता र रोजगारी सिर्जनालाई प्राथमिकता दिएका छौँ : मुख्यमन्त्री कार्की

Nagarik News •
November 07, 2026 • 05:56 AM
1
1 reads 0 reactions

कोशी प्रदेश सरकारले युवालाई लक्षित गर्दै उत्पादन वृद्धि र रोजगारीका समस्या समाधानलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम अघि बढाएको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताएका छन्।

युवाको उद्यमशीलता र रोजगारी सिर्जनालाई प्राथमिकता दिएका छौँ : मुख्यमन्त्री कार्की

कोशी प्रदेश सरकारले युवालाई लक्षित गर्दै उत्पादन वृद्धि र रोजगारीका समस्या समाधानलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम अघि बढाएको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताएका छन्।

शनिबार सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा प्रेस चौतारी नेपाल सङ्खुवासभाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले चालु आर्थिक वर्षको बजेटमार्फत प्रदेशमै रहेर काम गर्न चाहने युवालाई लक्षित गरी उदय परियोजनामार्फत करिब आठ अर्ब रुपैयाँ बराबरको व्यवस्था गरिएको जानकारी दिए।

साना तथा मझौला उद्यम सञ्चालन गर्न चाहने युवालाई लक्षित गरी तीन वर्षसम्म सहुलियतपूर्ण ऋण उपलब्ध गराउने उद्देश्यले कार्यक्रम ल्याइएको उनले बताए। युवालाई स्वदेशमै उद्यमशील बन्न प्रेरित गर्नुका साथै उत्पादन वृद्धि र रोजगारी सिर्जनामा टेवा पुर्‍याउने विश्वास प्रदेश सरकारले लिएको उनको भनाइ छ।

मुख्यमन्त्री कार्कीले युवाको उद्यमशीलता प्रवर्द्धनमार्फत प्रदेशको अर्थतन्त्रलाई थप सुदृढ बनाउन सरकारले प्राथमिकताका साथ काम गरिरहेको उल्लेख गरे। उत्पादन र रोजगारी वृद्धि गर्दै युवालाई आफ्नै प्रदेशमा अवसर सिर्जना गर्ने वातावरण निर्माण गर्नु सरकारको महत्त्वपूर्ण लक्ष्य रहेको उनले बताए।

प्रदेश सरकारको विकास बजेट र स्रोतसाधन सीमित भएकाले चाहेजति विकास निर्माणका काम गर्न नसकिएको उल्लेख गर्दै उनले विगतका वर्षहरूमा विकासका आधार तयार गर्ने काम भएको बताए। सडक सञ्जाल विस्तार र पूर्वाधार निर्माणलाई प्राथमिकता दिँदै आएको प्रदेश सरकारले नीतिगत सुधार तथा सुशासन कायम गर्ने दिशामा समेत निरन्तर काम गरिरहेको उनको भनाइ थियो।

कोशी प्रदेशमा विकास, समृद्धि र सुशासनलाई प्राथमिकतामा राखेर आगामी दिनमा थप प्रभावकारी ढङ्गले काम गर्ने सरकारको लक्ष्य रहेको मुख्यमन्त्री कार्कीले बताए।

यसैबीच, प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुन नहुने बताउँदै मुख्यमन्त्री कार्कीले त्यसको संरक्षणका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गरे। सङ्घीय सरकारबाट हुने प्रेसविरोधी गतिविधिको समर्थन नगर्ने र प्रेस स्वतन्त्रताको पक्षमा पत्रकारहरूसँगै उभिने उनले प्रतिबद्धता व्यक्त गरे।

उनले वर्तमान सरकार पाँच वर्षसम्मै टिकेर काम गर्न सकोस् भन्ने आफ्नो चाहना रहेको बताउँदै सरकार विधि, प्रक्रिया र कानुनसम्मत रूपमा सञ्चालन हुनुपर्नेमा जोड दिए। लोकतन्त्र र गणतन्त्रको संरक्षणका लागि सबै एकजुट हुनुपर्ने उल्लेख गर्दै उनले संविधान र लोकतन्त्रविरुद्धका कुनै पनि गतिविधि हुन नदिन सबै पक्ष सचेत हुनुपर्ने बताए।

यसैबीच, मुख्यमन्त्री कार्कीले शनिबारै खाँदबारीस्थित वरुण क्याम्पसको अनुगमन तथा निरीक्षण गर्नुका साथै स्वागत कार्यक्रममा सहभागिता जनाएका थिए।

सो अवसरमा बोल्दै उनले प्रदेशभित्रका सबै सामुदायिक क्याम्पसको स्तरवृद्धिका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए। उनले वरुण क्याम्पसको व्यवस्थापन सुधार तथा भौतिक पूर्वाधार विकासका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।

प्रकाशित: २१ कार्तिक २०८३ ११:४१ शनिबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
6d ago
युवालाई स्वदेशमै उद्यमशील बनाउन आठ अर्बको व्यवस्था : मुख्यमन्त्री कार्की

युवालाई स्वदेशमै उद्यमशील बनाउन आठ अर्बको व्यवस्था : मुख्यमन्त्री कार्की

सङ्खुवासभा– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारले युवालाई लक्षित गर्दै उत्पादन वृद्धि र रोजगारीका समस्या समाधानलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम अघि बढाएको बताएका छन् । सङ...

#मुख्यमन्त्री #कार्की #लक्षित
Compare →
Onlinekhabar
5d ago
पदक जित्ने गरी तयारी गर्न खेलाडीलाई मुख्यमन्त्री शाहीको आग्रह, बजेटको चिन्ता नगर्न आश्वासन

पदक जित्ने गरी तयारी गर्न खेलाडीलाई मुख्यमन्त्री शाहीको आग्रह, बजेटको चिन्ता नगर्न आश्वासन

२१ कात्तिक, सुर्खेत । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णाली प्रदेशबाट नतिजा निकाल्ने गरी खेलाडीलाई बन्द प्रशिक्षणमा राख्न मुख्यमन्त्री मंगलबहादुर शाहीले आग्रह गरेका छन् । खेलाडीको तयारी र प्रशिक्षणमा बजेट अभाव हुन नदिने प्रतिबद्धता जनाउँदै उनले पदक …

#मुख्यमन्त्री
Compare →
Ekantipur
1d ago
मधेश प्रदेशसभाको बैठक शनिबार, मुख्यमन्त्रीलाई विश्वासको मत अनिश्चित

मधेश प्रदेशसभाको बैठक शनिबार, मुख्यमन्त्रीलाई विश्वासको मत अनिश्चित

एमाले र नेकपाले सरकारबाट बाहिरिँदै समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत लिन लागेका हुन् ।

#मुख्यमन्त्री
Compare →
Arthasansar
2d ago
मधेशका मुख्यमन्त्री यादवले २८ गते विश्वासको मत लिने

मधेशका मुख्यमन्त्री यादवले २८ गते विश्वासको मत लिने

मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी २८ गते प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । तीनदलीय गठबन्धनको सरकारबाट नेकपा एमाले...

#मुख्यमन्त्री
Compare →

Related Stories

Politics & Governance
Build #2611